richest person

संसारको सबै भन्दा धनी मान्छे को हुन् र के गर्छन् ?

१. जेफ बेजोस (Jeff Bezos – Amazon)

Nepali typing
jeff_bezos
jeff_bezos

अमेजनका संस्थापक जेफ बेजोस १३१ अरब डलरले विश्वको सबैभन्दा धनी व्यक्तिलाई हुनु भएको छ। उनले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई दोस्रो स्थानमा छाड्यो । उनको जन्म जनवरी १२, १९६४ मा अमेरिकामा भएको थियो। उनी एक अमेरिकी प्रविधि उद्यमी, लगानीकर्ता र परोपकारक हुन्। उनले आफ्नो ब्यापार साम्रराज्य १९९४ मा ग्यारेजबाट सुरु गरेका थिए। अमेजन एक बहुराष्ट्रिय प्राविधिक कम्पनि हो जुन विशेष गरि विद्युतीय व्यापार इ-कमर्स, क्लाउड कम्प्युटिंग र कृतिम बौद्दिकताको क्षेत्रमा काम गर्छ। यसको मुख्यालय सियाटल वासिंगटन, अमेरिकामा रहेको छ ।

२. बिल गेट्स (Bill gates – Microsoft)

bill-gates
bill-gates

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स संसारका सबै भन्दा धनी मान्छे मध्ये दोस्रो स्थानमा रहेको छ। उनको सम्पत्ति ९६.५ अरब अमेरिकी डलर रहेको छ। उनले १९७५ मा पल एलनसँग मिलेर स्थापना गर्नु भएको थियो। उनको जन्म २८ अक्टुबर १९५५ मा सीटल, वासिंगटन, अमेरिकामा भएको थियो। २० वर्षको उमेरमा सन् १९७५ मा उनी र पल एलन मिलेर माइक्रोसफ्टको स्थापना गरे जुन विश्वभरकै पिसी सफ्टवेयर (विन्डोज) कम्पनी बन्न सफल रह्यो। माइक्रोसफ्ट विण्डोज, माइक्रोसफ्टले निर्माण गरेको ग्राफिकल यूजर इन्टरफेस अपरेटिङ सिस्टम हो। माइक्रोसफ्ट विण्डोजले विश्वको कम्प्युटर बजारको ९०% सेयरको स्थान ओगट्यो ।

३. वारेन बफेट (Warren Buffett)

Warren-Buffett
Warren-Buffett


वारेन बफेट सबैभन्दा सफल लगानीकर्ता मध्ये एक हुन्। ८२.५ अरब डलरका मालिक बफेट बर्कशायर हथवे (Berkshire Hathaway) चलाउछन्, जसमा ६० भन्दा बढी कम्पनीहरू छन् र ब्याट्री निर्माता डुरसेल समेत पर्छ। उनको जन्म अगस्ट ३०, १९३० मा ओहामा, नेब्रास्का, अमेरिकामा भएको थियो।
बफेटले सन् १९४१ मा पहिलोपटक ३८ डलरमा सेयर खरिद गरेका थिए जुन ३० प्रतिशत सम्म घट्यो र पछि सो सेयर उनले ४० डलरमा बेचे। तर उनले बेचेको उक्त सेयर केहि महिनामा नै २०० डलर सम्म पुग्यो। सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए र सन १९७९ मा वाफेट पहिलोपटक फोब्र्सको अर्वपति सुचीमा नाम अंकित गरे। वारेनले विश्व बिख्यात कम्पनीहरु कोकाकोला, जिलेट, वेल्स फार्गो एन्ड कम्पनी, अमेरिकन एक्प्रेस, प्रोक्टर एन्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठूला कम्पनीमा धेरै लगानी गर्ने गरेका छन्। यी कम्पनीहरुमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks