केही वर्ष यता लगातार उकालो लागिरहेको शेयर बजार विगत दुई महिनायता लगातार ओरालो झरिरहेको छ । शेयर बजार यसरी ओरालो लागेसँगै नयाँ आएका धेरै उत्साही लगानीकर्ताहरूको मनोबल गिरेको छ । झण्डै १९०० को अङ्कमा पुगेको शेयर बजार यतिबेला ओर्लेर १५०० अङ्कमा आइपुगेको छ । धेरैले त्यहाँबाट पनि बजार गिर्ने अड्कल गरेका छन् । लगातारको गिर्दो अवस्थाले शेयर बजारमा यतिबेला त्रास फैलिएको छ । लगानीकर्ताहरूको मनोबल उस्किन सकेको छैन ।
खासगरी नेपालमा सन् १९३७ मा नेपाल बैंक र विराटनगर जुट मिलबाट सर्वसाधारणले पहिलो पटक कम्पनीहरूमा शेयर हालेका हुन् । यसबीचको झण्डै आठ दशकको समयावधिमा नेपालको शेयर बजारले एउटा ठूलो फड्को मारिसकेको छ । यतिबेला शेयर कारोबारलाई नै आफ्नो पेशा बनाउने र त्यसैमा रमाउनेहरू अचाक्ली बढेका छन् । पुजीबजार नै अर्थतन्त्रको ऐना मानिने कारणले पँुजीबजारको विकास र फैलावट बढ्दै जानुलाई समग्र विकासको दृष्टिकोणले सकारात्मक रूपले लिन सकिन्छ । अन्तर्राष्ट्रिय स्तरमा जति मात्रामा शेयर बजार व्यवस्थित र एउटा मान्यतामा एवं प्रणालीमा चलेका छन् त्यो रूपमा नेपालको बजार चल्न त सकेको छैन तर पनि यस क्षेत्रमा नेपालमा थुप्रै विकास र प्रयासहरू भएका छन् । शेयर खरिद बिक्रीमा ठूला व्यवसायीको मात्रै होइन सर्वसाधारण मानिसको अपनि आकर्षण बढेको छ । यसले लगानीको वातावरण बनाउन मद्दत गरेको छ ।
धितोपत्र बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैक र नेप्से लगायत संस्थाहरूले यस क्षेत्रको व्यवस्थित विकासको लागि निकै प्रयासहरू गरेको देखिन्छ । अहिले शेयर बजारमा गैर आवासीय नेपाली (एनआरएनए) को समेत लगानी भित्राउने कुरा भइरहेको छ । अनलाइन ट्रेडिङ र शेयर कारोबार गराउने संस्थाहरूको शाखा देशैभर विस्तार गर्ने प्रयासहरू भइरहेको छ । त्यसैगरी शेयर कारोबारलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने र विदेशी लगानी समेत भित्राउने कुरा पनि भइरहेको छ । त्यसकारण शेयर बजारको व्यवस्थित विकासका लागि आवश्यक पूर्वाधारहरूको विकास गर्ने पहल वा सोचहरू नभएका होइनन् । धेरै पहल र प्रयासहरू भएका छन् ।
पूजीबजारको अहिलेका प्रवृत्तिले त धनीलाई झन् धनी र गरीरबलाई झनै गरीब बनाउने भूमिका निर्वाह गर्नेछ । तसर्थ उत्पादनमूलक क्षेत्रमा शेयर कारोबार सघनरूपमा विस्तार हुन जरुरी देखिन्छ । त्यसले मात्र रोजगारी र आर्थिक विकासको चाहना पूरा गर्न सक्दछ । नेपाली शेयर बजारमा बैंकिङ तथा वित्तीय संस्था बाहेकको सहभागिता किन बढ्न सकेको छैन भन्ने कुराको कारण पहिल्याउन जरुरी देखिन्छ ।
यस्तो प्रयास भइरहे पनि पनि नेपालको शेयर बजारमा उत्पादनमूलक संघ–सस्थाको सहभागिता भने ज्यादै नगन्य रहँदै आएको छ । खासगरी नेपालको शेयर बजारमा बैंक–वित्तीय संस्थाहरू, विमा कम्पनीहरू, हाइड्रो पावर कम्पनीहरूकै वर्चश्व देखिन्छ । केही होटलहरू र बहुराष्ट्रिय कम्पनीहरू रहे पनि उत्पादनमूलक कम्पनीहरू धेरै कम रहेका कारण यस क्षेत्रले देशको आर्थिक विकास र उत्पादन बढाउने कुरामा खासै योगदान पु¥याउन सकेको छैन । र, उत्पादनमूलक संघ संस्थाहरूलाई शेयर बजारमा ल्याउने कुरामा सम्बन्धित निकायले पनि आवश्यक पहल गर्न सकेको छैन । पुजीबजारमा उत्पादनमूलक संस्थाहरूलाई सँगसँगै लैजानु पर्ने चुनौती राज्यका सामु छ । त्यसो गर्न सकेमात्रै नेपालले औद्योगिक विकास र सम्भावनालाई पछ्याउन सक्छ । जुन अहिलेको आवश्यकता हो ।
अहिले नेपालको पुजीबजार विचौलिया र चलाख ठूला लगानीकर्ताहरूको पकडमा छ । उनीहरूले इच्छाले बजारलाई उच्चाल्न पनि सक्ने र पर्छान पनि सक्ने अवस्था नेपालमा छ । त्यसै भएको कारण नयाँ लगानीकर्ताहरू यस क्षेत्रमा आउन डराउने गरेका छन् । यस्तो अवस्थाले ठूला व्यावसायिक लगानीकर्ताहरू हच्किने गरेका छन् । अर्को, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका पढेलेखेका ठूला नेताहरूले ‘शेयर बजार भनेको जुवाको खाल हो’ भन्ने अभिव्यक्ति दिएको कुराहरूको हयाङओभर अझै मेटिएको छैन । पुजीबजार जुवाको खाल होइन, हो भन्नु लगानी घुमाउरो पाराले निरुत्साहित गर्नु हो किनभने लगानीकर्ता जुवाडे हुन सक्दैन । पुँजी बजार त समग्र अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण इन्जिन हो । त्यसकारण पुजीबजारको विकास एवं विस्तार र यसलाई व्यवस्थित गराउने कुरा मुलुककै आर्थिक विकासको लागि अपरिहार्य छ । यस क्षेत्रलाई कसरी व्यवस्थित र चलायमान बनाउन सकिन्छ भन्नेबारे राज्यले सोच्ने बेला आएको छ ।
हाल नेप्सेमा उत्पादनमूलक संस्थाहरूमध्ये पनि युनिलिभर, बोटलर्स र हिमालयन डिष्टिलरी जस्ता केहीले मात्र शेयर कारोवार जारी राखेको अवस्था छ । यस्तो अवस्थाले पुँजीबजारमा भयङ्कर निराशा छरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा मात्र अधिकांश सर्वसाधारणले शेयर कारोबार गरिरहेको स्थिति छ । त्यसले के पुष्टि गर्छ भने नेपालमा अझै लगानी सम्बन्धी जोखिम उठाउने परिपाटीको विकास हुन सकिरहेको छैन । वित्तीय संस्थाहरूमा हुने सुरक्षित लगानीले मात्रै समृृद्धिको आधार सृजना गर्न सक्दैन । सामान्य अर्थशास्त्रको नियमअनुसार पनि उत्पादनशील क्षेत्रमा लगानीविना उत्पादन बढाउन सकिँदैन, प्रतिफल त परकै कुरा भयो ।
पूजीबजारको अहिलेका प्रवृत्तिले त धनीलाई झन् धनी र गरीरबलाई झनै गरीब बनाउने भूमिका निर्वाह गर्नेछ । तसर्थ उत्पादनमूलक क्षेत्रमा शेयर कारोबार सघनरूपमा विस्तार हुन जरुरी देखिन्छ । त्यसले मात्र रोजगारी र आर्थिक विकासको चाहना पूरा गर्न सक्दछ । नेपाली शेयर बजारमा बैंकिङ तथा वित्तीय संस्था बाहेकको सहभागिता किन बढ्न सकेको छैन भन्ने कुराको कारण पहिल्याउन जरुरी देखिन्छ । उत्पादनमूलक क्षेत्रका संस्थाहरू किन नेप्सेमा आइरहेका छैनन् र सर्वसाधारण किन त्यस क्षेत्रमा लगानी गर्न विश्वस्त छैनन् भन्ने कुराको अनुसन्धान जरुरी छ । नकारात्मक अवस्था निराकरण गर्दै लागनीको उचित वातावरण बनाउन जरुरी छ ।
