हस्तरेखा विज्ञानलाई सामुद्रिक शास्त्र पनि भनिन्छ । यस पद्धति अनुसार हातको बनावट, औंलाका आकारप्रकार अनि हातका रेखाको आधारमा भविष्यको बारेमा बताउन सकिन्छ ।
हातका रेखा र हाम्रो भविष्यमा गहिरो सम्बन्ध छ । यी रेखाको अध्ययनबाट हामीलाई भविष्यको घटनाको सबै जानकारी प्राप्त हुन्छ । जानौं, तीन प्रमुख रेखाहरूका बारेमा
जीवन रेखा
यो रेखा सर्वाधिक महत्वपूर्ण मानिन्छ । आयु, उपलब्धिहरू, संकट र दुर्घटना जस्ता कुरा यो हेरेर थाहा पाइन्छ । यो रेखा औंला र चोर औंलाको बीचबाट शुरु भएर हातको तल्लो भाग अर्थात् मणिबन्धसम्म आइपुग्छ । गाढा र सिधा रेखाले राम्रो जीवनको संकेत दिन्छ भने काटिएको, अपूरो र गोलचक्कर भएको रेखाले अशुभ संकेत गर्छ ।
मस्तिष्क रेखा
जीवनरेखासँगै जोडिएको मस्तिष्क रेखा हुन्छ । यो कसैकोमा सिधा अनि कसैकोमा तलतिर गएको हुन्छ । कहिलेकहिले त यो रेखा जीवनरेखासँग नजोडिएर अलिकति माथिबाट पनि गएको हुन्छ । यो रेखाको अध्ययनले मानसिक क्षमता, बुद्धि, योग्यता, वैचारिक प्रखरता आदिको बारेमा थाहा लाग्छ ।
यो रेखा जति निर्दोष भयो त्यति राम्रो मानिन्छ । आधाअधूरा रेखाले मानसिक क्षमताको कमीको संकेत दिन्छ । अलिकति तलतिर निहुरिएको रेखा भएको व्यक्तिमा भावुकता र कला, संगीत तथा साहित्यमा रुचि भएको संकेत दिन्छ ।
हृदय रेखा
कान्छी औंलाको मुनिबाट शुरु भएर चोर औंलातर्फ जाने रेखा हृदयरेखा हो । यस रेखाले हृदयको शक्ति, संवेदनशीलता, स्वभाव, गुण, अवगुण आदिका बारेमा इशारा गर्छ । तलतिर झुकेको रेखा भएको व्यक्ति अन्तर्मुखी, साहित्य र संगीतमा मन गर्ने कलाकार प्रकृतिको हुन्छ । माथितिर गएको रेखा भएको मानिस प्राविधिक शिक्षाको जानकार र दिमाग लगाउने काम गर्ने खालको हुन्छ ।
भाग्य रेखा
मणिबन्ध अथवा हातको मुनिपट्टिबाट शुरु भएको रेखा माझी औंलाको नजिकै पुग्छ, यसैलाई भाग्य रेखा भनिन्छ । स्पष्ट भाग्य रेखा भएका मानिस भाग्यशाली हुन्छन् । हातको मुनिबाट निस्कने रेखाले परिवारको सहयोगबाट भाग्योदय हुने संकेत गर्छ भने चन्द्र पर्वतबाट निस्कने रेखाले आफ्नै पौरखले भाग्योदय हुने इशारा दिन्छ ।
स्पिकिङ ट्री
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks