crying

सपनामा रोएको देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

सपना हाम्रो अधिनमा हुँदैन । त्यसैले कहिले हामी सपनामा के देख्छौँ भनेर पनि हामीलाई थाहा नै हुँदैन । ज्योतिष शास्त्रका अनुसार यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर रहेको छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् ।

स्वप्न शास्त्रका अनुसार सपनामा आफू रोईरहेको देख्नुको मतलव तपाईले जीवनमा छिट्टै नै मान र सम्मान पाउन सक्ने संकेत हो । उक्त सपनाले तपाईको परिस्थिति बदलिएर तपाईलाई मान र सम्मान दिलाउँछ । आफू सपनामा रुनुले तपाईको मानसिक अवस्थालाई पनि दर्शाउँछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो सपना देख्दा तपाईले आफ्नो पीडा पोखिएको भनेर पनि बुझ्ने गरिन्छ भने मनोवैज्ञानिकहरुको कुरा मान्ने हो भने आफ्नो वास्तविक जीवनमा जो मानिस रुँदैन उसले सपनामा आफ्ना पीडा पोख्ने गर्दछ । यसका साथै कसैले भने सपनामा आफू रोईरहेको देख्नुलाई आफ्नो आयु वृद्धि हुनु हो भन्ने पनि मान्ने गर्दछन् ।

source: esuchanahub.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks