संसारका केही यस्ता देश, जहाँ नागरिकता पाउन सजिलो छ

संसारका जो कोही मानिसको चाहना हुन्छ कि अाफूलाई मन पर्ने ठाँउमा सजिलै बसोबास गर्न सकियोस् । तर मानिसहरु नागरिकताका समस्याका कारण घुम्ने सपना टुटेर जान्छ । कोही भने त्यसका लागि अरु नै शैलीहरु अपनाउने गर्छन् जस्तो कि त्यहाँ कै मानिससँग बिहे गर्ने ।
यस्तै अाज हामी तपाईलाई केही यस्ता देशको बारेमा जानकारी गराउँछौं जहाँ नागरिकता पाउन सजिलो हुन्छ ।
१. रुस
russia
रुसलाई विश्वको शक्तिशाली राष्ट्रहरुको सुचीमा राखिन्छ । यदि तपाई त्यहाँ बस्न चाहनुहुन्छ भने साना नियम बमोजिम रहन सक्नुहुन्छ । रुसमा बसोबास गर्नका लागि तपाईले रसियन भाषा राम्ररी बोल्न सक्ने हुनुपर्छ । त्यसका साथै तपाईले कर पनि तिर्नु पर्ने हुन्छ ।
२. बेलिज
belij
उत्तरी अमेरिकी देश बेलिजमा नागरिकता प्राप्त गर्न एकदमै सजिलो हुने गरेको पाइएको छ । त्यहाँको नागरिकता लिनका लागि कम्तीमा पाँच वर्ष बसोबास गरेको हुनुपर्छ। यसका साथै तपाईको मासिक अाम्दानी कम्तीमा दुई हजार डलर हुनुपर्छ र त्यहाँको नागरिक सरहको जीवनशैली हुनु जरुरी छ ।
३. डोमिनिकन रिपब्लिक
dominican-republic
यदि तपाई डोमिनिकन रिपब्लिकको नागरिक बन्न चाहनुहुन्छ भने यसका लागि तपाईले त्यहाँ घरजग्गा अर्थात् अन्य कुनै व्यवसायमा करिब दुई लाख डलर लगानी गर्नुपर्ने हुन्छ । साथमा तपाईले अाफ्नो नियमित अाम्दानीको प्रमाण दिनु जरुरी हुन्छ ।
४. इक्वेडर 
ecuador
तपाईसँग एक हजार डलर छ र कुनै अपराधिक गतिविधिमा संलग्न हुनुहुन्न भने इक्वेडरको नागरिकता सजिलै पाउनुहुनेछ । यसका साथै तपाईको मासिक अाम्दानी अाठ सय डलर हुनुपर्छ र इक्वेडरियन बैंकमा २५ हजार डलर अर्थात् सोही रकमको लगानी हुनुपर्छ ।
५. हंगेरी 
hungery
मेसोडोनियामा जस्तै हंगेरीमा पनि नागरिकता प्राप्त गर्न सजिलो छ । यसका लागि पनि तपाईले तीन लाख लगानी गर्नुपर्ने हुन्छ ।
६. मेसेडोनिया 
Mesedonia
मेसेडोनियाको नागरिकता पाउन दुनियाँमा सबैभन्दा सजिलो मानिन्छ । यदि तपाईले त्यहाँ चार लाख यूरो बराबरको रकम लगानी गर्नुभएको छ भने एक वर्षभित्रमा नै मेसेडोनियाको नागरिकता प्राप्त गर्न सक्नुहुन्छ ।
७. पानामा
panama
एउटा मेडिकल परीक्षण पास गरेपछि पाँच वर्ष पानामा बसेपछि तपाईले त्यहाँको नागरिकता लिन सक्नुहुन्छ । यो बाहेक पानामा बसोबास गरेका कोहीसँग बिहे गर्नु भयो भने चाँडै नै पानामाको नागरिक बन्न सक्नुहुन्छ ।