साइबर सुरक्षाका दृष्टिले संवेदनशील

देशको बैंकिङ तथा फाइनान्सियल क्षेत्र साइबर सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको पैसा चोरी हुनेमा नेपाल चौथो स्थानमा पर्ने सीआईबीका साइबर अपराध महाशाखाका प्रमुख एसपी नवीन्द्र अर्यालले बताए।

Nepali typing

स्विफ्ट ह्याकको पहिलो निसानामा पाकिस्तान, दोस्रोमा बंगलादेश, तेस्रोमा श्रीलंका र चौथोमा नेपाल पर्छ जसलाई ‘सफ्ट टार्गेट’मा राखेर ह्याकरले निसाना बनाइरहेका हुन्छन्’, उनले भने, ‘हामीलाई पनि स्विफ्ट ह्याकिङको अनुसन्धान गर्न मन छ तर सम्बन्धित निकाय र राष्ट्र बैंकले संलग्न गराएको छैन ।’ नेपालमाथि पछिल्लो समय रुस, रोमानिया, टर्की र भारत र नर्थ कोरियाका ह्याकरले आँखा गाडेको उनले बताए । ‘ती ह्याकरले सुरुमा व्यक्ति, त्यसपछि आईएसपी र सरकारी वेबसाइटलाई लक्ष्य गरेका हुन्थे भने अहिले फाइनान्सियल सेक्टरलाई लक्ष्य गरेर र्‍यानरमवेयर, ट्रोजनलगायत भाइरसको माध्यमबाट आतंक मच्चाइरहेका छन्’, उनले भने ।

नेपालको बैंकिङ क्षेत्रमा आईटी सेक्युरिटीको व्यवस्थापन उचित नभएको र ग्राहकमा जनचेतना नजागेको कारण ह्याकरले मौकाको फाइदा उठाइरहेको रिगो टेक्नोलोजीका चिफ टेक्नोलोजी अफिसर सरोज लामिछानेले बताए । ‘बैंकिङ क्षेत्रले आईटीलाई अपनाए पनि व्यवस्थापन पक्षले प्राथमिकतामा नराखेकाले बेलाबेलामा यस्तो केस दोहोरिन्छ’, उनले भने । यसबारे राज्यले उपयुक्त आईटी नीति नल्याएकाले नियामक निकायले अनुसन्धान र जनचेतना जगाउन चुकेको उनको भनाइ छ ।

बैंकको स्विफ्ट प्रणालीलाई हरदम सक्रिय राख्नाले चाडपर्वको बेला डाटा कोड चोरी हुने सम्भावना बढ्ने राष्ट्रिय वाणिज्य बैंकका आईटी चिफ देवेशप्रसाद लोहनीले बताए । उनले भने, ‘स्विफ्ट प्रणालीलाई राष्ट्रिय वाणिज्य बैंकले चाहिएको बेलामा मात्रै एक्टिभ गर्छ नत्र अरू बेला सर्भर डाउन गरेर राख्छ यसले हामीलाई फाइदा पुर्‍याएको छ ।’

website designing

बैंकको स्विफ्ट ह्याक हुनुमा अपरेसन सिस्टममा बस्नेलाई जनचेतना नजगाउनु कारण भएको कृषि विकास बैंकका इन्फर्मेसन सेक्युरिटी अफिसर कुमार पुडासैनीले बताए । ‘पहिला बैंकले ग्राहकलाई साइबर सेक्युरिटीबारे जनचेतना जगाउनु जरुरी छ । राज्यले नीतिगत निर्णय गरेरसमेत बैंकलाई लागू गर्ने वातावरण बनाउनुपर्छ’, उनले भने ।

इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष एवं इन्टरनेट कोअपरेसन फर असाइन नेम एन्ड नम्बर (आईक्यान)का नेपाल फेलोसमेत रहेका विक्रम श्रेष्ठले बैंकिङ पूर्वाधारमा आईटीको पहुँच भए पनि उचित व्यवस्थापन र कस्टमरमा सचेतना जगाउन नसकेको बताए । उनले भने, ‘इमेलबाट खतरनाक भाइरस आउने भएकाले बैंकले सर्भर र ग्राहकलाई समेत सचेतना दिएको छैन । साथै मल्टिपल फ्याक्टर अथेन्टिक विधि पनि अपनाएको छैन । यसले गर्दा ई–बैंकिङ र स्विफ्ट कोडमाथि मालवेयरका माध्यमबाट ह्याक गरी ह्याकर पैसा चोरी गर्न सफल हुन्छ ।’

के हो स्विफ्ट कोड ?
स्विफ्ट कोड भन्नाले एउटा मेसेजिङ नेटवर्क हो जसका माध्यमबाट बैंकिङ कारोबार गरिन्छ । यसमा सेक्युरिटी इन्फर्मेसन पठाउन स्ट्यान्डर्ड सिस्टम राखिएको हुन्छ ।

यसका धेरै नाम हुन्छन् । जस्तै आईएसओ ९६२, स्विफ्ट बीआईसी, स्विफ्ट आईडी आदि । यी कोड व्यापारिक प्रयोजनका लागि बनाएको स्ट्यान्डर्ड फम्र्याट हुन् । यसैका माध्यमबाट अन्तर्राष्ट्रिय बैंकमार्फत कारोबार हुने गर्छ । यसलाई आईएसओले प्रमाणितसमेत गरिसकेको छ । यसमा ए र बी नाम दुई पक्ष हुन्छ । ए पक्षले आफ्नो बैंक अकाउन्टको पैसा अर्को देश पठाउन चाह्यो । यसका लागि ए पक्षले बी पक्षको बैंक खाता नम्बर र स्विफ्ट कोड लिन्छ । जब उक्त पैसा पठाउन भनिन्छ तब बी पक्षलाई स्विफ्ट कोडका माध्यमबाट पैसा पठाइदिन्छ । बी पक्षले उक्त पैसा कन्फर्म गरेपछि मात्रै उक्त प्रक्रिया पूरा भएको मानिन्छ । तर यसबीचमा तेस्रो पक्षले जब स्विफ्ट कोड पत्ता लगाएर पैसा पठाउने आदेश दिन्छ तब चोरी भएको मानिन्छ । यसैलाई स्विफ्ट ह्याक भएको मानिन्छ ।

कसले प्रयोग गर्छन् स्विफ्ट कोड ?
खासगरी विश्वभर बैंकिङ क्षेत्रले यसलाई धेरै प्रयोगमा ल्याउने गरेका छन् । तर पछिल्लो समय ब्रोकर इन्स्टिच्युट र ट्रेडिङ हाउस, सेक्युरिटी डिलर्स, एसेट म्यानेजमेन्ट कम्पनी, क्लियरिङ हाउस, डिपोजिटर्स, सटहीकर्ता, कर्पोरेट बिजनेस हाउस, विदेशी रकम विनिमय गर्ने ब्रोकर र बजार प्रवद्र्धन गर्ने सर्भिसेजले यही माध्यमबाट कारोबार गर्ने गरेका छन् ।

ह्याकिङका उद्देश्य
प्रायः ह्याकिङका कारण घटनैपिच्छे परक हुन्छन् । अनुसन्धानमा बताइएअनुसार निहित स्वार्थका लागि ह्याक गरिन्छ । विशेषगरी ह्याकरले आर्थिक फाइदाका लागि नै आफनो सीपलाई गलत पयोग गरेको पाइन्छ भने र कोही ह्याकर आफ्नो ‘पावर सो’ गर्न तथा कोहीचाहिँ यसलाई एउटा माध्यम बनाएर चुनौती सामना गर्नुका साथै बदला लिन यो काम गर्ने गर्छन् ।

केही ह्याकर यस्ता छन् जसले आफ्ना साथीभाइलाई फूर्ति लगाउन र स्मार्ट बन्नकै लागि ह्याकिङ गर्छन् । तर जब मानिसको निहित स्वार्थका लगि उत्सुकतापूर्वक गर्न नहुने काम गरिन्छ त्यो अपराधमा परिणत हुन जान्छ । जस्तै बदलाका रूपमा, आतंकवादका रूपमा पैसा कमाउन, सीप जाँच गर्न, चुनौती मोल्न, विरोध जनाउन र प्रसिद्धि कमाउनसमेत विश्वमा दैनिक कहीँ न कहीँ ह्याकिङ भइरहेका हुन्छन् ।

ह्याकिङ भर्सेस क्र्याकिङ
मानिसमा ह्याकिङ अपराध हो भन्ने भ्रम छ । वास्तवमा ह्याकिङ शब्दको अर्थ सफ्टवेयर र हार्डवेयरको सिस्टमलाई अझै सुधार गर्दे लैजानु हो । तर सञ्चारमाध्यमले ह्याकिङलाई गलत प्रयोग गरेकाले सबै ह्याकर अपराधी हुन् भन्ने बुझाइ आम रूपमा देखिन्छ । यसका कारण ह्याकिङ र क्र्याकिङ उस्तै हुन् भन्ने सन्देश फैलिएको छ । तर ह्याकिङको अवैध प्रयोग नै क्र्याकिङ हो ।

अर्थात् थप नयाँ कुरा खोज्नु वा सिस्टम एक्सप्लोर गर्नु ह्याकिङ हो भने भएको सिस्टमलाई नष्ट गर्नु नै क्र्याकिङ हो । डाटा चोरी गर्ने, बैंक एकाउन्ट परिवर्तन गर्ने, भाइरस छोडिदिनेलगायत अपराधीलाई क्र्याकरको सट्टामा अहिले क्रिमिनल ह्याकरका नामले समेत चिनिने गरिएको छ । तर सबै ह्याकर क्र्याकर भने होइनन् ।

नेपालमा क्र्याकिङभन्दा ह्याकिङ धेरै भएका छन् । जस्तै सरकारी तथा व्यक्तिगत वेबसाइटमा आफ्नो लोगो राख्ने, चुनौतीका आवाज देखाउने, सिस्टम बलियो बनाऊ वा हामी यो समूह हौँ भन्नेजस्ता काम ‘ई–मेच्योर्ड’ (अपरिपक्व) ह्याकरले गर्ने गरेका छन् । बैंकिङ कारोबारमा अवरोध गर्ने, वेबसाइटमा मालवेयर एवं र्‍यानसमवेयर छोडिदिनेजस्ता काम क्र्याकरले गर्ने गरेका छन् ।

annapurnapost

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks