डा. राजेन्द्र भद्रा
म विवाहित पुरुष हुँ । मेरो विवाह भएको १२ वर्ष भयो । यौन सम्पर्क गर्दा शुक्रकीट छिटो झर्छ, श्रीमतीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ । लामो समयसम्म यौनसम्पर्क गर्न वा श्रीमतीलाई सन्तुष्ट राख्न के गर्नुपर्ला ?
शीघ्र वीर्य स्खलनको कारण
आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मानिन्छ । घर्षण नै गर्न नपाई वा योनिमा प्रवेश गराउनासाथ वा प्रवेश गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी देखिने समस्या हो । कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन् । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ ।
कतिपय व्यक्तिमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एउटा गम्भीर चिन्ताको कारण हुन सक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट राख्न सक्दिन कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग यस्तो समस्याको कारण त होईन भनेर केलाउन समेत बिर्सनु हुँदैन ।
समस्या समाधानका लागि के गर्न सकिएला ?
आक्कलझुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैले गर्न सकिने केही उपाय छन् ।
१. यौनसम्पर्क रोक्ने–सुरु गर्ने : यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने ।
२. आसन परिवर्तन : लोग्ने मान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौन सम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।
३. अँठ्याउने : यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिवाट वाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा उत्तेजना केही कम भए पछि पुन: क्रीडा सुरु गर्ने ।
४. कन्डमको प्रयोग : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मदत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।
५. मांशपेशीको प्रयोग : पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा फाइदा मिल्छ ।
६. औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । द्यभलशयअबष्लभ तथा ीष्मयअबष्लभ जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा प्रयोग गर्दा शीघ्रस्खलन कम गर्न मद्दत मिल्छ ।
७. नियन्त्रणको अभ्यास : दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भए पछि रोक्ने र उत्तेजना केही कम भए पछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होला जस्तो भए रोक्ने र यो प्रक्रिया दोहोर्याउने ।
वीर्य स्खलन राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित क्रियाकलापमा संलग्न हुने, तर यौन सम्पर्क अर्थात् लिङ्ग योनिमा प्रवेश गराउने कार्य भने नगर्ने । वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भए पछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने ।
समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुनसक्छ । यो उपाय दीर्घकालीन समाधानका लागि लाभदायक मानिन्छ ।
source: https://badimalikakhabar.com/2019/04/30/55821/
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks