संसारको सबैभन्दा धेरै कमाइ गर्ने अभिनेतामा बलिउडका तीन अभिनेताको नाम टप १० को सूचीमा परेको छ। हरेक वर्ष फोर्ब्सले जारी गर्ने सूचीमा बलिउडका तीन अभिनेता शाहरुख खान, सलमान खान र अक्षय कुमारको नाम सामेल भएको हो। सूचीको शिर्ष स्थानमा हलिउड अभिनेता मार्क वाह्लबर्ग रहेका छन्।
उनले पछिल्लो वर्ष पहिलो स्थान लिएका अभिनेता ड्वेन जानसनलाई पछि पार्दैै १० करोड ८८ लाख अमेरिकी डलर सहित शिर्ष स्थान लिएका हुन्। फोर्ब्सका अनुसार उनले अहिलेसम्मकै अभिनेतामध्ये धेरै कमाई गरेका हुन्। ड्वेन भने अहिले दोस्रो स्थानमा पुगेका छन्।
बलिउड अभिनेता शाहरुख बलिउडका अभिनेतामध्ये पहिलो सूचीमा छन्। उनी फोर्ब्सको सूचीको ८ औं स्थानमा छन्। उनको वर्षको कमाई ६ करोड ८ लाखअमेरिकी डलर रहेको छ। यसैगरि ९ औं स्थानमा परेका अभिनेता सलमान खानको कमाई ५ करोड ९२ लाख अमेरिकी डलर रहेको छ।
सूचीको १० औं स्थानमा परेका अक्षय कुमारको कमाई ५ करोड ६८ लाख अमेरिकी डलर रहेको छ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks