wall clock

वास्तुशास्त्र अनुसार घरमा घडी कता राख्ने ?

– चिरञ्जीवी भारद्वाज ज्योतिषी एवं वास्तुशास्त्री
धेरैजसो घर र कार्यालयका कोठाका भित्तामा घडी झुन्ड्याइएको देखिन्छ । खासमा समय हेर्नका लागि राखिने भए पनि कोठाको शोभाका रूपमा पनि घडीलाई लिने गरिन्छ । वास्तुशास्त्रले भने कोठाका भित्तामा झुन्ड्याइने घडीबारे रोचक व्याख्या गरेको छ :
स्वागतकक्षमा राखिएको घडीले पहिलो नजरमै घरको शोभालाई संकेत गर्छ । सुत्ने, अध्ययन गर्ने, बैठक कोठालगायत घरका सबैजसो कोठामा घडी राख्नु कुनै अनौठो कुरा होइन । त्यसले शोभा बढाएको हुन्छ । तर, जुनसुकै कोठामा घडी राख्दा पनि पूर्व दिशामा मात्रै राख्नुपर्ने वास्तुशास्त्रले बताउँछ । कोठाको पूर्व दिशामा घडी राख्दा घरका व्यक्तिमा कर्तव्यपरायणता र प्रगतिशील भाव उत्पन्न हुन्छ ।
दक्षिण दिशामा घडी राखिएको घरमा बस्ने व्यक्तिमा नकारात्मक भावना पैदा हुने तथा रोग लाग्ने खतरा हुन्छ । पश्चिम दिशामा घडी राख्दा आर्थिक समस्या र चिन्ता बढ्ने हुन्छ । कोठाको बायव्यकोण (कुना)मा घडी राखियो भने घरका मान्छेमा मानसिक विचलन र आर्थिक समस्या निम्तिन सक्छ । दक्षिण–पश्चिमको मध्यभागमा घडी राख्दा सधैँ चिन्ता व्यहोर्नुपर्ने, घरमा चोरी हुने, बच्चाहरूले सामान बिगार्नेजस्ता नराम्रा घटना हुन सक्छन् ।
ब्याट्री सकिएर या बिग्रिएर सुई नचल्ने भएको घडी पनि भित्तामा झुन्ड्याइराख्ने कतिपयले गर्छन् । निश्चित समयभन्दा छिटो या ढिलो गराएर पनि घडी राख्ने चलन कतिपयमा छ । तर, वास्तुअनुसार यो गलत काम हो । यसो गर्दा वास्तुदोष लाग्छ । निश्चित समयभन्दा ढिलो–चाँडो बनाएर घडी राखिएको घरका सदस्यमा महत्त्वपूर्ण निर्णय लिनसक्ने मानसिक क्षमता ह्रास हुन्छ । घरमा ठीक समय दिने घडी राखिएको छ भने घरका मान्छेले मानसिक रूपमा कुनै महत्त्वपूर्ण निर्णय लिने क्षमतामा ह्रास आउँछ । कार्यालय प्रमुखको कार्यकक्षमा घडी जहिले पनि पूर्व दिशा फर्काएर र ठीक समय मिलाएर राख्नुपर्छ । त्यसैले पूर्व दिशा फर्काएर तथा समय ठीक मिलाएर मात्रै घडी राख्नुहोला ।
-नयाँ पत्रिका दैनिकबाट
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks