सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म ‘ट्यूबलाइट’ इदको अवसरमा (भोली) शुक्रबार रिलिज हुँदै छ । सलमान इदको अबसरमा पछिल्लो समय आफ्ना फ्यानका लागि कुनै न कुनै फिल्म लिएर आउने गरेका छन् ।
अहिलेसम्म इदको अवसरमा सलमानका ७ फिल्म रिलिज भएका छन् । महत्वपूर्ण कुरा त यो छ की यी सातै फिल्म ब्लकबस्टर छन् । २००९ मा इदमा सलमानको ‘वान्डेड’ रिलिज भएको थियो ।
त्यसपछि २०१३ लाई छोडेर हरेक बर्ष उनका फिल्म रिलिज हुने गरेका छन् । ती कुन फिल्म हुन् र कती कमाए ? हेर्नुहोस् दैनिक भाष्करले तयार गरेको रिपोर्टको अनुदित अंशः
१. सुल्तान
रिलिज भएको वर्ष–२०१६
लगानी– १ सय ४४ करोड
कमाई–५ सय ८४ करोड
कलाकार– सलमान खान, अनुश्का शर्मा
२. बजरंगी भाईजान
रिलिज भएको साल–२०१५
लगानी– १ सय २५ करोड
कमाई– ६ सय ३ करोड
कलाकार– सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा
३. किक
रिलिज भएको साल– २०१४
कुल लगानी– १ सय ४० करोड
कमाई– ३ सय ५१ करोड
कलाकार– सलमान खान, ज्याक्लिन फर्नान्डिज
४. एक था टाईगर
रिलिज भएको साल–२०१२
लगानी–९२ करोड
कमाई– ३ सय ८ करोड
कलाकार– सलमान खान, कट्रिना कैफ
५. बडीगार्ड
रिलिज भएको साल– २०११
लगानी– ७० करोड
कमाई– २ सय ३४ करोड
कलाकार– सलमान खान, करीना कपूर
६. दवंग
रिलिज भएको साल– २०१०
लगानी– ४१ करोड
कमाई– २ सय १९ करोड
कलाकार– सलमान खान, सोनाक्षी सिन्हा
७. वान्टेड
रिलिज भएको साल– २००९
लगानी– ५२ करोड
कमाई– ९३ करोड
कलाकार–सलमान खान, आयशा टाकिया
medianp
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks