kids height

सपनामा बच्चा देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

ज्योतिष टिका पौडेलका अनुसार राति निदाउँदा देखिने सपनाका फलहरु निम्न प्रकारका रहेका छन् ।

Nepali typing

-सपनामा बच्चा देख्दा काममा परिपक्वता नहुने देखिन्छ । बच्चा रोएको देखेमा समस्या पर्न सक्छौं ।

– मरेको सपना देख्दा लाभ हुन्छ । मृत व्यक्तिसँग बोल्दा या मुर्दा घरमा पुग्दा इच्छा पूर्ति हुन्छ ।

– हत्या भएको देखेमा कसैबाट धोका हुन सक्छ ।

– सपनामा भूत देखियो भने, विभिन्न समस्याले घेर्नसक्छन् ।

– मलामी देखेमा रोगी व्यक्तिको रोग नास भएर जाने र स्वस्थ्य व्यक्तिमा रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

– शब देखियो भने भाग्य उदय हुने र मरेको व्यक्तिसँग कुरा गर्दा इच्छापूर्ति हुन्छ ।

-शरीरका अंग बारेमा सपना देख्दा यस्ता फल हुन्छ ।

– दाँत झरेको देखेमा विभिन्न झन्झट अथवा भाइ बहिनीमा समस्या आउन सक्छ ।

-नङ काटेको देखेमा रोगबाट छुट्कारा मिल्छ ।

-सपनामा हड्डि देखेमा रोकिएको धन प्राप्त हुन सक्छ ।

-सपनामा अरु कसैको अंग काटिएको देखेमा सन्तान प्राप्तिको योग हुन्छ भने आफ्नै अंग काटिएको देखेमा अशुभ हुन्छ ।

-सपनामा घर बनाएको देखियो भने फाईदा हुन्छ ।

-अग्ला पहाड देखिएमा समस्या आउन सक्छन्

– स्टेशन देखेमा यात्रा हुन सक्छन् ।

-चिहान देखेमा धनलाभ हुने र समाजमा मान प्रतिष्ठा प्राप्त हुन सक्छ ।

-खाली दोकान देखेमा अशुभ र धन हानी हुन सक्छ । भरिएको देखेमा धन प्राप्तिको योग हुन्छ ।
बलेको दियो देखेमा उमेर बढ्छ ।

-धुँवा देखिएमा शत्रुको वृद्धि, रोग लाग्ने तथा विभिन्न किसीमका हानी हुन सक्छ ।
पूजापाठ गरेको देखेमा समस्याका समाधान हुन्छ ।

-आगो देखेमा रोकिएको धन आउन सक्छ । आगो समातेको देखेमा खर्च बढ्ने र अंग जलेको देखेमा हानि हुनसक्छ ।

-हाँसेको देखेमा बाद विवाद बढ्न सक्छ ।

-सपनामा डाक्टर देखेमा रोग बढ्न सक्छ ।

-सपनामा भिकारी देखेमा यात्राको योग हुन सक्छ ।

-साधु सन्त देखेमा राम्रो कामको सुरुवातको संकेत मानिन्छ ।

– तामाका वस्तु देखिएमा या लगाएमा गोपनियता भंग हुन सक्छन्


– फलाम देख्दा दुर्घटना हुन सक्ने सम्भावना हुन्छ । फलामका सामान चलाएर परीश्रम गरेको देखेमा पराक्रम वृद्धि हुन्छ ।

-सपनामा विमान देख्दा भाग्य बढ्न सक्छ ।

-साइकल देखेमा सबै कार्य सिद्धी हुन्छ ।

– जहाज देखियो भने लामो यात्राको योग हुन्छ ।

– स्त्री मैथुन गरेको देखेमा धन प्राप्त हुन्छ ।

-चामल देखेमा शत्रुता समाप्ति हुन्छ ।

-खाट पलंग आदिमा सुतेको देखियो भने गौरव प्राप्ति हुन्छ ।

-चश्मा देखेमा ज्ञान वृद्धि हुन्छ ।

-सपनामा रोटि खाएको देखेमा धन लाभ हुने संकेत मिल्छ ।

– कुकर देखेमा पुरानो साथीसँग मिल्ने संकेत हुन्छ ।

-घोडा देखेमा धनलाभ हुन्छ ।

-झरना आदि देख्यौ भने दुःखको अन्त्य हुने शुभसंकेत हुन्छ ।

-नाँचगान देखेमा अशुभ हुन्छ । अशुभ समाचारहरु आउन सक्छन् ।

– सपनामा भैसी देखेमा समस्यामा फसिन्छ ।

-सपनामा पैसा देखेमा अत्यन्त शुभ मानिने र शौभाग्य वृद्धि हुन्छ ।

-पानी वा समुद्रमा डुबेको देखियो भने राम्रो काम गर्ने योग आइरहेको छ भन्ने हुन्छ ।

ज्योतिष टिका पौडेल

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks