दिनहुँ तीन घन्टाभन्दा बढी समय टीभी, कम्प्युटर, टयाबलेट, स्मार्ट फोन आदिमा बिताउने बालबालिकालाई मधुमेहसमेत हुन सक्छ । यसरी निरन्तर स्क्रिनमा दिनहुँ समय खर्चिनु उनीहरूको स्वास्थ्यका लागि राम्रो होइन ।
यो अध्ययन आर्काइभ्ज अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित छ । मेटाबोलिक र कार्डियोभास्कुलरसम्बन्धी परीक्षणको लागि यो अध्ययन बेलायती सहर बर्मिंघम र लिसेस्टरका ९–१२ वर्ष उमेर समूहका साढे चार हजार बालबालिकामा गरिएको हो । ती बालबालिका दुई सय प्राथमिक स्कुलबाट छानिएका थिए ।
अध्ययन अनुसार, डिजिटल माध्यमप्रति बालबालिकाको निरन्तर लगाव उनीहरूमा मोटोपनको कारक हुन सक्छ । यस्तो बानी ‘इन्सुलिन रेजिस्टेन्स’ का लागि जिम्मेवारसमेत हुन सक्छ ।
इन्सुलिनले पाचनग्रन्थीका माध्यमले हार्मोनबाट ब्लड ग्लुकोजको स्तर बढ्नबाट रोक्छ । इन्सुलिनको यो काममा मधुमेहले बाधा उत्पन्न गर्छ ।
बाल्यकालको प्रारम्भिक वर्षमा टीभी स्क्रिनमा कम समय बिताउने बालबालिकामा टाइप–२ मधुमेह हुने जोखिम कम हुन्छ ।
धेरै टिभी हेर्ने बानि छ यदि छ भने छोड्नुहोस् धेरै टिभी हेर्नुका बेफाइदाहरु यस्ता छन् !
विभिन्न अनुसन्धानले बढी टिभी हेर्ने मानिसलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने देखाएका छन् ।
लामो समयसम्म टिभी हेर्नाले अथवा कम्प्युटर चलाउनाले अनिद्राको समस्या उत्पन्न हुन सक्छ ।
यस्ता मानिसमा ब्रेन हारमोन मेलाटोनिनको मात्रा बढी हुन्छ, जसकारण चिन्ता बढ्ने, ढिलो निदाउने र छिटो बिउँझिनेजस्ता समस्या उत्पन्न हुन्छन् ।
१. डायबिटिजका बिरामीले बढी टिभी हेरेमा उनीहरूको शरीरमा चिनीको मात्रा अझ बढ्न पुग्छ । टिभी हेर्न बस्दा मानिसले तुलनात्मक रूपमा बढी खाने गर्छ । यसले पनि सुगरको मात्रा बढाउने काम गर्छ ।
२. लामो समयसम्म टिभी हेर्ने मानिस बढी मोटाउँछ । टिभी हेर्दा मानिसको शरीर निष्क्रिय हुन्छ । लामो समयसम्म निष्क्रिय भएर बसेमा शरीरमा बोसोको मात्रा बढ्न पुग्छ र मानिस मोटाउँछ ।
३. बढी टिभी हेर्नेहरूको स्मरण शक्ति पनि कमजोर हुन्छ । टिभीमा देखिने इमेज र यसबाट आउने साउन्डले मानिसको न्युरोलोजिकल सिस्टममा असर गर्छ । यसैकारण बढी टिभी हेर्ने बालबालिकाको स्मरण शक्ति कम हुने गरेको विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ ।
४. बढी टिभी हेर्ने बालबालिकालाई परिपक्व हुन तुलनात्मक रूपमा बढी समय लाग्छ । उनीहरू टिभीमा देखिने काल्पनिक संसारमा बढी रमाउने गर्छन् ।
५. लामो समयसम्म टिभी हेर्ने मानिस बढी सन्काहा हुने गर्छन् । लगातार टिभी हेर्ने बालबालिकाले सन्काहा व्यवहार बढी देखाउने गरेको विभिन्न अध्ययनका क्रममा फेला परेको gulfact
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks