तपाईको ओठको वास्तविक रङ्ले स्वास्थ्यको विभिन्न राज खोल्न सक्छ । तपाईको ओठको रङ् गाढा वा हल्का गुलाबी वा हल्का पहेँलो हुँदा यस किसिमको तथ्यको आधारमा स्वास्थ्यको आकलन गर्न सकिन्छ ।
१-हल्का पहेंलोपनको लागि
यदि तपाईको ओठको रङ् गुलाबी छ तर यसको साथै हल्का पहेँलो देखिन्छ भने यसले एनिमियाको लक्षण दर्शाउँछ । यसको अर्थ शरीरमा हीमोग्लोबिन र रातो रक्त कोशिकाको कमी हो । यस स्थितिमा विशेषज्ञ आयरन र भिटामिन सी ले भरिपूर्ण चीजको सेवन गर्ने सल्लाह दिने गर्दछन् ।
२-गाढा रातो
यदि तपाईको ओठको रङ् गाढा रातो देखिन्छ भने यो स्वास्थ्यको लागि गम्भीर विषय हो । यस किसिमको ओठको मतलब हो कि तपाईको कलेजो कमजोर छ र यसले आवश्यकता भन्दा अधिक र कठिनाईपूर्वक कार्य गर्दैछ ।
३-वैजनी रंग वा हरियोपन हुनु
ओठको रङ् परिवर्तन हुनु सामान्य घटना होइन । केही अवस्थामा चिसो मौसममा ओठको रङ् यस किसिमले परिवर्तन हुनु तपाईको हृदय र फोक्सोको लागि खतराको संकेत सावित हुनसक्छ ।
४- गाढा बैजनीरङ्
केहि मानिसको ओठको रङ् गाढा बैजनी रंगको देखिन्छ यसले पाचन प्रक्रियाको गडबडी तर्फ इशारा गर्छ । यस अवस्थामा तपाईले फाइबर र मिनरल्सले भरिपूर्ण चीजको सेवन गर्नुपर्दछ । यसको साथै बासी खाना, फास्ट फूड र अस्वस्थ आहारको सेवन गर्नबाट बँच्नु पर्दछ ।
५-ओठको किनारामा बैजनी रङ् हुनु
यदि तपाईको ओठको किनारा पर्पल अर्थात् बैजनी रङ् हुन्छ भने तपाईको शरीरमा असन्तुलनको स्थिति हो । यस स्थितिमा तपाईले आफ्नो शरीरको तापमान परिवर्तन भएको महसूस गर्नुहुन्छ । यस्तो अवस्थामा आराम गर्नुपर्दछ र स्वस्थ चीज खानुपर्दछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks