साउदीका अर्बपति राजकुमार विन तलाल पनि पक्राउ परेको आशंका

साउदी अरेबियामा भ्रष्टाचार सम्वन्धी मुद्दा छानविनका क्रममा पक्राउ पर्ने ११ जना राजकुमारमा शाही परिवारका एक प्रमुख सदस्य तथा धनाढ्य लगानीकर्ता राजकुमार आलवालिद बिन तलाल पनि परेको आशंका गरिएको छ ।

Nepali typing

उनी २६ कात्तिक २०६७ मा नेपाल आएका थिए । उनलाई नेपालको सबैभन्दा ठूलो मानपदवी ‘महाउज्जवल राष्ट्रिय मानपदवी’बाट सम्मान समेत गरिएको छ ।

साउदी अरेबियाका राजा बिन सलमानले गरेको कारवाहीका क्रममा ११ जना राजकुमारहरु र चार बहालबाला मन्त्रीहरु पक्राउ परेर थुनिएका छन् । यसैगरी थुप्रै उच्चपदस्थ अधिकृतहरुलाई बर्खास्त गरिएको छ । पक्राउ गरेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

बिन तलालको गिरफ्तारीको अपुष्ट खबरले ठूलै सनसनी मच्चाएको छ । यसलाई राजा बिन सलमानको कार्यकालकै सबैभन्दा आक्रामक कदमका रुपमा पनि लिइएको छ ।

विन तलाल पक्राउ परेको अझैसम्म पुष्टि भएको छैन । यदि उनी पक्राउ परेको पुष्टि भए घटनाले अर्को मोड लिनसक्छ किनकी उनलाई साउदी राजतन्त्रका पब्लिक र आर्थिक अनुहारका रुपमा लिने गरिएको छ ।

साउदी शाही परिवारका सबैभन्दा प्रमुख सदस्य मानिएका बिन तलाल अमेरिकी र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाउने गर्थे ।

votemodel.com

उनलाई अमेरिकाको टाइम्स म्यागजिनले २००८ मा नै विश्वका १०० शक्तिशालीहरुको सूचीमा राखेेको थियो । अमेरिकामा शिक्षा आर्जन गरेका यी अर्बपति परोपकारी तथा लगानीकर्ताले अमेरिकी कर्पोरेट जाइन्टहरु जस्तै सिटिग्रुप, एप्पल, टि्वटर, लगायतमा ठूलो लगानी गरेका छन् ।

सन् १९९१ र १९९५ को बीचमा उनी हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्दार गरेका थिए जब उनको रियल स्टेट साम्राज्य संकटमा परेको थियो । बिन तलालले ट्रम्पको एउटा नौका खरिद गर्नुका साथै उनको प्लाजा होटलमा पनि लगानी गरेका थिए ।

उनले नेपालका भूकम्पपीडितलार्इ १० करोड रुपैयाँ सहयोग गरेका थिए ।

www.onlinekhabar.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks