dream

सपनामा धान देख्नु के अर्थ हुन्छ ? जान्नुहोस्

के सपनका देखे के हुन्छ त ?
जल–पूर्ण घडा, ब्रहण, बल्दो आगो, फूल उत्तम घर, सेतो धान, नटुला सपनामा देखिए धन लाभ हुनेछ । सपनामा गाई, घ्यू, नर देखियो भने पुन्य कार्य हुनेछ । इच्छित कार्य सफल हुने तथा धन लाभ हुनेछ ।कमलको पातमा दही, घ्यू, केहि मिष्ठान्न आदि कुनै नदिको तटमा बसेर खाएको देखेमा उच्च पोष्ट तथ कार्यकारी पद पाइनेछ ।

सपनामा हात्ती, घोडा, गाई, पर्वत, तरवार, देवल तथा रुख चढेको देखियो भने अथवा त्यही बसेर केहि खायो भने, रोएको देख्यो वा धन कसैलाई दिएको देख्यो भने, हातमा विणा लिएको देख्यो भने विपनामा भूमि लाभ हुनेछ । धन उधारो देखे – अत्यधिक धन प्राप्ति हुन्छ ।

त्यस्तै चन्द्रमा देखे – सम्मान मिल्ने, चांदी देखे – धन लाभ हुने, खेतमा पाकेको गहु देखे – धन लाभ, फलफूल खाएको देखे – धन लाभ, चश्मा लागेको देखे – ज्ञानमा वृद्धि हुन्छ । रातो फूल देखे – भाग्य चम्कन सक्ने, सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा पाउने , सेतो सर्पले टोकेको देखे – धन प्राप्ति हुने , नदीको पानी पिएको देखे – सरकारको लाभ हुने , रोटी खाएको देखे -धन लाभ वा राजयोग प्राप्त हुन्छ । भने कपास देखे – निरोगी हुने, कुकुर देखे -पुरानो मित्रसंग मिलन हुन्छ भनेर ज्योतिषशास्त्रमा भनिएको छ ।

Source: sansarnews.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks