bollywood

सुन्दै अचम्म लाग्ने बलिउड कलाकारहरुको नराम्रो बानी

 

Nepali typing

झट्ट हेर्दा लाग्छ बलिउडका कलाकारहरुको के नै नराम्रो बानी होला र । हरेक कुरामा फर्केक्ट देखिने बलिउड कलाकारहरुको नराम्रो बानी पनि रहेको छ । उनीहरुको बानी सुन्दा तपाई पनि अचम्ममा पर्नहुन्छ ।

आउनुहोस् हेरौ केही बलिउडका जल्दाबल्दा नाम चलेका बलिउड कलाकारहरुको नराम्रो बानीहरु

सारुख खान

सारुख खानको एउटा नराम्रो बानी रहेको छ । उनी चेन स्मोकर हुन् । उनी प्रत्येक दिन २ देखि ३ बट्टा चुरोट पिउने गर्छन् । उनले बारम्बार यो लत छोड्ने प्रयास गरेतापनि छोड्न नसकेको बताउँदै आइरहेका छन् । घरमा उनी बाथरुममा लुकेर चुरोट पिउने गरेको एक कार्यक्रममा बताएका थिए ।

अमिताभ बच्चन

अमिताभ बच्चन विदेश जार्दै छन् भने दुईवटा घडी हातमा लगाउने गर्छन् । उनको साथमा मोबाइबल पनि तीन चारवटा हुने गरेको बताउृँछन् । विदेशको समय हेर्न र भारतको समय अनुसार आफ्नो काम गर्न उनी यसो गरेको बताउँदै आएका छन् ।

सुस्मिता सेन

यी नायिकाको नराम्रो बानी भनेका यिनी बाथरुममा नुहादिनन् । यिनलाई नुहाउन खुल्ला ठाउँ चाहिन्छ । त्यही भएर यि नायिका टेरेसमा नुहाउने गर्छिन् । उनी प्रकृति प्रेमी हुन् । उनले एकताका पाइथन पनि पालेकी थिइन् ।

जोन अब्रहाम

यी नायकलाई कसैसँग बसेर बोलिरहँदा छ निकै छटिपटि हुन्छ । चेन बसाइमा बस्दा उनी घरी यसो गर्ने घरी उसो गर्ने वा भनौ चलिरहन चाहान्छन् ।

करिना कपुर

अरुको भन्दा यी नायिकाको नराम्रो बानी केही फरक रहेको छ । तपाईलाई लाग्ला करिनाको नराम्रो बानी के नै होला र ? उनको नराम्रो बानी भनेको उनी आफ्नो औला चुस्ने गर्छिन् ।

जितेन्द्र कपुर

यी अभिनेताको अचम्मको बानी रहेको छ । ट्वाइलेटमा फलफुल खान मन पराउँछन् जितेन्द्र । उनी जब ट्वाइलेटका लागि जात्थे तब फलफुल समेत बोकेर लाने गर्थे । ट्वाइलेटमा फलफुल खादाँ उनलाई बेग्लै आनन्द आउने भन्दै त्यसो गरेको उनले बताएका थिए ।

आयुष्मान खुराना

यी कलाकार खाली समय हुने बित्तिकै दाँत माझ्न थालि हाल्छन् ।

सन्नी लियोन

डेव्यु गरेको फिल्म जिसम २ को सेटमा सन्नी लियोनले सबैलाई आश्चर्य चकित पारिन् । सन्नी लियोनलाई बारम्बार खुट्टा धुने बानी रहेको छ । यही कारणले गर्दा उनले जिसम २ को सुटिङका क्रममा प्रत्येक १५ मिनेटमा गोडा धुन बाथरुप जाने गर्थिन् । सुटिङ ढिला भएपनि उनीले त्यो कुराको वास्था नै गर्थिनन् ।

nepalipatra

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks