ipo

सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्ला | Singati hydro energy ltd.

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि आईपिओ बिक्रि गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । जसमध्ये ५८ हजार कित्ता (२%) कर्मचारीको लागि, १ लाख ४५ हजार कित्ता (५%) सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

आईपीओ चैत्र ६ गतेदेखि चैत १० गतेसम्म भर्न सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्ने आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिम रहेको देखाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय र मेरोशेयरको वेबसाईट https://meroshare.cdsc.com.np बाट आवेदन दिन सक्नेछन्।

Stock market ideas in Nepali language