shoe shop

वर्षौंदेखि बन्द जुत्ताको पसल खुल्यो, मालिकको भाग्य पनि खुल्यो

एजेन्सी। अमेरिकाको एक परिवारको भाग्य एउटा वर्षौंदेखि बन्द रहेको जुत्ता पसलले खोलिदिएको छ । आफ्नी जिजुहजुरआमाले छोडेर गएको यो पसललाई यो परिवारले काम नलाग्ने सम्झेर कैयौं वर्षसम्म खोलेका थिएनन् । तर, जब यो पसल खुल्यो त्यो परिवारको भाग्य पनि सँगसँगै खुलेको छ ।

यो पसल सन् १९४० देखि १९६० सम्म संचालनमा थियो । त्यसपछि पसलमालिक अर्थात अहिलेको परिवारकी जिजुहजुरआमा बिरामी भइन् । उनले पसल चलाउन नसक्ने भएपछि पसल बन्द गरियो । अहिलेको परिवारले पछि थाहा पाए जिजुहजुरआमाले यो पसल उनीहरुको नाममा लिखत गरेर छोडिदिएकी रहिछन् । तर, यो परिवारलाई पसल त्यति उपयोगी लागेन र उनीहरुले यसलाई खोल्न चासो देखाएनन् ।

अहिले आएर यो परिवारले पसल खोल्ने बारेमा सोचे । त्यसपछि उनीहरुले वर्षौंदेखि बन्द रहेको पसल खोले । खोलेर हेर्दा पसलभित्र थुप्रै धुलो जमेको थियो । धुलोले ढाकिएको अवस्थामा जुत्ताका बाकसहरु थिए । ती बाकसमा भएका जुत्ताहरु बिग्रिएका थिएनन् । आश्चर्यको कुरा ती जुत्ताहरु यतिसम्म प्राचीन र ऐतिहासिक थिए कि तिनीहरुको मूल्य अहिलेको बजारमा करोडौं थियो । अहिले सामाजिक संजालमा यो पसलका फोटोहरु भाइरल भइरहेका छन् ।

Stock market ideas in Nepali language