fishing

सपनामा माछा मारेको देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

आज हामी तपाईहरुलाई यस्ता केही पाँच वटा सपनाको बारेमा बताउन जाँदै छौँ जुन तपाईले अन्य व्यक्तिहरुलाई सुनाऊनु भएमा तपाईको जीवनमा यसबाट हुने प्रभाव कम हुँदै जाने गर्छ।

Nepali typing

१. सपनामा माछा मारेको देख्नु / सानो माछा देख्नु भएमा:

माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ। यदि सपनामा सपनामा माछा मारेको देख्नु, सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाईलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ।

२. हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा:

यदि सपनामा तपाईको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ। यो सपनाको अर्थ तपाईले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ।

३. आफूलाई मृत अवस्थामा देख्नु भएमा:

यदि तपाईले निन्द्राको समयमा आफैलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन्।

४. साँप देख्नु भएमा :

सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ। यदि तपाईलाई साँपले लखेटेको ,घेरेको वा टोकेको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान-सम्मान,धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन्।

५. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा:

तपाईले निन्द्रामा यस्तो सपना देख्नु धेरै शुभ हुने गर्छ। यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाईको जीवनमा नँया-नँया अवसरहरु प्राप्त हुँदै जानेछन र यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाईको जीवनमा ठूलो सफलता मिल्नुको साथै सधैंब खुशीयाली छाउन सक्छ।

Source: nayakuro.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks