भनिन्छ आफू जन्मेको गाउँ प्राणभन्दा पनि प्यारो हुन्छ तर यो भनाइलाई गलत साबित गरिदिएका छन् बागलुङ जिल्ला ग न पा ८ सिस्नेरि र ज्यामिरे वासी अधिकांशले गाउँ माया मार्दै बसाइँ सर्न थालेका छन् । गाउँ पुग्ने जो कोहीले पनि भत्किएको घर र खिया लागेकोे साँचो झुन्ड्याएको पुरानो घरभन्दा फरक दृश्य देख्न
पाउँदैनन् ।सुविधा र रोजगारीका लागि बसाइँ सर्ने क्रम बढे पछि गलकोटका बस्ती खाली हुन थालेका छन् । पछिल्ला दिनमा
गाउँमा सडक, बत्ती र अन्य सुविधा थपिए पनि शहर झर्ने क्रम नरोकिएकाले गल्कोल नगर पालिका ८ का गाउँ सुनसान भएको छ ।
नगर पालिकाको महत्त्वपूर्ण रूपमा रहेको काडेबासका करिब १२० धरधुरि रोजगारी र सुविधाको खोजीमा तराई बसाइँ सरेका छन् ।
शिक्षा, रोजगारी र सुविधाको खोजीमा पछिल्ला दिनमा गाउँबाट बसाइँ सर्ने क्रम बढेको स्थानीयबासी बताउँछन् । ‘जीवनस्तर बढेसँगै
विलासिता खोज्ने तथा गुणस्तरीय शिक्षाका लागि शहर जाने क्रम बढेको छ, स्थानीय रामु चालिसे ले भन्नू भयो । गल्कोट नगर पालिका वडा नं. ८ ज्यामिरे सिस्नेरि चाफिसेटोलाको उपल्ला दाङसिङ थालेपोखरा का अधिकांश घर अहिले खाली छन् ।
केही घरमा स्थानीय दलित परिवारहरूले घर कुर्ने काम गर्दै आएका छन् । २०/२२ घर त भत्किनै लागेका छन् । सिस्नेरि ,उपल्ला दाङसिङ लगायतका गाउँ रितै छन ज्यामिरे देउखर्कमा पनि ६/७ घर मात्रै छन।
वैदेशिक रोजगारीमा जापान अमेरिका अष्ट्रेलिया तथा
यूरोप–रोजगारीबाट फर्केका गाउँ छाडेर पोखरा तथा चितवन
लगायत ठाउँ जाने क्रम बढेको स्थानीय समाजसेवी अर्जुनदत्त कडेल बताउनु भयो ।
वार्षिक रूपमा १२देखि१५ परिवारसम्म बसाइँ सराइमा जाने गरेको उनले जानकारी दिए । ‘बढी कमाइ हुने तथा विदेश गएर पैसा कमाएको परिवार गाउँमा बस्नै मान्दैनन्,’ कडेल ले भने, ‘अब त गाउँ नै खाली भइसक्यो, । गाउँका अधिकांश । कोदो, मकै, आलु र धान उत्पादन हुने खेतबारी बाँझै ‘गाउँमा सुविधाको कमी भएपछि आयस्तर बढी भएकाहरू गाउँ छाड्दै हिँड्दै गर्न थालेका ग न पा ८ का वडा सचिब अान्नद प्रसाद सर्मा वताउनु भयको छ
http://www.janahitkhabar.com
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks