angry couple

श्रीमान श्रीमतीबीच रिसाएको बेला भन्नै नहुने पाँच कुरा के के हुन त ?

कहिले काँही श्रीमान श्रीमतीबीच भएको भगडामा एकले अर्कोलाई भन्न नपर्ने कुराहरु पनि भनिन्छ । जसका कारण एक छिनको झगडाले दुवैजनालाई जीवनभर एक अर्का देखि टाढा रहेर बाच्नु पर्ने अबस्था आउँछ । त्यसैले झण्गा हुँदा यस्ता कुरा निकाल्ने बानी छ भने तयसलाई तुरुन्तै हटाउने बानी गनुृस ।

Nepali typing

१. यो तिम्रो गल्ती हो: झगडा भएको बेला एकले अर्कोलाई आरोप लगाएर सन्तुष्ट हुनु हरेक मान्छेको स्वभाव नै मानिन्छ । झगडा भएको बेला यो तिम्रो गल्ती हो भनेर अर्कोलाई आरोप लगाउँदा झन झगडा बढेर जान्छ । त्यसकारण समस्या कसरी सुल्झाउन सकिन्छ भन्नेतर्फ लाग्नुहोस् । आफ्नो पार्टनरलाई विश्वास गराएर उसको यस्तो व्यवहारले आँफूलाई कति पीडा दियो भनेर महशुस गराउनु होस् ।
२. मलाई छोडपत्र गरिदेउ या नाता तोड्न चाहान्छु :झगडा हुँदाको बेला जब एकअर्का बिच आरोप प्रत्यारोपले सीमा नाघ्न थालेको हुन्छ तब एकले अर्कोलाई यतिधेरै सोच्नै नसक्ने बचनरुपी बाँण प्रयोग थालिन्छ की त्यसले जीवनमै ठूलो असर गर्दछ । गल्तीले पनि तपाईको मुखबाट “मलाई छोडपत्र गरिदेऊ, यात यो नाता तोड्न चाहान्छु” भन्ने जस्ता शब्द आयो भने त्यस्ता शब्दलाई तुरुन्त फिर्ता लिएर माफी माग्नुहोस् । जीवन एक छिनको मात्र होइन भन्ने बुझेर एकले अर्कोको कमी कमजोरीहरू सच्याएर बाँच्ने गर्नुहोस् ।
३ बितिसकेको कुरालाई फेरि नदोहो¥याउनुस्: जब झगडा हुन्छ । एकअर्काले बितेका दिनमा गरेको गल्तीलाई दोहो¥याउने चलन पनि छ, हाम्रो समाजमा । तसर्थ बितिसकेका कुरालाई दोहो¥याएर “तिमीले हिजो पनि यस्तो गल्ती गरेका थियौ” भनेर एकले अर्कोलाई औँला ठड्याउने काम बन्द गर्नुहोस् । बितेका दिनका कुराहरू फेरि निकाल्नु हुन्छ भने त्यस्ता क्रियाकलापले तपाईले त्यतिबेला गरेको आफ्नो गल्तीलाई लुकाएर आँफूलाई बचाउने र चोख्याउने बहाना खोजेको जनाउँछ । यानी की तपाई आफँैले गल्ती गरेर आफ्नो केही गल्ती लुकाउन चाहानुहुन्छ ।

४ तिमी डरपोक हौ :आफूलाई बचाउन गरिएको व्यक्तिगत झगडा जब जीत र हारको स्थितिमा पुग्छ तब आफ्नो पार्टनरलाई अरुसँग तुलना गर्नु, तिमी फलाना जस्तो भनेर नराम्रो व्यक्तिजस्तै सोँच्नु, विभिन्न आरोप लगाउनु र उनलाई तल पार्ने काम कहिल्यै नगर्नु । केही दुगुर्ण भएपनि उसका राम्रा गुणहरू सम्झेर फेरि गल्ती नदोहो¥याउनु भन्दै रिस त्यागेर आफू नरम हुनु नै मानवीय गुण मानिन्छ ।

५ फेरि झगडा नखोज: जब दुवैजनाको झगडा सामान्य हुन थाल्छ । एक व्यक्ति चुप भएर बस्न थाल्छ । तब फेरि त्यहि कुरा निकालेर जर्बजस्ती उसँग फेरि झगडा गर्न खोज्नु गलत हो ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks