वैदेशिक रोजगार बचतपत्रका तीन फाइदाहरु

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो वैदेशिक रोजगार बचतपत्र । यद्यपि, हालसम्म तुलनात्मक रूपमा सबैभन्दा अप्रभावकारी भएको उपकरण वैदेशिक रोजगार बचतपत्र नै हो ।

Nepali typing

बचतपत्र किन्दाका फाइदाहरु
सरकारले यस्तो बचतपत्र किन्नेलाई ९ प्रतिशत ब्याज प्रदान गर्दछ । बाणिज्य बैंकमा भन्दा यो ७ प्रतिशतले बढि हो । बचतपत्रमा सरकारले एक वर्षमा दिने ब्याज बाणिज्य बैंकमा राखेर अपेक्षा गर्ने हो भने ४ वर्ष पर्खिनुपर्छ । अहिलेको अवस्थामा यो धेरै राम्रो ब्याज मान्न सकिन्छ । अर्धवार्षिकरुपमा ब्याज पाइन्छ भने कुनै बेला आफुलाई चाहिएको बेला धितो बन्धक राखेर कुनै पनि वित्तीय संस्थावाट रकम झिक्न पनि सकिन्छ । अर्को कुरा यो भनेको राष्ट्रको योजना पनि हो । राष्ट्रले मागेको बचतपत्रमा पैसा जम्मा गर्दा सुरक्षित पनि हुन्छ । बैदेशिक रोजगारमा रहने नेपालीहरुका लागि भने यो एकदमै राम्रो अवसर मानिन्छ । यो बचतपत्र सरकारको नाममा जम्मा हुन्छ र यो पैसा देश विकासमा प्रयोग गरिन्छ । एक जिम्मेवार नेपाली भएकाले देश विकासमा पनि टेवा पुर्याउन पाइने र आफुले कमाएको पैसा बचत पनि हुने भएकाले यसका फाइदाहरु निकै छन् तर पनि यसप्रति आकर्षण प्रभावकारी पाइएको छैन ।

Votemodel.com

किन बिक्दैन बचतपत्र ?
प्रवासमा रहेका धेरैजसो नेपालीलाई बचतपत्रबारे थाहै छैन । बचतपत्र कहिले जारी हुने, फाराम कहाँ पाउने, रकम कुन ठाउँबाट पठाउने, विनिमय दर कति हुने, बचतपत्रको लागि कति व्याजदर दिने लगायतका विषयमा राष्ट्र बैंकले आफ्नो साइटमा राख्ने गरेको भएपनि त्यसको प्रभाव खासै देखिएको छैन । प्रवासमा बस्ने नेपालीहरु बचतपत्रबारे थाहै नभएको बताउँछन् । बचतपत्रबारे गैरआवासीय नेपालीको सचेतना र पहुँचको अभाव मुख्य समस्या देखिएको छ । सबैभन्दा पहिले ऋणपत्रबारे थाहा नै नपाउने र थाहा पाए पनि धेरैले नबुझ्ने हुँदा उनीहरूको विश्वास प्राप्त हुन नसकेको विज्ञहरू बताउँछन् । ऋणपत्र बिक्री गर्ने एजेन्टसम्म कामदार र गैरआवासीय नेपालीले पहुँच नपाउनु अर्को समस्या भएको जानकारहरुको भनाई छ ।

बचतपत्र बेच्नका लागि अहिले नीजि रेमिट्यान्स कम्पनी र बैंकहरुले एजेण्ट लिएका छन् । उनीहरु बैदेशिक रोजगारमा रहेका नेपालीहरुको दैलोमा पुगिरहेका छन् । उनीहरु विक्रि एजेण्ट भएकाले यसको प्रचारप्रसारमा अझ वढि क्रियाशिलता देखाउँछन् भन्ने सरकारी विश्वास छ । तर पनि परिणामले यसको गतिलो प्रभाव देखाएको छैन ।

bankingkhabar

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks