कुनै नयाँ कुराको सुरुवात हुनु भन्दा पहिला केहि न केहि घट्ना अवश्य घट्ने गर्दछ । हामिमध्य धेरैलाई त्यसको बारेमा थाहानै हुदैन कि कुन घट्नाको कस्तो प्रकारको फल पाईन्छ । खासगरी हाम्रो राम्रो दिन सुरुहुनु भन्दा पहिला केही शुभ घटना घट्ने गर्दछ । यदि तपाईँलाई पनि यि घट्नाहरु घटे जस्तो लाग्छ भने सोच्नु होस् की जीवनमा भाग्यको ढोका खुल्दैछ ।
१) यात्रामा सर्प, कुकुर वा बादर देख्नु : यात्राको समयमा निस्किदा आफ्नो दाहिनेतर्फ सर्प,कुकुर वा बादरलाई देख्दा शुभ संकेत मानिन्छ । यिनलाई देख्यो भने धन प्रप्तिको योगको रुपमा लिइन्छ ।
२) मधुर ध्वनि : बिहानै सबेरै यदि तपाईँले मन्दिरको घण्टी, शंख वा भजनको आवाज भयो भने सोच्नुसकी केही शकुन हुदैँछ ।
३) नव विवाहीत बेहुली : बाटोमा यदि सोह्र श्रृगार गरेको कोहि नव विवाहीत बेहुली देख्नु भयो भने यसलाई पनि शुभ संकेतको रुपमा लिने गरीन्छ ।
४) श्रीफल : जब कुनै दिन तपाईँ विहान उठ्ने बित्तिकै तपाईँलाई श्रीफल (नरिवल)को दर्शन भयो भयो भने सम्झनुसकी तपाईँलाई केही शुभसमाचार मिल्दैछ ।
५) सेतो गाईँ : गौ माता यदि घरको ढोका अगाडी आएर जोर जोरसँग करायो भने सोच्नुसकी घरमा सुखमा वृद्धि हुदैछ । गाईँले खेत या बैगैचामा आएर चर्नु पनि लक्ष्मी प्राप्तिको सुचकको रुपमा हेरीन्छ ।
६) पानी पर्दा सुर्य देखिनु : पानी पर्दै गर्दा खेरी आकासमा चम्कीलो सुर्य देखिनु पनि चाडैनै मालामाल हुनेको निशानीको रुपमा लिइन्छ ।
७) हरियाली : झ्यालबाट सुन्दर प्रकृतिक दृश्यदेखिनु पनि शुभ संकेतको रुपमा लिइन्छ । सँगै नजिकमा जलाशय पनि छ भने त सुनमा सुगन्ध नै भैहाल्यो ।
८) कोइलीको बोली : घरको छत वा कौसिमा यदि कोइली मधुर स्वरमा बोल्छ भने सोच्नुस कि पक्क आर्थिक वृद्धि हुदैछ ।
९) दही वा दुध : बिहान सबेरै उठ्ने बित्तिकै सर्वप्रथम दही वा दुध देख्नु पनि राम्रो भविष्यको इशारा हो ।
१०) गोल्डन सर्प : सपनामा सेतो वा गोल्डन रंगको सर्प देखिनु पनि भाग्य खुल्ने इशारा हो ।
११) कछुवा : कछुवा उज्वल भाग्यको प्रतिकको रुपमा लिइन्छ । कछुवा देखियो भने कुनै न कुनै शुभ समाचार अवश्य शुन्न पाइन्छ ।
१२) छुटिन लागेको तारा : छुट्टीन लागेको वा टुक्रिन लागेको तार देखेको समयमा आफुले चाहेको कुरा मग्दा ३० दिनमा पुरा हुने गर्दछ ।
१३) घरको मुल ढोका अगाडी हात्तिको प्रवेस : जुन घरको मुल ढोका अगाडी हात्ति आफ्नो सुड उचाल्छ त्यहाँ उन्नति तथा मंगलमा वुद्धि हुन्छ ।
१४) अन्जानमा उल्टा लुगा लगाउनु : कहिले कहिले हामि हतारहतारमा उल्टा लुगा लगाइदिने गर्दछौ । यदि दोस्रो पटक पनि यस्तो भयो भने सोच्नुस कि सुख समृद्धि छोटै दैलोमा आउदैछ ।
१५) बाटोमा शुभ चिज भेटाउनु : यदि बाटोमा हिडिरहेको बेला सिक्का, घोडाको नाल वा चर पातवाला घास भेटाउनु भयो भने ति चिजलाई समालेर राख्नु राम्रो मानिन्छ । यि चिजले तपाईको भाग्य चम्काउन सक्छ ।
१६) कुकुर घरमा आइरहनु : कुनै कुकुर यदि तपाईँको घरमा आउने जाने गर्छ भने यो रुपैयाँ पैसा आउने संकेत हो ।
१७) मयुर: घरको सिमानामा मयुर देखा पर्नु वा पखेटा फैलाउनु पनि शुभ अवसर आउदैछ भन्ने कुराको घोषणा गर्नु जस्तै हो ।
१८) मोती : समुद्रको किनारामा मोती भेटाउनु पनि भाग्योदयको संकेत हो ।
१९) हात चिलाउनु : हात चिलाउनु पनि धन प्रप्तिको संकेत हो ।
२०) चमेरो : यदि चमेरो तपाईँको घरमा आफ्नो गुँढ बनाईँ बस्छ भने यसलाई शुभ संकेतको रुपमा लिइन्छ ।
यि शुभ संकेत मध्यमा कुनै पनि संकेत तपाईँले अनुभव गर्नुभएको छ भने तपाईको जीवनमा कुनै नयाँ कुरा हुन गैरहेको छ ।
Source: gatishilkhabar.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks