सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ रक्त समूहमा मानिसको रगत वर्गीकरण गरिएको हुन्छ ।
तर विश्वमा अर्को रक्त समूह पनि छ, जसको बारेमा निकै कमलाई मात्र जानकारी हुन सक्छ । ५६ वर्ष यता गरिएको अध्ययनमा उक्त रक्त समूहका मानिस विश्वमै जम्मा ४३ जनामात्र फेला परेका छन् ।
RH–null नाम गरेको सो ब्लड ग्रुपलाई ‘गोल्डेन’ पनि भनिन्छ । यो ब्लड ग्रुपका मानिसले जुनसूकै ब्लड ग्रुप भएका मानिसलाई रक्तदान गर्न सक्छन् । अर्थात्, यो ब्लड ग्रुप जुनसूकै मानिसका लागि उपयोगी हुन्छ तर यो ग्रुपका मानिसलाई भने अन्य ब्लड ग्रुप काम लाग्दैन ।
त्यसैले पनि यो रक्त समूहका मानिसले जीवनमा निकै सावधानी अपनाउनु पर्छ । (एजेन्सी)
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks