निन्द्रामा देखिने सपनालाई ज्योतिषीहरु आगामी जीवनको संकेतको रुपमा अथ्र्याउँछन् । हुन त मान्छेले सपना देख्नुपर्छ । निन्द्रामा देखिने सपनाहरुले मानिसको जीवनमा प्रत्यक्ष असर गर्छ । हरेक रात देखेको सपना मान्छेले स्मरण नगर्न पनि सक्छ । तर सपनामा देखिने कुनै दृष्यले भने मान्छेलाई पटक–पटक झक्झक्याइरहन्छ ।
हामीले सपनामा देखिने केही दृष्य वा त्यसको प्रतिफलको सुची यहाँ राखेका छौं ।
कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु
२. आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु – दुःख पाउने
४. मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु – अन्न महंगो हुनु
६.बाख्रा देख्नु – शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु – विरामी हुने डर
९.पुरी खाएको देख्नु – खुशीको समाचार आउनु
१०. तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु – समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु – धन प्राप्त हुनु
१७. झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु- धन नास हुनु
२४. धुँवा देख्नु – व्यापारमा हानि
२५. भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु – आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु – धन नास हुनु
३४. समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग
३५. गोबर देख्नु – पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु – समस्या बढ्नु
३७. मरेको मानिस देख्नु – रोगबाट मुक्त
३८. गरगहना देख्नु – कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु – व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु – शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु – धन प्राप्त हुनु
४३. कैची देख्नु – घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु
४५. काग देख्नु – कसैको मृत्युको समाचार आउनु
४६. आँखामा गाजल लगाउनु – शारीरिक कष्ट
४७. नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु – भाग्य चम्कनु
५०. घोडा देख्नु – संकट हट्नु
५१. मोती देख्नु – छोरी पाउने योग
५२. गाडेको धन देख्नु – अचानक धन लाभ हुनु
५३. झरना देख्नु – दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु – धन लाभ
५६. सुन्दर स्त्री देख्नु – प्रेममा सफलता
५७. खुकुरी देख्नु – संकटबाट मुक्ति
५८. चन्दन देख्नु – शुभ समाचार आउनु
५९. नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु – स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु – जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु – शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग
Source: janaboli.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks