हस्तकलाबाट अर्बौं आम्दानी

ललितपुरका प्रमोद डंगोल घरमै बसेर मासिक ४० हजार रुपैयाँ कमाउँछन् । उनले धातुका भाँडा तथा मूर्ती बनाउने काम गर्छन् । ‘अरुकोमा काम गर्न भन्दा आफ्नै व्यवसाय राम्रो,’ डंगोलले भने, ‘सामान बनाउन सके राम्रो व्यापार हुन्छ ।’
डंगोलको यो पुस्तौली व्यवसाय हो । बाउबाजेले गर्दै आएको मूर्ती बनाउने पेसाबाट उनी सन्तुष्ट छन् । मूर्ती बनाउन काम आफ्नो लागि रोजगार र व्यवसाय दुवै भएको बताए ।
सानो लगानीमा हाते सीपको प्रयोग गरी सञ्चालन गर्ने उद्योगबाट डगोल जस्ता लाखौंलाई रोजगारी प्राप्त भएको छ । त्यसबाट अर्बौं रुपैयाँ आम्दानी गरेका छन् ।
स्वदेशी तथा विदेशी बजारमा हस्तकलाका सामानप्रति सबैको आकर्षण बढेपछि हस्तकलाका सामान प्रयोग बढेको छ ।  डेकोरेसनका लागि प्रयोग हुन थालेपछि अवसर वृद्धि भएको छ ।
बाँसका सामान बनाउने बागलुङका प्रमोद कँडेल अहिले रिटायर्ड लाइफमा पनि मनग्य आम्दानी गरेका छन् । उनले तयार गरेको सामानहरु विदेश निर्यात हुन्छन् । ‘उपहारकोलागि सरकारी तथा गैर सरकारी कार्यालयले पनि लैजान्छन्,’ उनले भने, ‘केही सामान विदेश पनि पठाउँछु ।’ उनलाई बाँसबाट बन्ने फ्रेम लगायतका सामग्री बनाउन भ्याई नभ्याई रहेको छ ।
कपडा, बुटिक, नेपाली कागजका सामग्री, चाँदीका गहना, धातुजन्य सामान, ह्यान्डमेड पेपर प्रो, काष्ठकला सामान, सिसा, छालाका सामान, इन्सेन्स, थान्का, हाड र सिङबाट निर्मित वस्तु, सेरामिक्स, दाना, बासका सामान , चट्टान, प्लास्टिकका सामान, क्रिस्टलका सामान विदेशी बजारमा जाने गरेका छन् । ती उत्पादन स्वदेशी तथा विदेशी बजारमा बिक्री हुन्छ । सानो लगानीमा परम्परागत सीपको प्रयोग हुने भएकाले पुस्तौली पेसाको रुपमा पनि यसलाई लिएका छन् । अधिकांसले आँफै उद्योग संचालन गरेका छन् भने केही उद्योगीले लगानी गरेर रोजगारी समेत दिएका छन्
हस्तकलाका सामानमा स्वदेशी तथा विदेशी बजारमा माग बढ्दो छ । निर्यात हुने क्रम पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चार करोड रुपैयाँ धेरैको सामान निर्यात भएको हस्तकला महासंघले जनाएको छ । आर्थिक वर्ष ०७२/७३मा चार अर्ब ७६ करोड २४ लाख ६० हजार रुपैयाँ बराबरको सामान विदेशी बजारमा बिक्री भएकोमा आर्थिक वर्ष०७३/०७४ मा  चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान निर्यात भएको छ ।
सबैभन्दा धेरै सामान अमेरिकी बजारम जान्छ । विगतमा पस्मिनाको सामान धेरै जाने गरेको थियो । अमेरिकामा  एक अर्ब ५६ करोड चीनमा रु ६७ करोड ४७ लाखका सामान गएको महासंघका महासंघका महानिर्देशक गोविन्दप्रसाद रेग्मी बताउँछन् । कुल निर्यातको ३० प्रतिशत सामान अमेरिका जाने गरेको छ  । गत वर्ष एक अर्ब ३६ करोड ६१ लाख ४० हजार रुपैयाँको सामान अमेरिका निर्यात भएको थियो ।
‘अमेरिकी बजारमा नेपाली हस्तकलाको राम्रो प्रभाब रहेको छ,’ रेग्मीले भने, ‘गुणस्तरीय र नयाँ–नयाँ डिजाइन गर्न सके सजिलै बिक्री गर्न सकिन्छ ।’ यसले मुलुकको व्यापार घाटा घटाउन पनि सकिने उनले बताए । हस्तकला स्वरोजगारमूलक उद्योग भएकाले राज्यले पनि प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । सानो लगानीमा राम्रो आम्दानी हुने भएकाले यसमा आकर्षण बढेको उनले बताए ।
धेरै सामान निर्यात हुनेमा अमेरिका पछि युरोपियन मुलक  र जापाना रहेका छन् । जर्मनीमा  ४३ करोड ७१ लाख, जापानमा  ३५ करोड रुपैयाँका सामान निर्यात भएको निर्यात तथा व्यापार प्रवद्र्धन केन्द्रले जनाएको छ । महासंघका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी मुलुकमा हस्तकलाका सामान बिक्री हुन्छ । ती देशमा यसको व्यापार बिस्तार गर्ने सम्भाबना छ ।
मुलुकमा हस्तकलाका एक दर्जन बढि जिल्लागत र वस्तुगत संघ रहेका छन् ।  काठमाडौं, ललितपुर, भक्तपुर, बागलुङ, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, संखुवासभा लगायतका जिल्लामा बढिमात्रमा हस्तकलाका समान तयार हुन्छ । ती जिल्लामा हस्तकलाका जिल्ला संघ पनि रहेका छन् ।
कतिपयले सीप नपाएको कारण चाहेर पनि यो व्यसायमा आउन सकेका छैनन् । राज्यले आवश्यक अनुसार निःशुल्क तालिम सञ्चालन गरे यो क्षेत्रमा रोजगारी पनि बढ्ने अपेक्षा गरिएको छ ।  महासंघका अनुसार हस्तकलामा करिब ११ लाखले प्रत्यक्ष रोजगारी पाएका छन् । मौलिक कलाको संरक्षण, कलाकारको उत्थान, लोपोन्मुख कलाकृतिको जगेर्ना, मौलिक कलालाई विकसित गरी प्रविधिको प्रयोग गर्न सके रोजगारी वृद्धि र निर्यात वृद्धि हुँदै जाने महासंघले जनाएको छ ।

shukrabar

Learn English - Dew Meaning in English to Nepali below

https://www.youtube.com/watch?v=cgquKIB6mx8