Warren-Buffett

वारेन बफेटको प्रारम्भिक जीवन, क्यारियर शुरूआत र सफलताको कहानी

वारेन बफेट विश्वका धनी व्यक्तिहरु मध्ये एक हुन्। अमेरिकी अरबपती, लगानीकर्ता तथा लोक परोपकारी वारेन बफेट १९७० देखि बर्कशायर हथवे होल्डि कम्पनीको अध्यक्ष र सबैभन्दा ठूलो सेयरहोल्डर हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ। उनले अमेरिकाको अमेरिकन एक्प्रेस, कोकाकोला, जिलेट, वेल्स फार्गो एण्ड कम्पनी, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरुमा धेरै लगानी गरे। उनको दुई मुलमन्त्र छ, पहिलो शेयर होल्डरको धन कुनै हालतमा नोक्सान नगर्नु र दोस्रो कहिले पनि पहिलो नियम नबिर्सिनु।

Nepali typing

वारेन बफेटको प्रारम्भिक जीवन र क्यारियर शुरूआत
वारेन बफेटको जन्म १९३० मा अमेरिकाको ओमाहा शहरमा भएको थियो। उनको पूरा नाम वारेन एडवर्ड बफेट हो। उनका बुबा एडवर्ड बफेट र उनकी आमा लीला थिइन्। वारेन बफेटले बाल्यावस्थादेखि नै व्यवसायमा गहिरो चासो राख्थे र आफूलाई चाहिने पाकेट खर्च निकालनको लागि पत्रिका पनि बेचे। वारेनको प्रारम्भिक शिक्षा ओमाहाको रोज हिल इलिमेन्टरी स्कूलबाट शुरू भयो र नेब्रास्का विश्वविद्यालयबाट विज्ञान स्नातक पूरा गरे। बफेटले हार्वर्ड बिजनेस स्कूलमा अध्ययनको लागि आवेदन दिए तर उनि अस्वीकार भए, त्यसपछि उनले कोलम्बिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरे।

वारेन बफेट ११ बर्षको उमेरमा सन् १९४१ मा सिटी सर्विसेजको पहिलो सेयर ३८ डलरमा किने जुन ३० प्रतिशत सम्म घट्यो र पछि ४० मा बेचेका थिए। तर, उनले बेचेको उक्त सेयर केहि महिनामा नै २०० डलर सम्म पुग्यो। पहिलो लगानीले वारेन बफेलाई लगानी गर्दा धैर्य हुनु कत्तिको महत्त्वेपूर्ण छ भन्ने कुराको राम्रो पाठ सिकायो। सन १९६२ मा ३२ वर्षको उमेरमा नै बाफेट अमेरिकाको करोडपति सूचीमा समावेस भईसकेका थिए र उक्त समयमा बाफेटको कम्पनी बाफेट पार्टनरसिप लिमिटेडको पूँजी ७ करोड १७ लाख अमेरिकी डलर पुगिसकेको थियो। त्यसपछि उनको जीवनमा बर्कशायर ह्याथवेले प्रवेश पायो र सन १९६५ मा उक्त कम्पनीको सेयर खरीद गरेर सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिए। अमेरिकाको ओमाहा सहरमा प्रधान कार्यालय रहेको बर्कशायर ह्याथ्वे कम्पनीको मालिक बन्दा उनको उमेर जम्मा ३५ वर्ष थियो। यो कम्पनीको सेयर विश्वकै महंगो मुल्य रहेको छ। सन १९७९ मा वाफेट पहिलोपटक फोर्ब्सको अर्वपति सुचीमा नाम अंकित गरे। त्यसपछि उनले १९८८ मा, कोकाकोला कम्पनीको सेयर खरिद गर्न सुरु गरे। कोकाकोला कम्पनीको ७% सेयर $१.०२ अर्बमा खरिद गरे।

उनी संसारकै ठूलो विमान कम्पनीका मालिक हुन् तर उनले जीवनमा कहिले निजी विमानबाट यात्रा गरेनन्, कहिले कुनै किसिमको निजी कप्युटर र ल्यापटपको प्रयोग गरेनन्। उनि एकदम सादा जीवन मन पराउछ्न। उनि न त बिलाशी बाङ्ग्लामा बस्न रुचाउछन् न त महँगो गाडी नै चदछन्। उनि धेरै अध्ययन गर्छन्।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks