काठमाडौं । वीर्यमा रहने शुक्रकीट (स्पर्म) बारे अधिकांशलाई धेरै कुरा थाहा होला। तर, शुक्रकीटबारे केही यस्ता तथ्य छन् जुन सबैलाई जानकारी नहुन सक्छ। हेरौँ शुक्रकीट सम्बन्धी यी ९ तथ्यः
१. एउटा मानिसका शुक्रकीटमध्ये ५० प्रतिशत मात्र सिधा अगाडि तैरन्छन वा अघि बढ्छन्। अर्को शब्दमा भन्नुपर्दा आधा मात्र सक्रिय हुन्छन्। केही शुक्रकीट गोलाकार तैरिन्छन् भने केही वीर्यको प्रवाहबाट अलग हुन्छन्, तर नष्ट नहुन्जेल रोकिँदैनन्।
२. हालै भएका अनुसन्धानका अनुसार सनस्क्रिन क्रिम र शृंगार प्रसाधन सामाग्रीले शुक्रकीटमा नकारात्मक असर पर्छ। तर, यो निष्कर्षमा सबै वैज्ञानिक सहमत छैनन्।
३. एक जना डच माइक्रोस्कोप निर्माताले सन् १६७७ मा पहिलो पटक शुक्रकीट पत्ता लगाएका थिए। तर, उनले के खोजी गर्दा शुक्रकीट पत्ता लगाएका थिए, कुनै जानकारी नभए पनि उनले गरेको खोजीले भने विश्वलाई चकित पारेको थियो।
४. वीर्यको जाँच गर्ने औसत नमूनामा ३० लाख शुक्रकीट हुन्छन्। यो एउटा चिया चम्चाको दुई तिहाइ मात्र हो।
५. सामान्यतया पुरुषको शरीरमा एक सेकेन्डमा १ हजार ५ सय शुक्रकीट बनिरहेका हुन्छन्।
६. एउटा पुरुषको जीवनभर बन्ने शुक्रकीट पंक्तिबद्ध गरे ६ माइल लामो पंक्ति बन्न सक्छ।
७. गर्मी भए शुक्रकीटको सक्रियता घट्छ। शरीरको बाँकी भागको तुलनामा शुक्रकीटको भण्डार ७ डिग्री फरेनहाइट कम तापक्रममा हुन्छ। त्यसैले ल्यापटपलाई काखमा राखेर नचलाउनुहोस्।
८. वीर्य स्खलन हुँदा ९० प्रतिशत शुक्रकीट विकृत हुन्छन्।
९. लाखौं शुक्रकीटमध्ये कुनै एउटाले मात्र महिलाको अण्ड निशेचन गर्छ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks