निन्द्रामा आउने सपनाको बिषयमा के पनि भन्ने गरिन्छ भने सपनाले भबिश्य हुन गईरहेको शुभ अशुभ घटनाको संकेत गर्छ। तर कहिले कहिँ भने सपनाले वर्तमानमा नै चलिरहेको मनोदशाका बारेमा संकेत दिने गर्छ। सपना देख्नु हाम्रो जिन्दगीको एक यस्तो प्रक्रिया हो जसलाई हामी चाहेर पनि आफ्नो वशमा राख्न सक्दैनौ। यसै सन्दर्भमा आज हामी सपनामा आगो र पानी देख्नुको अर्थको बारेमा कुरा गर्न जादै छौं , आउनुहोस
स्वप्नशास्त्रमा बताए अनुसार यदि सपनामा कतै आगो लागेको देखिएमा या धेरै ठाउँमा फैलिएको देखिएमा जागा रहनु नपर्ने बताईएको छ। सपनामा आगो देख्नाले मानसिक तनाव कम हुनका साथै बिदेश यात्रा सुखद रहने संकेत गर्दछ। यदि सपनामा आफै आगोमा परेको देखिएमा शरीरमा पित्तसम्बन्धी समस्या बढ्ने मान्यता रहेको छ।
आगोले घर जलेको देख्नु
सपनामा आफ्नै घर आगोले जलेको देख्नुको अर्थ निकट भविष्यमा घरमा सुख समृद्धि बढ्नु भन्ने हुन्छ। साथै यस्तो सपनाले अविवाहितका लागि छिट्टै नै बिवाह हुने संकेत समेत गर्दछ।
सपनामा बाढी या नदि देख्नु
सपनामा नदि देख्नुलाई शुभ मान्ने गरिन्छ। यसको अर्थ सोचेका हरेक कार्यमा सफलता प्राप्त गर्नु भन्ने हुन्छ। तर सपनामा बाढी देख्नुलाई अशुभ मानिन्छ। यसले निकट भविष्यमा नराम्रो हुदै छ भन्ने संकेत गर्दछ।
सपनामा पानी परेको या समुन्द्र देख्नु
सपनामा पानी परेको देख्नुलाई अत्यन्तै शुभ मान्ने गरिन्छ। यसको मतलब जीवनमा सुख समृद्धिले बास गर्दै छ भन्ने हुन्छ। त्यस्तै सपनामा समुन्द्र देख्नुको मतलब आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लग्नु पर्ने भन्ने हुन्छ । यसको अलावा सपनामा सफा, निर्मल पानी देख्नुको अर्थ जीवनमा नसोचेको ठाउंबाट नसोचेको सफलता हात लागी हुदैछ भन्ने हुन्छ।
Source: bigulnews.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks