girl

सपनामा नुहाएको देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

Nepali typing

यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।

१. कुवामा नुहाएको देखेमा * सन्यासी बन्नु ।

२. अलि अलि बादल देखे * रोगबाट लाभ ।

३. ऊँट देखेमा * अपार धन प्राप्ति हुनु ।

४. आकाश देखेमा * ऐश्वर्य वृध्दि, सन्तान हुनु ।

५. आगो उठाएको देखेमा * अवैध धन प्राप्ति ।

६. आगो बालेर समातेमा * कष्ट हुनु, व्यर्थ व्यय हुनु ।

७. ओढ्ने कम्बल देखेमा * बदनाम हुनु ।

८. औंठी लगाएको देखेमा * धनलाभ र प्रशन्नता ।

९. कलम देखेमा * महान व्यक्तिसँग भेट हुनु ।

१०. कपाल देखेमा * धनलाभ हुनु ।

११. कपास देखेमा * रोगबाट मुक्त हुनु ।

१२. कपाल काटेको देखेमा * ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।

१३. किला ठोकेको देखेमा * बुढो मान्छेबाट लाभ ।

१४. कोईला देखेमा * व्यर्थमा झगडा हुनु ।

१५. अनार खाएको देखेमा * धन र सन्तानको प्राप्ति ।

१६. कुवाको पानी देखेमा * विविध लाभ र बिजय ।

१७. कैची देखेमा * झगडा र विवाद बढ्नु ।

१८. घर बनाएको देखेमा * प्रसिद्धि प्राप्त गर्नु ।

१९. घाम लागेको देखेमा * पदोन्नति वा लाभ हुनु

२०. घाँसको मैदान देखेमा * धेरै धन एकत्र गर्नु ।

२१. घोडा देखेमा * संकट नाश हुनु ।

२२. घोडा चढेको देखेमा * ठूलो पद पाउनु ।

२३. चश्मा लगाएको देखेमा * विध्दता बढ्नु ।

२४. जंगल देखेमा * दु:ख नाश र बिजय ।

२५. जहाज देखेमा * परिशानी हट्नु र व्यय ।

२६. चाँदि देखेमा वा पाएमा * धन र अहंकार बृध्दि ।

२७. झरना देखेमा * दु:ख दुर हुनु ।

२८. टोपी देखेमा * दु:ख नाश भएर, उन्नति हुनु ।

२९. ठूलो पर्खाल देखेमा * सम्मान बढ्नु ।

३०. डोरी देखेमा * यात्रामा कठिनायी र झन्झट हुनु ।

३१. ढोका देखेमा * ठूलाबडासँग मित्रता हुनु ।

३२. ढोका बन्द देखेमा * परेशानी र चिन्ता हुनु ।

३३. दलदल देखेमा * सन्तान प्राप्ति हुनु ।

३४. दाँत भाँचिएको देखेमा * दु:ख र झन्झट हुनु ।

३५. दाँत माझेको देखेमा * पापको प्रायश्चित हुनु ।

३६. धनुष तानेको देखेमा * लाभप्रद यात्रा हुनु ।

३७. पर्वत चढेको देखेमा * पदोन्नति वा प्रसिध्द हुनु ।

३८. पत्र पढेको देखेमा * शुभ समाचार, परिश्रम ।

३९. प्रकाश देखेमा * उच्चकोटीको साधु बन्ने ।

४०. पानी पिएको देखेमा * राज्यबाट लाभ ।

४१. फलाम देखेमा * कुनै धनवानद्वारा लाभ ।

४२. बजार देखेमा * दरिद्रताको नाश हुनु ।

४३. बलेको दियो देखेमा * आयु बृध्दि हुनु ।

४४. बहर वा गाई देखेमा * मोटो लाभ, दुब्लो दु:ख ।

४५. बादल देखेमा * विरक्ती र परिशानी बढ्नु ।

४६. बिरालो देखेमा * चोरी हुनु, शत्रु बढ्नु ।

४७. भर्याङ देखेमा * सुखसम्पत्ति बढ्नु ।

४८. भूकम्प देखेमा * सन्तानलाई कष्ट र दु:ख ।

४९. मरेको मान्छेसँग कुरा गरेमा * मनोकांक्षा पूरा हुनु ।

५०. मरेको मान्छेले बोलाएमा * विपत्ति आउनु ।

५१. मुर्दा देखेमा * रोगबाट मुक्ति पाउनु ।

५२. रत्न या मणि देखेमा * दु:ख बढ्नु, अपव्यय हुनु ।

५३. रातो फूल देखेमा * पुत्रबाट सुख र भाग्योदय ।

५४. रोटी खाएको देखेमा * पदोन्नति र घन बढ्नु ।

५५. लठ्ठी देखेमा * ठूलो नाम हुनु ।

५६. वर्षा देखेमा * सुख र प्रशन्नता प्राप्त हुनु ।

५७. सुकेको बगैचा देखेमा * विपत्तिमा फस्नु ।

५८. सुख्खा अन्न खाएमा * कष्ट र व्यर्थ परिशानी हुनु ।

५९. सुगन्ध लगाएको देखेमा * विद्वान र पण्डित हुनु ।

६०. सुपारी खाएको देखेमा * रोगबाट मुक्ति पाउनु ।

६१. सुराही देखेमा * आवारासँग संगत हुनु ।

६२. सेतो पूल देखेमा * दु:खबाट छुट्कारा पाउनु ।

६३. सिंहासन देखेमा * धेरै सुख पाउनु ।

६४. हरियो बगैचा देखेमा * पदोन्नति र लाभ हुनु ।

६५. ओच्छयान लगाएको देखेमा * दीर्घायु र सुख वृध्दि ।

source: nepaliheadlines.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks