सुन्दर देखिन जो कोही पनि चाहन्छन् । विशेषगरी महिलाहरुको हकमा यो कुरा बढी लागु भएको देखिन्छ । तर, समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थयता, उदासिनताले अधिकांश मानिसहरु तनावग्रस्त रहन्छन् । त्यसमा पनि धेरै महिलााहरुको घर गृहस्थी र बाहिरको काम गरेर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुनाले उनीहरु अझ तनावग्रस्त रहने गर्दछन् ।
सौन्दर्य वृद्धिको लागि राम्रो निन्द्राको आवश्यकता पर्दछ । त्यसैले राम्रोसँग निन्द्रा लाग्नका लागि ध्यान पुर्याउनुहोस् यी कुराहरुमा :
– मनलाई शान्ती प्रदान गर्ने खालको पुस्तक पढ्ने जसले मन हलुंगो भइ निन्द्रा लाग्छ ।
– राती खुकुलो प्रकारको कपडा लगाएर सुत्नुपर्दछ, उज्यालो बत्तीको प्रकाशमा सुत्नु हुँदैन ।
– वेडमा जानु अगाडी नै बाथरुमको काम सकाउनुपर्छ, जसले गर्दा राती उठ्नु जरुरी हँदैन ।
– चिन्ता तनाव, डाह, इष्र्याबाट मुक्त हुने, सकरात्मक सोच राख्नुपर्छ, योग, ध्यान व्यायाम गर्ने, सन्तुलित जीवनशैलि अपनाउने ।
– सुत्नुअघि ऐना सामु उभिएर हास्नुस र आफैलाई शुभरात्री भन्नुहोस् । यसबाट आफैप्रति संम्वेदनशील बनिन्छ र आफ्नो सौन्दर्यप्रति सेचत भइन्छ ।
– सुत्नेबेलामा मुस्कुराउदै आफुले आफैलाई शुभरात्रीको कामना गर्नुहोस, जसले तपाईको अनुहारमा थप उत्साह जगाउछ, थकान बिर्साएर मिठो निन्द्रा लाग्छ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks