तापलाई पानीमा रूपान्तरण गर्ने प्रणालीलाई सोलार वाटर हीटिङ सिष्टम भनिन्छ । यसलाई अर्को भाषामा सोलार थर्मल सिष्टम पनि भन्ने गरिन्छ । सोलार दुई किसिमका हुन्छन् । सोलार ‘फोटो भोल्टाइज’ (पीभी), जसलाई बत्ती बाल्नका लागि प्रयोग गरिन्छ भने सोलार ‘थर्मल सिष्टम’, जसलाई पानी तताउनमा प्रयोग हुन्छ ।
- सोलार वाटर हीटर जडान गर्ने ठाउँ र तातो पानीको पाइप लाइन राख्नेबारे घर बनाउने क्रममा नै प्राविधिकसँग सल्लाह गर्नुपर्छ ।
- सोलार सेट राख्ने स्थानको दक्षिण दिशा खुला भएको अवस्थामा छायाँ नपर्ने हुनुपर्छ । राख्ने स्थान कम्तीमा ११ देखि ४ बजेसम्म राम्ररी घाम लाग्ने हुन आवश्यक छ ।
- तातो पानीको पाइप जतिसक्दो छोटो र सानो मोटाइको राख्न उपयुक्त हुन्छ ।
- तातो पानीको पाइपलाई राम्ररी इन्सुलेशन गर्नुपर्छ । इन्सुलेशन ट्युबको प्रयोग गरी पातलो पोलिथिन पाइपले कभर गर्दा बढी उपयोगी हुन्छ ।
- सोलारका लागि चिसो पानीको ट्याङ्की साढे ५ फीट माथि हुनुपर्छ । ६ फीट वा सोभन्दा माथि हुनु उत्तम हुन्छ ।
- प्रेशरपम्प प्रयोग गर्नका लागि उत्पादकलाई पूर्वजानकारी गराई सोहीअनुसारको प्रेशर टेष्ट गरिएका सोलार सेट जडान गर्नुपर्छ ।
- सोलार सेट जडानपूर्व सोलारको गुणस्तर तथा लिटर क्षमताबारे पूर्ण जानकारी लिन उपयुक्त हुन्छ ।
abhiyan
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks