ipo

शेयर बजारमा भनिने ‘आइपिओ’ के हो? कसरी फाइदा लिने?

शेयर बजार र लगानीसम्बन्धी विषयमा नेपालमा धेरै जनता बेखबर छन्। बैकिङ र इन्स्यारेन्सका बारेमा सामान्य जानकारी भए पनि शेयर बजार र लगानीसम्बन्धी अधिकांश नेपाली बुझ्दैनन् वा बुझ्न चाहदैनन्। बजार, शेयर, म्चुवल फन्ड, बोन्ड, ऋणपत्र, आइपियो, हकप्रद, बोनस शेयर, डिभिडेन्ड आदी जस्ता नाम त सुन्छौं तर चाहिने जानकारी पनि राख्दैनौं। यहिमध्ये धेरै सुनिने नाम हो आइपिओ र हामी यहाँ आइपिओमा लगानी गर्दा लगानीकर्तालाई के कस्ता फाइदा, सम्भावित जोखिम, जारी गर्नु पर्ने कारण आदिका बारेमा जानकारी यस्ताे छ-

Nepali typing

के हो आइपिओे?

जब कुनै कम्पनीले पहिलो पटक आफ्नो कम्पनीको शेयर जनतालाई पनि लगानीको लागि अवसर दिन्छन् भने त्यसलाई हामी आइपिओे भन्छौ। यसको पूरा रुप अंग्रेजीमा ‘इनिसियल पब्लिक अफरिङ्ग’ हुन्छ भने, नेपालीमा ‘प्रारम्भिक सार्वजनिक निष्काशन’ हुन्छ। पब्लिक लिमिटेड कम्पनीका नाममा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएका कम्पनीले मात्र आइपिओे जारी गर्न पाउँछन्। त्यस बाहेकका कुनै पनि कम्पनीले पाउँदैन। यसरी जारी गरिएको शेयरलाई धितोपत्र बजारमा सूचिकृत गरिन्छ र लगानीकर्ताले चाहेको बखत धितोपत्र बजारमा किन्न वा बेच्न सक्छन्।

आइपिओे जारी गर्नुको कारण
लिमिटेड कम्पनीलाई आफ्नो व्यापार बिस्तार गर्न, भौतिक पूर्वाधार निर्माण गर्न वा अन्य कुनै खर्च धान्नका लागि आइपिओे जारी गर्दछन्। एक पटक आइपिओे जारी गरी सकेपछि कम्पनीलाई फेरि पनि पुँजीको आवश्यक परेको अवस्थामा हकप्रद वा बोनस शेयर जारी गरेर पुँजी उठाउन सक्छन्। आइपिओे जारी गरेका कम्पनीलाई भविष्यमा कम्पनी बेच्न, मर्जर वा एक्विजिसनमा जान सजिलो हुने गर्दछ। आइपिओे जारी गरेका कम्पनीको शेयर सजिलोसँग बेच्न सकिने हुँदा यस्ता कम्पनीप्रति पब्लिकको आकर्षण धेरै हुने गर्दछ र कम्पनीको ब्रान्डिङ पनि हुने गर्दछ।

आइपिओे मूल्य निर्धारणा
नेपालमा आइपिओे प्रायः १०० रुपैयाँप्रति कित्ता मूल्य तय गरिएको हुन्छ र हामी मध्ये धेरैलाई आइपिओेको मूल्य १०० मात्र हुन्छ भन्ने भ्रम धेरै छ। तर, त्यसो हैन। आइपिओेको मूल्य तीन किसिमले निर्धारणा गर्न सकिन्छ।

ती तीन किसिम यस प्रकार रहेका छन्ः

१.डिस्काउन्ट
(छुट) प्रायः आइपिओेको एउटा सममूल्य निर्धारणा गरिएको हुन्छ। जस्तो नेपालमा १०० रुपैयाँ सममूल्य हो। यदि कुनै कम्पनीले १०० रुपैयाँभन्दा कम मूल्यमा आइपिओे जारी गर्दछ भने त्यसलाई डिस्काउन्ट मूल्य भनिन्छ। हाम्रो देशमा डिस्काउन्टमा आइपिओे जारी गर्न पाइदैन।

२.पार (सममूल्य)
नियमन निकायले आइपिओको सममूल्य मूल्य निर्धारण गरेको हुन्छ र लिमिटेड कम्पनीले त्यसलाई नै सममूल्य मान्नुपर्ने हुन्छ। नेपालमा सेबोनले १०० रुपैयाँलाई सममूल्य मानेको छ।

३. प्रिमियम
सममूल्यभन्दा माथि राखेर पनि आइपिओ जारी हुन्छ। जसलाई हामी प्रिमियम मूल्य भन्दछौं। नेपालमा यदि कुनै कम्पनीले प्रिमियम मूल्यमा आइपिओे जारी गर्न ‘सेबोन’सँग माग गरेको खण्डमा प्रिमियम मूल्यको उच्चतम मूल्य कम्पनीको प्रति शेयर निवल मूल्य जसलाई अंग्रेजीमा ‘नेट वर्थ पर शेयर’ भनिन्छ। चिलिमे हाइड्रो पावर कम्पनीले प्रिमियममा आइपिओ जारी गरेको थियो।
नेपालमा आम चलनचल्ती यस्तो छ कि, कुनै कम्पनीको ‘नेट वर्थ पर शेयर’ सममूल्यभन्दा कम हुँदा पनि सेबोनले डिस्काउन्टमा आइपिओे जारी गर्न स्वीकृत दिदैन जसका कारण लगानीकर्ताले बढी मूल्य तिरेर शेयर खरिद गर्न निवेदन दिन बाध्य छन्।

आइपिओेमा लगानी
शेयरमा सुरुवाती अवस्थामा लगानी गर्न सबैलाई अफ्ठ्यारो हुने गर्दछ। धेरैले बजारमा मूल्य तल माथि हुने प्रक्रिया नै बुझेका हुँदैनन् र आइपिओलाई लगानीको पहिलो अवसरका रुपमा लिएर लगानी गर्न सक्छन्। सममूल्यमा निवेदन दिन पाइने भएको हुँदा लगानी जोखिम कम हुने गर्दछ। पछिल्लो अवस्थामा नेपालमा लगानीको अवसर खुम्चिदै गएको हुँदा धेरैको आकर्षण आइपिओतर्फ बढ्दै गएको छ। धेरैजसो लगानीकर्ताले अनुसन्धान नगरी सामान्य जानकारीकै आधारमा आइपिओेलाई लगानीको माध्यम बनाउँछन्।

लगानीकर्तालाई फाइदा
कुनै बेला नविल, हिमालयनमा एक लाख रुपैयाँ आइपिओेमा लगानी गरेका लगानीकर्ताले आजसम्म होल्ड गरेका छन् भने आज त्यसको मूल्य १ करोड २५ लाख पुगेको छ। लामो समय होल्ड गर्नेलाई फाइदा देखिन्छ। १०० रुपैयाँको सममूल्यमा शेयर खरिद गर्न पाउँछन्।

आइपिओे जोखिम
आइपिओे भन्दैमा सबै कम्पनीमा लगानी गर्ने प्रवृति हावी भएको छ तर कुनै अध्ययन नगरी यसरी लगानी गर्दा सममूल्यमा किनेको शेयर पनि डुब्ने सम्भावना धेरै छ। नेपाल विकास बैक, कस्मिक फाइनान्स, नेकोन एयर कम्पनी डुबेको अवस्थामा छन् यी कम्पनीको आइपिओेमा लगानी गर्ने लगानीकर्ताको लगानी सबै डुब्यो। त्यसैले आइपिओे पूर्ण रुपले सुरक्षित छ भनेर हचुवामा लगानी गर्नु हुँदैन। नेपालमा ICRA Nepal ले आइपिओेको ग्रेडिङ अर्थात अंक दिने गर्ने गर्दछ। हामीले कुनै आइपिओेमा लगानी गर्नु अघि ICRA Nepalको ग्रेडिङ हेर्नुपर्छ। ICRA Nepal ५ स्केलको ग्रेड छुट्टाएको छ, ३ अंकसम्म ग्रेड पाउने कम्पनीमा जोखिम कम हुने र ४ र ५ पाउनेमा लगानीकर्ताले आफै विचार गरेर मात्र लगानी गर्न उपयुक्त हुन्छ।

आइपिओे जारी गर्न कम्पनीले धेरै लामो प्रकृया पुर्याउनु पर्ने हुन्छ। त्यसका लागि हामीले ‘सेबोन’को आइपिओे जारी नियमावली हेर्न सक्छौं। बैक वित्तिय संस्था र अन्य क्षेत्रको प्रकृया फरक फरक छ।

अन्त्यमा आइपिओेमा लगानी गर्नु पूर्व कम्पनीको आगामी दिनमा बृद्धि गर्न सक्ने अवस्था कस्तो छ र उद्देश्य के कस्ता छन् विश्लेषण गरेर मात्र लगानी गरौं।

https://nepalkhabar.com

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks