horoscope

साप्ताहिक राशिफल

२०७४ असोज २२ गते देखि २८ गते सम्म

मेष : यो साता यहाँको फलदायी नै रहला । साताको शुरुमा बोलिव्यक्तित्व बढने सामाजिक कार्यमा व्यस्तता मानसम्मान पाउने योग छ । मध्यतिर संचित धनको खति अपमान अपजसको सामना गर्नु पर्ने र अन्त्यमा राज्यबाट सहयोग समर्थन मिल्ने राजनितिमा उचाई बढने साथीभाई र आफन्तको सहयोग मिल्ने देखिन्छ । शनि अढैयाले शारीरिक समस्या आउन सक्छ । यसर्थ शनि शान्तिको उपाय गर्नु जरुरी छ ।

Learn English - Dew Meaning in English to Nepali below

वृष : साता मध्यम फलदायी रहनेछ । साताको शुरुमा मनमा बेचैनी व्यर्थभ्रमण र खर्च वृद्धि हुनेछ । मध्य तिर धनलाभ अन्नलाभ मिल्ने, मानसम्मान पुरस्कार पाउने राजनितिमा उचाई बढने छ भने अन्त्यमा मानसम्मानमा आँच आउन सक्छ । धन चोरिने वा हराउने सम्भावना छ । अतः बोल्दा हिडदा कसैसँग व्यवहार गर्दा सतर्कता आवश्यक छ ।

मिथुन : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा प्रशस्त धनलाभ हुनेछ । गीत संगीत र साहित्य लेखन पठनमा अभिरुचि बढनेछ । मध्यतिर खर्चवृद्धि, शुभकार्यमा धनखर्च र फलदायी यात्रा हुन सक्छ साताको अन्त्यमा राजनितिक सफल्ता सामाजिक कार्यमा व्यस्तता बढने मान सम्मान र पुरस्कार पाउने ग्रहयोग रहेको छ । अष्टम केतुले शारीरिक समस्या देखा पर्न सक्छ । केतु शान्तिका लागि काल भैरव दर्शन ऊँ कें केतवे नमः मन्त्रको जप गर्नाले भाग्यले साथ दिनेछ ।

कर्कट : साता रमाइलो गर्दै वित्ला । साताको शुरु र मध्यतिर सरकारी उल्झन सुल्झने विदेश गमनको प्रयास सफल हुनेछ । प्रशस्त धनलाभ हुने मनोरन्जन गर्दै दिनहरु वित्ने छन । अन्त्यमा बेचैनी खर्चवृद्धि अपमान अपजस मिल्नेछ । ऊँ नमः शिवाय मन्त्र जप र शिव दर्शन गर्नाले भाग्यले साथ दिनेछ ।

सिह : साता अनुकुल रहनेछ । यो साता भाग्यले साथ दिनेछ । धर्मकर्ममा अभिरुचि बढनेछ । शरीरमा आलस्यता देखा पर्ने आफू भन्दा ठूलाको हप्की खानु पर्ने देखिन्छ । काममा सफलता र मनमा प्रसन्नता प्रशस्त धनलाभ प्राप्त हुने साता रहेको छ । साताको अन्तिम दिन शनिवार चाहि राम्रो छैन । यसतर्फ सतर्कता आवश्यक छ ।

कन्या : साता मध्यम फलदायी रहला । साताको बुधवार सम्मको समय प्रतिकुल रहनेछ । यी दिनमा शारिरीक कष्ट कोही कसैसँग विवाद पर्ने आर्थिक संकट समेत देखा पर्ला । विहिवार शुक्रवार र शनिवारका दिनहरुमा काममा सफलता मनमा प्रसन्नता सरकारी उल्झन सुल्झने राजनितिक उचाई प्राप्त गर्ने ग्रहयोग रहेको छ ।

तुला : साता मिश्रीत फलदायी रहला । साताको शुरुमा व्यापार व्यवसायमा लाभ प्रगति देखा पर्नेछ । प्रेममा सफलता दामपत्य जीवनमा सुमधुरता र मनोरन्जनात्मक र फलदायी यात्रा हुन सक्छ । मध्य अन्त्यतिर काममा अलमल, साथीभाइसँग वादविवाद शारिरीक समस्या मनमा बेचैनी देखा पर्ला । यसर्थ यी दिनमा खाँदा हिडदा बोल्दा सतर्कता आवश्यक छ ।

वृश्चिक : साता मध्यम फलदायी रहला । साताको शुरुमा शत्रुभय, विरोधी सँग कडा प्रतिस्पर्धा कामा अलमल देखा पर्ला । मध्यतिर व्यापारमा लाभ व्यवसायमा प्रगति प्रेममा सफलता र मनोरन्जनात्मक फलदायी यात्रा हुने ग्रहयोग देखिन्छ । अन्त्यतिर मनमा बेचैनी शरीरपीडा कोही कसैसँग वादविवाद पनि हुनेछ । मध्य साढेसाती शनि दशा प्रभावले काममा बाधा अडचन असफलता जस्ता समस्या आउन सक्छ । यसर्थ शनि शान्तिका लागि हनुमान चालिसा पाठ, ऊँ शं शनैश्चराय नमः मन्त्र जप र देवी दर्शन गर्नाले भाग्यले साथ दिनेछ ।

धनु : साता अलमलमा वित्नेछ । साताको शुरु, मध्यतिर मनमा खिन्नता, मालसमान हराउन वा चोरिन सक्छ । शिक्षमा धनखर्च पढाईमा अभिरुचि देखा पर्ला । शत्रु भय काममा अलमल शरीरमा नयाँ रोग देखा पर्नेछ । अन्त्यमा सुख शान्ति र काममा सफलता मिल्नेछ । साताको अन्तिम दिन शनिवार त्यति राम्रो छैन । यस दिन खाँदा हिडदा बोल्दा सतर्कता आवश्यक छ ।

मकर : साता सामान्य रहला । यो साता मनमा अज्ञात भय हुने खानपिनको लापरवाहीले शारीरिक समस्या देखा पर्ला । मालसमान हराउने वा चोरिने हुँदा सुरक्षा तर्फ सतर्कता आवश्यक छ । काममा अलमल शत्रुभय र कडा परिश्रमबाट काममा सफलता मिल्ने ग्रहयोग रहेको छ । कालभैरवको दर्शन र ऊँ कें केतवे नमः मन्त्र जप गर्नाले भाग्यले साथ दिनेछ ।

कुम्भ : साताको शुरुमा मित्र सहयोगले महत्वपूर्ण काममा सफल्ता मिल्नेछ । राजनिति क्षेत्रमा सहयोग समर्थन प्राप्त हुनेछ । राजनितिक उचाइ बढनेछ । राज्यबाट लाभ समर्थन प्राप्त हुने प्रशस्त धनलाभ पनि हुनेछ । मध्य र अन्त्य तिर भने घरायसी समस्याले मन खिन्न एवं उदास हुनेछ । आफन्त सँग मनमुटाव हुनेछ । कही कतैबाट आएको अशुभ सामाचारले मन खिन्न होला ।

मीन : साता मध्यम फलदायी रहला । साताको शुरुमा संचित धनको खति काममा अपजस अपमान हुने झूठा आरोप लाग्न सक्छ । मध्यमा मित्र एवं आफन्तको सहयोगले महत्वपूर्ण काममा सफल्ता मिल्ने छ । शरीरमा पुरुषार्थ बढने राजनितिक उचाइमा पुग्ने र सोचे आँटेका काममा सफलता राज्यबाट सहयोग समर्थन मिल्नेछ । अन्त्यतिर भने घर वाहन भूमि सम्बन्धि विवाद मनमा भय शरीरमा आलस्यता देखा पर्ला । यसर्थ पिपल पूजा लक्ष्मीनारायण भगवानको दर्शन र ऊँ वृं वृहस्पताये नमः मन्त्र जप गर्नाले भाग्यले साथ दिनेछ ।

madhyanepal.com