dry fruits

सुक्खा फलफूलको फाइदा ताजाको भन्दा धेरै

एजेन्सी । हामीलाई थाहानै छ फल खानु स्वास्थ्यको लागी एकदम राम्रो हो । सुक्खा फलफूल काजु, किसमिस,,र् पिस्ता बदाम, आदि फलफूलहरु हाम्रो जीवनको लागी एकदम राम्रो फलफुलहरु हुन् । यी फलफूलको बढी पौष्टिक हुन्छन ती हुनुको कारण पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ धेरै हुन्छन् ।

१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ।

यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तै एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।

युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ।nepalinewsupdate

 

 

Stock market ideas in Nepali language