सुरक्षित छैन अमेरिका

आफूले कहिल्यै कल्पनासम्म नगरेको घटना अमेरिका आएपछि भोग्नुपर्‍यो नेपाली युवती ज्वाला कार्कीले । अमेरिकामा बेला÷बेलामा गोली चलेर धेरैको मृत्यु भएको घटना सुनिरहेकी ज्वालाले कुनै दिन आफैं गोली लागेर मृत्युको मुखमै पुगिएला भन्ने सोचेकी पनि थिइनन् । बरु केही समयअघि मेरिल्यान्ड बस्दा एक्लो महसुस गरेर नेपालीको बस्ती भएको सुरक्षित स्थान खोज्दै चौबीसबर्से कार्की टेक्सासको अर्भिङतिर बसाइँ सरिन् ।

Nepali typing

kalpanaaतर दशा लागेपछि कसले छेक्न सक्छ र ? टेक्सासको डालासस्थित नेपाली बस्ती, त्यसमाथि पनि आफ्नै अपार्टमेन्टभित्र उनीमाथि गोली चल्यो । सधैं झैं उनी गत अक्टोबर २९ मा कामबाट घर फर्किंदै थिइन् । ‘दुर्भाग्य नै मान्नुपर्छ, मैले त्यस दिन अपार्टमेन्टको चाबी लिन बिर्सिएछु’ उनले घटनाबारे सुनाउन थालिन्, ‘मेरा रुममेट आउँदै गरेकाले १० मिनेटजति पर्खनुपर्ने भयो । बाहिर चिसो थियो । लन्ड्री रुममा पर्खनुपर्‍यो भन्दै भित्र गएँ । सधैं कपडा धुन आउनेहरूको चहलपहल हुने लन्ड्री रुममा कोही पनि थिएन । म साथीसँग फोनमा कुरा गरिरहेकी थिएँ । त्यतिबेलै एउटा १४÷१५ वर्षको काले जातिको केटा आएर मेरो पर्स र फोन माग्दै बन्दुक तेस्र्यायो र पड्काउन थालिहाल्यो ।’

 

उनको शरीरको दायाँ खुट्टा र हातमा गोलीले बनाएको घाउ अझै निको भइसकेको छैन । सातवटा गोलीले पेट, बायाँ कोखा, दायाँ हात र दायाँ खुट्टामा प्वाल पारेको छ ।
हाल उनको उपचार भइरहेको छ । चिकित्सकहरूले शीघ्र सुधार भइरहेको बताए पनि अझै दायाँ हात र खुट्टा चलाउन सक्दिनन् । फोक्सो र पेटमा गोली लागेकाले छातीदेखि नाइटोभन्दा तलसम्म शल्यक्रिया गरिएको छ । घाउ र चोटको दुखाइ सहन नसकिने छ । डिस्चार्ज भएर घरमा बसेकी कार्कीको नियमित ड्रेसिङ भने घरमै भइरहेको छ ।

पोखरा चौठेकी कार्कीलाई यतिबेला अमेरिका पटक्कै सुरक्षित लाग्दैन । घरभित्रै बसिरहेका बेला पनि कसैले आएर गोली हान्छ कि भन्ने मनमा त्रास भइरहन्छ । ‘सम्झिँदा पनि मुटु थर्रर हुन्छ । डरले राम्ररी निदाउन पनि सक्दिन । निदाइहाले पनि नराम्रो सपना देखेर तर्सन्छु’ त्रसित हुँदै उनी सुनाउँछिन्, ‘सीसी क्यामेराको अगाडि अपार्टमेन्टभित्रै कोही आएर गोली हान्छ भने अमेरिकाजति असुरक्षित कतै छैन होला । मेरो घटनाले गर्दा यहाँको सम्पूर्ण नेपाली समुदाय नै डराएको छ ।’

उनको मात्र होइन, पछिल्लो समय अमेरिकामा हप्तैपिच्छे गोली चलेर सर्वसाधारण मरिरहेका छन् । तीन दिनअघि मात्रै टेक्सासनजिकैको सदरल्यान्ड स्प्रिंगस्थित एक चर्चमा एउटा बन्दुकधारीले गोली चलाउँदा २६ जना मरे । एक साताअघि न्युयोर्कको म्यानह््याटनमा एक मुस्लिम युवकले ट्रकले हानेर सडकपेटीमा हिँडिरहेका आठजनालाई मार्‍यो । अमेरिकामा दैनिक सुनिने यस्ता समाचारले उनको मन झनै अत्याउँछ । ‘आफूलाई परेकाले होला जताततै असुरक्षा नै असुरक्षा देख्छु । जोसुकैले बन्दुक बोक्न पाउने भएकाले यहाँ कतिबेला के हुन्छ भन्न सकिँदैन’ उनी त्रसित हुँदै भन्दै थिइन्, ‘सीसी क्यामेराअगाडि आएर गोली ठोक्नेलाई त प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेन । अब त प्रहरीप्रति पनि विश्वास लाग्न छोड्यो ।’

टेक्सासको डालासमा एल सेन्ट्रो कलेजमा अध्ययनरत कार्की दुई वर्षअघि मात्र अमेरिका आएकी हुन् । सुरुमा केही समय न्युयोर्कमा बसेकी कार्की मेरिल्यान्डमा एक वर्ष बसेपछि चार महिनाअघि मात्र पढाइको सिलसिलामा डालास गएकी थिइन् ।

नेपालमा रहेका बाबुआमा आत्तिएलान् भनेर आफूमाथि भएको घटनाबारे अझै राम्ररी बताएकी छैनन् । ‘डिस्चार्ज भएर घर आइसकेपछि आफैंले फोनमा बोलेर सामान्य बिरामी छु भने, विस्तारै विस्तारै सुनाउँदैछु’ उनले भनिन् । मृत्युको मुखैमा पुगेर फर्किएकी कार्कीको बन्दुकको गोलीले शरीर छियाछिया पारे पनि बाँचेर केही गर्ने आत्मविश्वास भने दरिलो छ ।

उनको उपचारमा सहयोग जुटाउन अमेरिकाको टेक्सासस्थित नेपाली समाज टेक्सास र यूएस नेपाल हेल्प नेटवर्कले रकम संकलन अभियान चलाइरहेका रहेका छन् ।

ज्वालालाई ३९ हजार अमेरिकी डलर हस्तान्तरण

यूएस नेपाल हेल्प नेटवर्कले अमेरिकाको टेक्सासमा गोली लागेकी ज्वाला कार्कीलाई उपचारका लागि ३९ हजार एक सय २१ अमेरिकी डलर सहयोग प्रदान गरेको छ । यूएस नेपाल हेल्प नेटवर्कको टोली बुधबार कार्कीको घरैमा पुगेर उनकै बैंक खातामा रकम ट्रान्सफर गरिदिएको नेटवर्कका संस्थापकमध्येका एक प्रवेश नेपालले जानकारी दिए ।‘

गोफन्डमीमार्फत पाँच दिनमै हामी ४३ हजार अमेरिकी डलर जम्मा गर्न सफल भयौं’ नेपालले भने, ‘अमेरिकी सरकारलाई ट्याक्स बुझाएर बाँकी रहेको सबै रकम कार्कीलाई उपचार खर्चका लागि दिएका हौं ।’ यूएस नेपाल हेल्प नेटवर्कले नेपाली समुदायलाई अप्ठेरो पर्दा रकम संकलनलगायत विभिन्न किसिमका सहयोग गर्दै आएको पनि बताए ।

यसबाहेक गोली लागी घाइते कार्कीको उपचार खर्च जुटाउन नेपाली समाज टेक्सासले पनि छुट्टै रकम संकलन गरिरहेको संस्थाका सचिव सुमन कार्कीले जानकारी दिए । गोफन्डमीमार्फत २५ हजार डलर संकलन गर्ने लक्ष्य राखेर रकम संकलन अभियान चलाइएको छ । ‘हाम्रो संस्थाले थोरै ट्याक्स तिर्दा हुने भएकाले यूएस नेपाल हेल्प नेटवर्कसँगै मिलेर रकम संकलन अभियान चलाउनेबारे प्रस्ताव राखेका थियौं । उहाँहरूले मान्नुभएन’ कार्कीले भने, ‘त्यसैले छुट्टाछुट्टै अभियान चलाएका हौं ।’ नेपाली समाज टेक्सासले चलाएको अभियानमा हालसम्म दुई हजार ६ सय अमेरिकी डलर संकलन भएको छ।

annapurnapost

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks