अहिले सबैभन्दा सजिलो व्यापार भनेको शेयरबजार हो । यसका लागि न कर्मचारी पाल्नुप¥यो न ठाउँ खोज्नुपर्यो, न पैसाको अभाव, न टाट पल्टिने डर । केबल सूचनाको राम्रो सङ्कलन गर्न सकियो भने यो जस्तो राम्रो व्यापार शायदै होला । प्रविधिको कमीले गर्दा हाम्रो शेयरबजार अरू विकसित राष्ट्रको तुलनामा कमजोर छ । विकसित देशमा जस्तो हामी घरमा नै बसेर शेयर खरीद गर्न सक्दैनौं । तर पनि अन्य व्यवसाय गर्नुभन्दा यो व्यवसाय गर्नु अत्यन्त सरल छ । किनभने अरू व्यवसाय गर्दा जस्तो यसमा सबैथोकको व्यवस्था गरिरहनु पर्दैन । केबल जानकारी राम्रोसँग गर्न सकियो भने यसबाट फाइदा पाइने मात्र होइन, अप्रत्यक्ष रूपमा देशविकासमा पनि सहयोग पुगिरहेको हुन्छ, जुन राष्ट्रियताको दृष्टिले पनि राम्रो कुरा हो ।
अर्को पक्ष भनेको यो जोसुकै (सपाङ्ग वा अपाङ्ग)ले गर्न सक्ने कार्य हो । किनभने शेयरमा लगानी गर्नेले जुन कम्पनीको शेयरमा लगानी गर्ने हो, त्यसका संस्थापकहरूबारे जानकारी प्राप्त गर्ने, त्यसको सेवा (उत्पादन)को बजार (आवश्यकता)बारे राम्रो जानकारी लिएर लगानी गर्ने हो भने न घाटामा गइन्छ । न त अन्य कुनै चिन्ता लिइरहनुपर्छ, केवल एकपटक लगानी गरिदियो, वर्षैपिच्छे प्रतिफल लियो बस्यो । एकातिर वार्षिक प्रतिफल पनि पाइने अर्कोतर्फ देश विकासमा पनि सहयोग पुग्ने । हामीले आफ्नो रोजगारी वा व्यवसाय गरेर आफ्नो दैनिकी सञ्चालन गरिसकेपछि हामीसँग केही पैसा बचत भयो भने देशमा खुल्न लागेका वा खुलेका उद्योगधन्दा वा व्यावसायिक कम्पनीमा उक्त रकम लगानी ग¥यौं भने उसले गरेको मुनाफाबाट हामीले पनि आफ्नो लगानीअनुसारको लाभांश पाउँछौं भने हामीजस्ता जनताबाट उठाइएको सानो रकमबाट पनि उद्योगी वा व्यवसायीले नपुग रकम प्राप्त गर्छन् । यसले गर्दा देशमा ठूला उद्योगको विकास गर्न सहयोग पुग्छ । देशमा उद्योगधन्दाको विकास भयो भने देशका लागि आवश्यक सामग्रीको उत्पादन हुने मात्र होइन, उत्पादित सामग्री विदेशमा निर्यात गरेर देशका लागि आवश्यक विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भने देशमा जति उद्योगधन्दाहरूको विकास भयो त्यति नै जनताहरूले रोजगारी पनि पाउँछन् ।
शेयरबजार दिन प्रतिदिन ओरालो लागिरहेको बेलामा (अझ कति जना त आफ्नो पैसा गुमेर चिन्तामा परेको बेलामा) के लेखेको होला भन्नुहोला । तर कुरा सत्य हो । कुनै पनि उद्योगी वा व्यापारीहरूले आफ्नो व्यवसाय शुरू गर्नुभन्दा पहिले सम्बन्धित विषयको ज्ञान नभई र त्यसको बजारबारे जानकारी नलिईकन आफ्नो पूँजी त्यतिकै लगानी गर्दैनन् । अझ धेरैजसोले त आफ्नो सम्पूर्ण जायजेथासमेत बैङ्कमा धितो राखेर व्यवसाय शुरू गरेका हुन्छन् । त्यसरी अरूले आफ्नो शीप, अध्ययन र जायजेथासमेत बन्धकी राखेर शुरू गरेको व्यवसायमा लगानी गर्दा हामीलाई नोक्सानी हुने सम्भावना अत्यन्त कम हुन्छ भने नाफा हुने सम्भावना बढी हुन्छ । यो भनेको प्राथमिक शेयरमा हो । तर, हामीले दोस्रो बजारको शेयरमा लगानी गर्छौं भनेचाहिँ हामी आफैले पनि राम्रो अध्ययन गर्नुपर्छ भने भोलि आउन सक्ने परिस्थितिलाई पनि ध्यान दिनुपर्छ । साथमा धैर्यको पनि आवश्यकता पर्छ भने निर्णय क्षमताको पनि ठूलो महत्त्व हुन्छ । योजना पनि बनाउनुपर्छ किनभने विनायोजना गरिएको कार्य दिगो हुँदैन र यसले प्रतिफल दिने सम्भावना पनि कम हुन्छ । योजनाबद्ध रूपमा गरिएको कार्यमा भविष्यमा उत्पन्न हुनसक्ने जोखीमका लागि पनि वैकल्पिक व्यवस्था गरिएको हुन्छ ।
हामीसँग केही पैसा जगेडा छ भन्दैमा हामीले उक्त पैसा सबैको राम्रो शेयर किन्यौं तर कुनै नियम कानूनका कारण बजारमा अफवाह फैलियो, राजनीतिक अस्थिरता भयो (जुन नेपालमा पटकपटक भइरहन्छ) जसका कारण तत्कालीन रूपमा बजार घट्न गयो भने हामीलाई के त्रास पर्छ भने भोलि अपर्झट कुनै समस्या पर्यो भने आवश्यक रकम कताबाट प्राप्त गर्ने वा आफूले मेहनतसाथ जम्मा गरेको रकम केही पाउने आशामा लगानी गरियो । त्यसैगरी बजार घट्दै गयो भने आफ्नो आवश्यकता परेको समयमा झन् धेरै घट्यो भने आफूले आँटेको काम गर्न सकिँदैन भन्ने डर हुन्छ र अहिले अलिकति मात्रै घटेको बेलामा बेचिहाल्यो भने त धेरै नोक्सान पर्दैन भनेर हतारिनुपर्ने हुन्छ । अथवा बजार बढे पनि अहिले बेच्यो भने अलिकति भए पनि नाफा आएको छ, भोलि आफ्नो आवश्यकताको समयमा बजार के हुने हो भन्ने डर हुन्छ र हामी बेच्न हतारिन्छौं । यस्तो हतारिनुपर्ने तरीकाले शेयर खरीद गरिएको छ भने हामी बेच्न आतुर हुन्छौं र यसरी आत्तिएर बेच्नुपर्यो भने हामी उचित प्रतिफल पाउनुको सट्टा गुमाउनुपर्ने अवस्थामा पुग्छौं । यसले गर्दा ओरालो लागेको बजार छ भने अझ ओरालो लाग्छ भने उकालो लाग्दै गरेको बजारमा पनि विक्री चाप बढ्न गयो भने बजारको गति रोकिन्छ र बजार घट्न थाल्छ । अहिलेको बजारलाई हेर्ने हो भने बजारको आकार दिन प्रतिदिन बढ्दै गएको छ (हाम्रो शेयरबजार २२ अर्बसम्म पुगेको छ) भने दोस्रो बजारको दैनिक कारोबार पनि अर्ब नाघेको देखिएकै हो ।
तर, हाम्रो बजारमा कहिलेकाहीँ अचम्मलाग्दो पाराले घटबढ भएको देखिएको छ । यसको मतलब हो या त बजार कुनै गिरोहको फन्दामा छ वा केही लगानीकर्ता यस्ता छन् जो बजार बढ्दा अझ बढ्छ भनेर विनाअध्ययन हौसिएर किन्छन् र अलिकति पनि घट्यो भने अझ घटिरहन्छ भनेर बेच्न हतारिन्छन्, जसको कारण बजार एकोहोरो हुन्छ । तर, एउटा सत्य कुरा के पनि हो भने कोही तत्काल धनी बन्नलाई कोही त फस्नै पर्छ । किनकि आज भोलि मानिसलाई जसरी भए पनि आफू तत्काल धनी बन्नुपर्ने बानी परेको छ । यसका लागि कोही नफसीकन अर्को बन्न सक्दैन । तर, यति धेरै हतारिनु राम्रो होइन यसले व्यक्तिगत फाइदा त होला तर हामीले नियम कानूनभित्र रहेर काम गर्यौं भने अरूलाई नबिगारीकन पनि आफ्नो लक्ष्यमा पुग्छौं । र, अर्काे कुरा हामीले कम्पनीको राम्रोसँग अध्ययन गरेको छ भने उसले दिने लाभांशबाट पनि नाफा आर्जन गर्न सक्छौं । त्यसैले सबैभन्दा सजिलो पैसा कमाउने व्यापार (व्यापार किन भनेको भने शेयर कारोबार गर्दा पैसा लगानी गरिएको हुन्छ) भनेको शेयर व्यापार हो ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks