विश्व प्रसिद्ध अमर प्रेम कहानीहरु

‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस आज प्रेमिल जोडीहरु एक अर्कामा माया साटेर मनाउँदैछन् । यो पश्चिमा संस्कृतिबाट विकास भएको संस्कृति भएपनि नेपालका युवा वर्गमा माझ मौलाउँदै गएको छ ।

यो दिवसको औपचारिक सुरुआत सन् २६९ मा रोमनबाट शुरु भएको हो । प्रणय दिवसलाई खुशी साट्ने दिन भनिएपछि प्रणय दिवस मनाउने चलन दुखान्त प्रेम कथासँग जोडिएको छ ।

भ्यालेन्टाइन रोमका एक शैनिक थिए । उनलाई प्रेम गर्न पाउँनु पर्छ भनकै आधारमा रोमन शासकले मृत्युदण्ड दिएको थियो । रोम शासकले शैनिकहरु माया प्रेममा गाँसिदा गोप्य कुरा दुश्मनले थाहा पाउने भयले त्यस्तो रोक लगाएका थिए ।

यसै सन्दर्भमा दुनियाँका केही अमर प्रेमकहानीहरु संक्षिप्तमा उल्लेख गरिएको छ ।

१. रोमियो र जुलियट
विलियम सेक्सपियरको एक दुखान्त नाटक हो यो । दुई प्रेमि र प्रेमिका बीचको एक अजम्बरी कहानीको रुपमा आजपनि यसलाई लिइन्छ ।
रोमियो र जुलियटको कथा एक काल्पनिक कथा भएपछि यसलाई तत्कालिन समाजको प्रतिबिम्बको रुपमा लिइन्छ । सेक्सपियरले यो नाटकलाई सन् १५९१ मा लेखेका थिए ।

रोमियो र जुलियट दुई फरक राजघरानाका राजकुमार र राजकुमारी हुन्छन् । ति राज घराना बीच शत्रुतापूर्ण सम्बन्ध हुन्छ । केप्युलेटकी छोरी हुन्छे जुलियट । मोन्तेग्युका छोरा हुन्छन् रोमियो ।

रोमियोले साथीको विहे भोजमा जादाँ राजकुमारी जुलियटलाई देख्छ । असाध्यै मन पराउँछ उसले । दुबै जनाको माया बस्छ । दुश्मनीपूर्ण सम्बन्ध रहेको दुईपरिवारको बीचमा उक्त सम्बन्ध स्विकार हुँदैन । पादरीले उनीहरुलाई सहयोग गर्छन् ।

जुलियटलाई ४८ घन्टासम्म मृत जस्तै हुने औषधि पादरीले खान दिन्छन् । विवाहको अघिल्लो रात जुलियटले खान्छिन् । विवाहमा दुलही लिन आएका नयाँ दुलही रित्तै फर्किन्छन् ।

यता रोमियो कहाँ जुलियटको मृत्युको खबर आइपुग्छ । प्रेममा विछिप्त भएको रोमियोले जुलियटलाई गाडेको चिहान गई आत्महत्या गर्छ ।

जुलियट ब्यूँझदा पादरी र केही सेविकाहरु उनको अगाडि देखा पर्छ । तर पूर्व योजना मुताविक रोमियो देखिदैन । जुलियटले पादरीलाई रोमियोको बारेमा सोध्दा योजनाको खबर समयमै नपुगेका कारण रोमियोले आत्महत्या गरेको बताउँछ । प्रेममा पागल भएकी जुलियटले पुनः आत्महत्या गर्छिन् ।

दुई दुश्मनीपूर्ण परिवारको मेलमिलाप भई नाटक सकिन्छ ।
२. लैला र मजनु

अरब मूलुकको प्रेमी जोडि थिए लैला र मजनु । सदियौं देखि प्रेमिल जोडिहरुको आदर्शको प्रतिकका रुपमा लिइन्छ । अरबपति शाह अमारीकी छोरी थिइन् लैला । उनी एकदमै राम्री थिइनन् । उनलाई मन पराउँने धेरै आए । तर परिवारको परिवारको चाहाना उनको पढाई राम्रो होस् भन्ने थियो । तर प्रेममा परिसकेकी लैलाले त्यो कुरा सनिन् । उनी कसैको प्रेममा परिसकेकी थिइनन् ।

मजनुसँग उनको प्रेम धेरै नै गहिरो भइसकेको थियो । दुबै जना प्रेमका अनन्त गहिराईमा डुबेका थिए । अन्ततः लैलालाई उसको घरमै नजर बन्द गरियो । उनको यादमा मजनु पागल जसरी भौतारिन थाले ।

लैला र मजनुलाई अलग गर्न लाख लाख कोशिस गरेपनि सफल हुन सकेनन् । लैलालाई बख्त नामक एक व्यक्तिसँग उनको परिवार विवाह समेत गरिदियो । तर लैलाले आफू केवल मजनुको भएको बताइन् । मजनु भन्दा अरुकसैले छुन समेत नसक्ने बताइन् । पागल जस्तै भई लैला जंगल जंगल मजनु मजनु भन्दै कराउन थालिन् ।

धेरै समयपछि उनीहरु दुई जनाको मिलन भयो । तर लैलाकी आमाले उनीहरुलाई अलग गरेर लैलालाई घर लिएर गए । तर पनि उनीहरुको प्रेम टुटेन ।

अन्ततः मजनु लैलाको प्रेम वियोगमा तड्पी तड्पी म¥यो । मृत्युको खबर सुन्ने वित्तिकै लैलाले पनि संसार छाडेर मजनुसँगै गइन् ।

उनीहरु दुबैजनालाई एउटै चिहानमा गाडिदिए । लैला मजनुको चिहान केही वषए अघिसम्म समेत सुरक्षित थियो । तर समयवित्दै जाँदा उनीहरुको चिहान नष्ट भएर गयो ।

३. मुनामदन
मुनामदन महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक कारुणिक काव्य हो । जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्छ।

मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउँछन् र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पिडा हुन्छ। त्यही पिडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ।

उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छ। उसले मदनको खुबै स्याहार गर्छ र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ। अन्तमा अनि आफु पनि मर्छ ।