सोलोमोन द्विपमा शक्तिशाली भूकम्प

३ पुस,सिड्नी ।

आइतबार सोलोमोन द्विपमा ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ ।
यस प्रशान्त माहासागरिय राष्ट्रमा दुई हप्तायता आएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।

स्थानीय समयानुसार आइतबार अपराह्न ४ः४६ मा आएको यस भूकम्पको केन्द्रबिन्दु किराकिराबाट ८३ किलोमिटर पश्चिम–उत्तरपश्चिममा ३९ मिटर गहिराइमा रहेको युएसजिएसले थप जानकारी दिएको छ ।

गत १० डिसेम्बरमा पनि किराकिरा प्रभावित हुने गरी ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यसअघि पनि ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र यस भूकम्पपछि सुनामी चेतावनीसमेत दिइएको थियो ।

यद्यपि यस भूकम्पपछि पनि कुनै गम्भीर क्षतिको भने खबर प्राप्त भएको थिएन ।