नेपाली पुँजीबजारलाई सृजनात्मक लगानी थलोका रूपमा विकसित गर्नु जरुरी छ । सर्वसाधारणमा पुजीबजारप्रति सकारात्मक सन्देश प्रभाव हुनु आवश्यक छ । लगानी विना विश्वव्यापी प्रतिस्पर्धा चुलिएको आजको दुनियाँमा विकास निर्माण कथामा मात्र सिमित हुनपुग्छ । नेपालमा भएका स्देशी उद्योगहरूको उत्पादन र व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान सके र शेयर बजार मार्फत विदेशीहरूको पनि लगानी त्यस्ता उत्पादनमूलक उद्योगहरूमा ल्याउन सके निश्चय नै फलदायी हुनसक्छ । यसरी नेपालको शेयर बजारमा विदेशीहरूको समेत आकर्षण जगाउन सक्नुपर्छ ।
पछिल्लो समय नेपाली व्यावसयिक जगतमा जोखिम उठाउने परिपाटी हराउँदै गएको छ । सुरक्षित लगानीमा नै व्यवसायीहरू रमाउँदै गएका छन् । दीर्घकालीन लगानी गर्ने परिपाटी हराउँदै जादाँ पनि शेयर बजारमा उत्पादनमूलक क्षेत्र पछि परेको हो । त्यसो हुनु भनेको शेयर बजारप्रति नै जनविश्वास छैन भन्ने पनि हो । बैंकिङ क्षेत्रमा हुने लगानीमा अलिकति उतारचढाव आउनासाथ शेयर बिक्री गरी सुरक्षित रहन पाउने अवसरले पनि पँुजीबजार आस्थिर बन्दै गएको स्थिति छ । हरेक विकसित मुलुकहरू पुँजीबजारको दरिलो सहायताबाट समृद्धिको खुट्किलो चढ्दै आएका छन् । नेपालले त्यस्ता देशहरूबाट अनुभव लिन जरुरी छ । केही हदसम्म सरकारले सहज बनाइदिएको छ । शेयरमा लगानी गर्दा १० लाख रुपियाँभन्दा बढी रकममा स्रोत खुलाउनुपर्ने सीमा बढाएर १ करोड रुपियाँ बनाएको छ । यसले पनि शेयर लगानीकर्तामा ठूलै राहत मिलेको देखिन्छ ।
धितोपत्र बोर्ड, राष्ट्र बैक, अर्थमन्त्रालय लगायतका अर्थ क्षेत्रका महत्वपूर्ण संस्थाहरूले जसरी शेयर बजारलाई व्यवस्थित गराउने प्रयास गरेका छन् । त्यसैगरी यस क्षेत्रलाई अझै अनुशासित, मर्यादित र लगानीमैत्री बनाउन जरुरी छ । शेयर बजारमा नयाँ र दीर्घकालीनरूपमा लगानी गर्ने सोच भएकाहरूको लगानी भित्राउन अर्थसम्बद्ध निकायहरूले आवश्यक जनचेतना र तालिमको प्रबन्ध मिलाउन जरुरी छ । आर्थिक विकासलाई टेवा पुग्ने गरी भूमिका निर्वाह गर्ने आर्थिक पत्रपत्रिका, अनलाइन तथा आर्थिक कार्यक्रमहरूलाई अझै प्रभावकारी बनाउन सरकारी सहयोग प्रदान गर्न आवश्यक छ ।
आर्थिक चेतनाविना कुनै पनि मुलुकले आवश्यक विकास र प्रतिस्पर्धा गर्न सक्दैन । त्यसकारण शेयर बजार, उद्यमशीलता विकास, उद्योग–कल–कारखानाको विकास गर्न मद्दत गराउने प्रकारका सञ्चार माध्यमहरूलाई अझै यस क्षेत्रमा काम गर्न प्रोत्साहित गर्न जरुरी छ । त्यसो गर्न सकेमात्रै मुलुकले आर्थिक रूपमा पनि केही फड्को मार्न सक्दछ ।
रिसव गौतम ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks