स्कि पर्यटन र नेपाल

नेपाल हिमालै हिमालको देश हो । आठ हजार मिटर उचाईका १४ वटा ओटा हिमालहरुमध्ये ८ वटा हिमाल नेपालमा रहेका छन् । अन्य छ हजार मिटर उचाईभन्दा माथिका हिमालहरु हजारौको संख्यामा रहेका छन् । साहसिक पर्यटकिय दृष्ट्रिले नेपाल लोकप्रिय हुनुका कारणहरुमध्ये हिमाशृंखला पनि एक हो । हिमाल आरोहण तथा त्यस क्षेत्रमा हुने पदिय पर्यटनको हिसावले नेपाल धेरै पहिलेदेखिनै विश्वप्रशिद्ध रहिआएको छ । प्याराग्लाईडिङ, र्याफ्टिङ, बन्जिजम्प, साईकिलिङ, लगायत साहसिक पर्यटनमा समेत नेपाल अगाडि बढदै गईरहेको छ । यसमा नेपाली युवा जमात तथा विदेशीहरु समेत अत्यन्तै आकर्षित भईरहेका छन् ।प्रभात अधिकारी

Nepali typing

पछिल्लो केहि समययता नेपाल साहसिक स्कि पर्यटनको गतिलो गन्तव्य बन्दै गईरहेको छ । भौगोलिक दृष्ट्रिले हेर्ने हो भने युरोप तथा अमेरिकामा खेलिने स्कि भन्दा नेपालमा कैयौ गुणा रोमाञ्चकारिक तथा साहसिक हुने विज्ञहरुले बताएका छन् । युरोपको धरातलिय स्वरुप तथा सामुन्द्रीक उचाई भन्दा हरेक दृर्षिले नेपाल भिन्न साथसाथै नमुनाको रुपमा रहेको छ । युरोपमा केवल २५०० मिटर देखि ३००० मिटरसम्मको धरातलिय स्वरुप रहेको छ, र यहि उचाईमा स्कि खेल्ने गरिन्छ । तर नेपालको हकमा भन्ने हो भने उक्त उचाईमा केवल हिउदमा मात्र हिउ देख्न सकिन्छ । यसकारण अन्य हिउ नपर्ने समयमा नेपालमा स्कि खेल्ने हो भने कम्तिमा पनि ४५०० मिटर वा ५००० मिटर माथि पुग्नुपर्ने हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने नेपालमा खेलिने स्कि वास्तवमै अन्य क्षेत्रको भन्दा स्वभाविक रुपमा बढि साहसिक हुने गर्छ । यसकारण पनि विदेशीहरु उच्च स्थानमा स्कि गरेको भन्ने सम्मान तथा मोहले पनि नेपालमा आउन सक्छन् । यहा सजिलै ट्रेकिङका साथसाथै स्कि गर्न सकिने आधारहरु रहेका छन् । हिमालयन स्कि ट्रेक प्रा. लि, र  केहि विदेशी तथा स्वदेशी स्कि गाईडहरुको अध्ययन अनुसन्धान तथा अनुभवको आधारमा लाङटाङ क्षेत्रको क्यानजिङ गुम्वा आसपास,याला पिक, गोसाईकुण्डढ, अन्नपुर्ण वेश क्याम्प, थोरङला पास मिरा पिक उत्कृष्ट मानिएको छ।यि लगायत एभरेष्ट कालापत्थर, मनास्लु वेश क्याम्प, धवलागिरी वेश क्याम्प पनि उत्तिकै उपयुक्त रहेका छन् ।

स्कि खेल नेपाल र नेपालीका लागी नया विषय हो । धेरै नेपालीहरु यस खेलका बारेमा परिचित छैनन् । कतिपय पर्यटन व्यवसायमा लागेकाहरुलाई समेत यसको बारेमा जानकार छैनन । स्किका लागी उचित वातावरण भएर पनि नेपालीहरु अझसम्म अनभिग्य हुनुमा नेपाल सरकार, पर्यटन व्यवसायी तथा मिडियाहरुको केहि कमजोरी देखिन्छ । स्कि खेल आफैमा महङगो खेल हो । खेलका लागी आवश्यक सामग्रीहरु आर्थिक दृष्ट्रिले महङगो मानिन्छ । त्यसैले यसको पर्यटन प्रवर्धन गर्ने हो भने सुरुवातमा नेपाल सरकारनै लागिपर्नु पर्ने देखिन्छ । यसका साथै पर्यटन व्यवसायीहरु र यस क्षेत्रमा काम गरिरहेका पेशाकर्मीहरुले समेत उचित तालिम तथा जानकारीहरु लिई अगाडि बढनुपर्ने देखिन्छ ।

हिमाल आरोहण गर्न तथा गराउन सकिन्छ भने हिमालमै स्कि खेल खेलाई स्कि पर्यटनको विकास गर्न किन सकिन्न भन्ने प्रश्न आज हाम्रो सामु खडा भएको छ ।
आज दुवै कतार जस्ता मरुभुमिय देशहरुमा अरवौ रकम खर्चेर मानवनिर्मित आर्टिफिसियल स्कि स्टेडियम हरु बनिरहेका छन।संसारभरका स्कि खेल प्रेमिहरु दुवै तथा कतारमा गएर स्कि खेलिरहेका छन तर नेपाल हिमालै हिमालको भण्डार भएर पनि अनभिग्य बनिरहेकोे छ ।

तसर्थ नेपालले आज हिमालको देश भनेर चिनिएपनि मरुभुमिय देशबाट केहि पाठ सिक्नुपर्ने समय आएको छ । यदि नेपालमा स्कि खेलको लागी उचित वातावरण निमार्ण गर्ने हो भने नेपालमा हरेक समय पर्यटकिय गन्तव्य बन्न सक्छ,जस्तै ट्रेकिङको मध्य समय भनेर अक्टोवर,नोवेम्वर र डिसेम्वर महिनालाई मानिन्छ, त्यसरीनै स्कि को लागी डिसेम्वर पछि उचित मानिन्छ किनकी डिसेम्वर पछि मात्र नेपालमा राम्ररी हिउ पर्छ । यसरी डिसेम्वर देखि मार्च,अप्रिल सम्म स्कि पर्यटनको लागी ढोका खोल्ने हो भने अरु ३/४ महिना पर्यटकहरुको भिड बढाउन सहयोग पुग्छ । यसबाट के बुझ्न सकिन्छ भने पर्यटकिय आवागमन बढाउने महत्वपुर्ण माध्यमहरुमध्ये स्कि पनि एक बन्न सक्छ र यसले रोजगारी लगायत आर्थिक दुवै दृष्ट्रिमा लाभ पुग्नेछ ।

नेपाल हिमालै हिमालको देश हो । आठ हजार मिटर उचाईका १४ वटा ओटा हिमालहरुमध्ये ८ वटा हिमाल नेपालमा रहेका छन् । अन्य छ हजार मिटर उचाईभन्दा माथिका हिमालहरु हजारौको संख्यामा रहेका छन् । साहसिक पर्यटकिय दृष्ट्रिले नेपाल लोकप्रिय हुनुका कारणहरुमध्ये हिमाशृंखला पनि एक हो । हिमाल आरोहण तथा त्यस क्षेत्रमा हुने पदिय पर्यटनको हिसावले नेपाल धेरै पहिलेदेखिनै विश्वप्रशिद्ध रहिआएको छ । प्याराग्लाईडिङ, र्याफ्टिङ, बन्जिजम्प, साईकिलिङ, लगायत साहसिक पर्यटनमा समेत नेपाल अगाडि बढदै गईरहेको छ । यसमा नेपाली युवा जमात तथा विदेशीहरु समेत अत्यन्तै आकर्षित भईरहेका छन् । पछिल्लो केहि समययता नेपाल साहसिक स्कि पर्यटनको गतिलो गन्तव्य बन्दै गईरहेको छ । भौगोलिक दृष्ट्रिले हेर्ने हो भने युरोप तथा अमेरिकामा खेलिने स्कि भन्दा नेपालमा कैयौ गुणा रोमाञ्चकारिक तथा साहसिक हुने विज्ञहरुले बताएका छन् । युरोपको धरातलिय स्वरुप तथा सामुन्द्रीक उचाई भन्दा हरेक दृर्षिले नेपाल भिन्न साथसाथै नमुनाको रुपमा रहेको छ । युरोपमा केवल २५०० मिटर देखि ३००० मिटरसम्मको धरातलिय स्वरुप रहेको छ, र यहि उचाईमा स्कि खेल्ने गरिन्छ । तर नेपालको हकमा भन्ने हो भने उक्त उचाईमा केवल हिउदमा मात्र हिउ देख्न सकिन्छ । यसकारण अन्य हिउ नपर्ने समयमा नेपालमा स्कि खेल्ने हो भने कम्तिमा पनि ४५०० मिटर वा ५००० मिटर माथि पुग्नुपर्ने हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने नेपालमा खेलिने स्कि वास्तवमै अन्य क्षेत्रको भन्दा स्वभाविक रुपमा बढि साहसिक हुने गर्छ । यसकारण पनि विदेशीहरु उच्च स्थानमा स्कि गरेको भन्ने सम्मान तथा मोहले पनि नेपालमा आउन सक्छन् । यहा सजिलै ट्रेकिङका साथसाथै स्कि गर्न सकिने आधारहरु रहेका छन् । हिमालयन स्कि ट्रेक प्रा. लि, र केहि विदेशी तथा स्वदेशी स्कि गाईडहरुको अध्ययन अनुसन्धान तथा अनुभवको आधारमा लाङटाङ क्षेत्रको क्यानजिङ गुम्वा आसपास,याला पिक, गोसाईकुण्डढ, अन्नपुर्ण वेश क्याम्प, थोरङला पास मिरा पिक उत्कृष्ट मानिएको छ।यि लगायत एभरेष्ट कालापत्थर, मनास्लु वेश क्याम्प, धवलागिरी वेश क्याम्प पनि उत्तिकै उपयुक्त रहेका छन् । स्कि खेल नेपाल र नेपालीका लागी नया विषय हो । धेरै नेपालीहरु यस खेलका बारेमा परिचित छैनन् । कतिपय पर्यटन व्यवसायमा लागेकाहरुलाई समेत यसको बारेमा जानकार छैनन । स्किका लागी उचित वातावरण भएर पनि नेपालीहरु अझसम्म अनभिग्य हुनुमा नेपाल सरकार, पर्यटन व्यवसायी तथा मिडियाहरुको केहि कमजोरी देखिन्छ । स्कि खेल आफैमा महङगो खेल हो । खेलका लागी आवश्यक सामग्रीहरु आर्थिक दृष्ट्रिले महङगो मानिन्छ । त्यसैले यसको पर्यटन प्रवर्धन गर्ने हो भने सुरुवातमा नेपाल सरकारनै लागिपर्नु पर्ने देखिन्छ । यसका साथै पर्यटन व्यवसायीहरु र यस क्षेत्रमा काम गरिरहेका पेशाकर्मीहरुले समेत उचित तालिम तथा जानकारीहरु लिई अगाडि बढनुपर्ने देखिन्छ । हिमाल आरोहण गर्न तथा गराउन सकिन्छ भने हिमालमै स्कि खेल खेलाई स्कि पर्यटनको विकास गर्न किन सकिन्न भन्ने प्रश्न आज हाम्रो सामु खडा भएको छ । आज दुवै कतार जस्ता मरुभुमिय देशहरुमा अरवौ रकम खर्चेर मानवनिर्मित आर्टिफिसियल स्कि स्टेडियम हरु बनिरहेका छन।संसारभरका स्कि खेल प्रेमिहरु दुवै तथा कतारमा गएर स्कि खेलिरहेका छन तर नेपाल हिमालै हिमालको भण्डार भएर पनि अनभिग्य बनिरहेकोे छ । तसर्थ नेपालले आज हिमालको देश भनेर चिनिएपनि मरुभुमिय देशबाट केहि पाठ सिक्नुपर्ने समय आएको छ । यदि नेपालमा स्कि खेलको लागी उचित वातावरण निमार्ण गर्ने हो भने नेपालमा हरेक समय पर्यटकिय गन्तव्य बन्न सक्छ,जस्तै ट्रेकिङको मध्य समय भनेर अक्टोवर,नोवेम्वर र डिसेम्वर महिनालाई मानिन्छ, त्यसरीनै स्कि को लागी डिसेम्वर पछि उचित मानिन्छ किनकी डिसेम्वर पछि मात्र नेपालमा राम्ररी हिउ पर्छ । यसरी डिसेम्वर देखि मार्च,अप्रिल सम्म स्कि पर्यटनको लागी ढोका खोल्ने हो भने अरु ३/४ महिना पर्यटकहरुको भिड बढाउन सहयोग पुग्छ । यसबाट के बुझ्न सकिन्छ भने पर्यटकिय आवागमन बढाउने महत्वपुर्ण माध्यमहरुमध्ये स्कि पनि एक बन्न सक्छ र यसले रोजगारी लगायत आर्थिक दुवै दृष्ट्रिमा लाभ पुग्नेछ ।

http://gantabyanepalnews.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks