बिरयस सापकोटा
आइटी इन्जिनियर
जेडटिई नेपाल प्रालि
सूचना प्रविधिको बढ्दो प्रयोगसँगै विशेष गरी सहरी क्षेत्रमा ल्यापटप हरेकको आवश्यकता बन्न थालेको छ । आफ्नो आवश्यकताअनुसार एक स्थानबाट अर्को स्थानमा लान सकिने भएका कारण पनि यसको प्रयोग बढेको हो । अहिले त स्कुलस्तरीय विद्यार्थीलाई पनि आफ्नो होमवर्क गर्न ल्यापटप अनिवार्य हुन थालेको छ । यस्तो समयमा कस्तो ल्यापटप खरिद गर्ने भन्ने विषयमा कतिपय अभिभावक अन्योलमा पर्ने गर्छन् । आफ्नो आवश्यकता तथा बजेटअनुसार ल्यापटप खरिद गर्दा ध्यान दिनुपर्ने विषयमा जेडटिई नेपालका आइटी इन्जिनियर बिरयस सापकोटाको सुझाब यस्तो छ
ल्यापटप खरिद गर्नुअगाडि सबैभन्दा पहिला आफ्नो बजेटलाई ध्यान दिनुपर्छ । सोहीअनुसार ल्यापटपको साइज, क्षमता मोडेल जस्ता विषयमा ध्यान दिनुपर्छ ।
ल्यापटपले आफ्नो आवश्यकता पूरा गर्छ कि गर्दैन, विचार पुर्याउनुपर्छ । अल्ट्रा बुक भनिने साना साइजका ल्यापटप बोकेर हिँड्न सजिलो हुन्छ । यसको स्क्रिन साइज १२.५ देखि १३.३ इन्चसम्म हुन्छ । यो स्लिम एन्ड लाइट हुन्छ ।
कार्यालय वा घरैमा पनि एकै स्थानमा धेरै बेर बसेर चलाउने काम छ भने ठूलो साइजको ल्यापटप उपयुक्त हुन्छ । यस्तो ल्यापटप भिडियो हेर्न तथा गेम खेल्न पनि उपयुक्त हुन्छ ।
ल धेरै बेर ल्यापटपमा बस्नुपर्नेहरूले स्क्रिन कम्फर्टेबल हुने खालको रोज्नुपर्छ । आजकल स्क्रिन टचवाला ल्यापटप बजारमा आएको छ । यस्तो स्क्रिनले फाल्ने रिफ्लेक्सनले आँखालाई असर पुर्याउन सक्छ । त्यसैले धेरै बेर स्क्रिन हेर्नेले स्क्रिन टच ल्यापटप नरोज्दा राम्रो हुन्छ ।
भिडियो हेर्ने तथा क्वालिटी स्क्रिन खोज्नेले फुल एचडी ल्यापटप छनोट गर्दा राम्रो हुन्छ । यस्तो स्क्रिनमा पिक्चर नेचुरल क्लियर आउँछ । भिडियो क्वालिटी राम्रो हुन्छ ।
ल्यापटप खरिद गर्दा अरूले भनेको भन्दा पनि आफैँले स्टोरमै गएर हेरेर छनोट गर्नु राम्रो हुन्छ । विज्ञको सल्लाह लिएर उनीहरूलाई नै स्टोरमै लिएर जाँदा झन् राम्रो हुन्छ ।
टाइप बढी गर्नुपर्ने मान्छेले किबोर्ड क्वालिटीमा ध्यान दिनुपर्छ । कतिपय किबोर्ड हिटले बिग्रने सम्भावना हुन्छ । त्यसैले सकेसम्म सफ्ट खालको किबोर्ड रोज्नुपर्छ । अझ सोरुममा नै त्यसलाई चलाएर हेर्दा राम्रो हुन्छ । सजिलो नअड्कने खालको रोज्नुपर्छ ।
अहिले अधिकांश ल्यापटपमा कोर आई ३, आई ५, आई ७ सिपियू आएको छ । पहिले पेन्टिएम, ड्युएल कोर प्रचलनमा थियो । आफ्नो आवश्यकताअनुसार सामान्य काम गर्न आई ३, अफिसियल प्रयोजनमा आई ५ ठीक हुन्छ । त्यस्तै, आई ७ चाहिँ बेस्ट पर्फर्मेन्स चाहने व्यावसायिक प्रयोजनमा बढी प्रयोग हुन्छ । कोर आई ७ धेरै समय काखमा राखेर युज गर्नु हुँदैन । यसको हिटले स्वास्थ्यमा असर पर्नसक्छ ।
आफ्नो आवश्यकताअनुसार र्याम छनोट गर्दा राम्रो हुन्छ । सामान्य काम गर्नेलाई ४ जिबी क्षमताको र्याम भए पुग्छ । आवश्यकताअनुसार र्याम बढाउँदै जान सकिन्छ । तर, कतिपय ल्यापटपमा र्याम बढाउन मिल्ने प्लट हुँदैन । यस्तो विषयमा किन्दा नै ख्याल गर्नुपर्छ । कतिपयले ४ जिबीको भने पनि दुईवटा र्याम राखेर पुर्याएको हुन्छ । यस्तोमा सकेसम्म एउटै ४ जिबीको छनोट गर्नुपर्छ ।
अहिले बजारम ५ सय, ७ सय ५० जिबी र १ टिबी क्षमताको स्टोरेज/हार्ड डिस्क बढी प्रचलनमा छ । आफ्नो आवश्यकताअनुसार छनोट गर्दा राम्रो हुन्छ । ल्यापटपमा फोटो, भिडियोलगायत अन्य डाटा कति राख्ने भन्ने निर्धारण हार्डडिस्कले नै गर्छ ।
लोडसेडिङ हुने हाम्रोजस्तो मुलुकमा ल्यापटपको ब्याकअप अति महत्त्वपूर्ण हुन्छ । ल्यापटपमा साधारणत: ६ सेल हुन्छ । यसले सामान्य काम गर्दा करिब ३ घन्टा ब्याकअप दिन्छ । तर, हाई रेजुलेसनमा भिडियो चलाउँदा भने करिब दुई घन्टा मात्र ब्याकअप दिनसक्छ । त्यसैले आफ्नो आवश्यकताअनुसार थप पावरफुल ९ या १२ सेलको ब्याट्री पनि छनोट गर्न सकिन्छ ।
अहिले कतिपय मोडेलका ल्यापटपमा डिभिडी ड्राइभ नै जडान भएको हुँदैन । डिभिडी ड्राइभको आवश्यकता भए/नभएको निक्र्योल गरेर त्यस्तो मोडेल खरिद गर्नुपर्छ ।
ल्यापटपमा कम्तीमा एउटा युएसबी ३ पोर्ट भए राम्रो हुन्छ । यसले कुनै पनि डाटा ट्रान्सफर गर्न सजिलो तथा छिटो हुन्छ ।
ल्यापटप खरिद गर्दा कम्पनीले दिने वारेन्टी, ग्यारेन्टीजस्ता विषयमा ध्यान दिनुपर्छ । सुरुमा खरिद गर्दा केही महँगो भए पनि यस्तो सुविधा भएको ल्यापटप छनोट गर्नुपर्छ । कहिलेकाहीँ रामै्र ब्रान्ड भए पनि कुनै सामान चाँडै बिग्रन सक्छ । त्यसैले ल्यापटप खरिद गर्दा वारेन्टी कार्ड लिन बिर्सनु हुँदैन ।
enayapatrika
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks