Marriage astrology

सपनामा बिबाह गरेको देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

कसैको सपनाको फल तत्काल मिल्छ भन्ने भ्रम पनि पालेका हुन्छन् । यति हुँदा पनि कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषयसवैलाई जानकारी नहुनसक्छ। सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रासबै सपना पूरा हुन्छन् भन्ने पनि छैन। अधिकांशका धेरै सपना अधुरानै रहन्छ । देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ। कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छभन्ने जनविश्वास छ। ज्योतिष शास्त्र अनुसार सपनामा आफ्नै विवाह भएको देख्दा के कस्तो फल मिल्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ।

यदि कोही व्यक्ति सपनामा विवाह वात्यससँग सम्बन्धित अन्य कुनै वस्तु देख्दछ भने त्यसको शुभ र अशुभ दुबै अर्थ हुन्छ । सपनामा आफ्नै विवाह भएको देख्नुभयो अथवा साथ नातेदार कसैको विवाहभएको देख्नु भयो भने यस्तो सपनाको शुभ संकेत मानिदैन । यस्तो सपना देख्दा तपाईँको काममा कुनै बाधा आउन सक्ने संकेत दिन्छ। यदि तपाईँले कोही महिलाको विवाह हुँदै गरेको देख्नु भयो भने यो तपाईँको लागि शुभ संकेत हुने विश्वास गरिन्छ। यस्तो सपना देखे तपाईँको जीवनमा छिट्टै खुशी आउने वाला छ भनेर बुझिन्छ तर बेहुली रुँदै गरेको देख्नुभयो भने त्यसलाई अशुभ मानिन्छ । यदि कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देख्नु भयो भने मान्नुस त्यसको विवाह छिट्टै हुन्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने संकेत बुझिन्छ। सामान्यतया आफूले देखेको सपनाको फल विपनामा ठिक विपरित हुन्छ भन्ने मान्नेता राखिन्छ ।

Source: viralinasia.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks