स्मार्ट फोनबाट ‘इन्जोय’ गर्न, अपनाउनुस् यी पाँच उपायहरु –

हामी विभिन्न सुविधा भएका स्मार्टफोन हजारौँ रुपैयाँ खर्च गरेर किन्छौँ  । हुन पनि अहिले आएका उच्च विकसित प्रविधिहरुको प्रयोगमा हामीले पैसा गर्दा उत्तिकै सुविधा उपभोग गर्न पाएका छौँ । पछिल्लो समय प्रविधिमध्ये व्यापारमा फड्को मारेको छ स्मार्टफोनले । हो, स्मार्टफोन तपाई हामी धेरेको आकर्षण बनेको छ । स्मार्टफोनले दिएको फिचरका कारण पनि धेरैले यसका लागि पैसा खर्च गरेका हुन् । हामीले स्मार्टफोनमा राखिएका फङसनलाई कसरी चलाउने र त्यसलाई सहजीकरण गर्न कस्ता कस्ता एपहरु छन् भन्नेबारे ज्ञान राख्यौँ भने हामीले स्मार्टफोनलाई आफुले चाहेजसरी चलाउन सक्छौँ । खासगरी आम प्रयोगकर्तामा फाइल कन्भर्ट गर्नेसम्बन्धी एपहरुबारे अनविज्ञता देखिन्छ । प्रयोगकर्ताको त्यस्तै अन्यौलताको सम्बोधन गर्ने खालका केही टिप्सहरु यहाँ दिइएको छ :

स्मार्टफोनमा म्यूजिक सुन्नको लागि वा अन्य कुनै कामका लागि ‘एमपी थ्री’ फरम्याट सबैभन्दा ज्यादा मन पराइन्छ । तर कतिपयले यसका लागि ‘एमपी फो’ फरम्याटको फाइल पनि प्रयोग गरेको पाइन्छ । पीडीएफ फाइलले पनि कहिलेकाहीँ हैरान बनाउँछ र तपाई दोश्रो फरम्याटमा बदल्न चाहानुहुन्छ । नयाँ स्मार्टफोनमा एमपी फो फरम्याटको फाइल चलाउन कुनै हैरानी छैन तर यदी स्मार्टफोन पुरानो छ भने एमपी थ्री मात्रै चल्नेछ ।

Learn English - Dew Meaning in English to Nepali below

तर तपाईले एमपी फो लाई एमपी थ्री मा घटाउनुभयो भने त्यो समाधानको उपाय हुनसक्छ । यस्ता सबै फाइललाई एक फरम्याटबाट दोश्रो फाइलमा परिवर्तन गर्नका लागि धेरै फ्री एप तपाईले भेट्न सक्नुहुनेछ । तर ती एपहरुले तपाईसमक्ष केही सर्तहरु राख्छन् त्यसका लागि भने तपाई तयार रहनुपर्छ ।

क्लाउड कन्भर्ट : यसबाट करिब सय भिन्दाभन्दै फरम्याटका फाइल एक आपसमा कन्भर्ट गर्न सकिने सुविधा छ । तर यदि तपाई यो सर्भिसको फ्री भर्सन चलाउन चाहानुहुन्छ भने यो सिर्फ १ जिगाबाइटभन्दा कमको फाइलका लागि मात्रै काम दिन्छ । यसबाहेक एक दिनमा २५ मिनेटका लागि मात्रै फाइललाई दोश्रो फरम्याटमा बदल्न सकिन्छ । यदि तपाईको आवश्यकता हरेक दिन एक वा दुई फाइललाई कन्भर्ट गर्ने हो भने यो तपाईका लागि एकदमै कम काम आउने चिज हो । जसलाई बढीभन्दा बढी फाइल कन्भर्ट गर्नुपर्ने जरुरी हुन्छ उसका लागि क्लाउड कन्भर्ट अति मन पर्ने एप हुन सक्छ ।

एनी : यो कुनै पनि एमपी फो फरम्याटको फाइललाई बदल्नमा मद्दत गर्ने एप हो । यसबाट बदलिने फाइललाई तपाई अन्य कैयौँ फरम्याटमा सेभ गर्न सक्नुहुनेछ जुन तपाई सबै प्रकारका मोबाईल डिभाईसमा चलाउन सक्नुहुन्छ । यो एपका केही विशेषता फ्री छन् तर तपाईलाई रोजि रोजि चाहिएको फिचर भने तपाईले किन्नुपर्ने हुन्छ ।

द फाइल कन्भटर : यो एपबाट पनि कुनै पनि डक्युमेन्ट, इमेज, इ बुक कुनै पनि फरम्याटमा बदल्न सकिन्छ । तर फ्री भर्सनमा सिर्फ दुई फाइलमात्र कन्भर्ट गर्न सकिन्छ र त्यसपछि एपलाई किन्नैपर्छ । फ्री भर्सनको साथ सिर्फ एकहजार मेगाबाइट्ससम्मको फाइल कन्भर्ट गर्न सकिन्छ ।
bankingkhabar.com