एजेन्सी । भारतीय टेलिभिजनमा काम गर्ने केही कलाकारको दैनिकले तलव सुन्दा तपाईलाई अचम्म लाग्छ होला ।
उनीहरुको दैनिक तलब कोही चलचित्र कलाकार भन्दा कम छैन तर बढी नै छ। आज हामी तपाईलाई चर्चित टेलि सिरियलमा काम गर्ने कलाकारको दैनिकल तलवका बारेमा जानकारी दिदैछौँ।
टेलि सिरियलमा महादेवको भूमिकामा देखिएका कलाकार मोहित रैनाको एक एपिसोडको तलब १ लाख छ। अब उनले तलब अझ बढाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यस्तै जीटीभीबाट प्रसारण हुँदै आएको सिरियल कुमकुमभाग्यमा अभिको भूमिका निभाउँदै आएका कलाकार शब्बीर अहलूवालियाको एक दिनको कमाई ९५ हजार छ भने स्टार प्लसका स्टार करण पटेलको एक एपिसोडको कमाई ९० हजार छ।
त्यस्तै कलाकार नकुल मेहताले एक एपिसोडको ८५ हजार तलब लिन्छन् भने सौम्याका लविङ पति बनेर सबैको मन जितेका कलाकार विवान देसनाले एक एपिसोडको ८५ हजार तलव लिने गर्दछन्।
त्यस्तै कलाकार वरुण सोबतीले एक एपिसोडको ८० हजार भारु तलव लिने गर्दछन्। महाभारत सिरियलमा अर्जुनको भूमिका निभाएका कलाकार शाहिर शेखले एक एपिसोडको ८० हजार तलब लिदै आएका छन्।
त्यस्तै नागिनमा शिवांगीको पतिको भूमिका निर्वाह गरेका रकी अर्थात करणवीर बोहराले एक एपिसोडको ७५ हजार तलब लिन्छन्। त्यस्तै कसम तेरी प्यारकीमा ऋषीको भूमिका निर्वाह गर्दै आएका शरद मल्होत्राले एक एपिसोडको ६५ हजार लिने गर्दछन् भने अर्का कलाकार कुशल टण्डनले पनि एक एपिसोडको ६५ हजार तलब लिदै आएका छन्।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks