लोकल कुखुरा पालन र यसका समस्याहरु

गोपाल गिरी-
नेपालका अधिकांश मानिसहरुको जिविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ । यस्मा पनि विशेष गरी ग्रामिण भुभागमा वस्ने gopal giri मानिसहरुले परापूर्वकाल देखि नै कुखुरा पाल्दै आईरहेको देखिन्छ । हालको अवस्थामा खास गरी हाम्रो गाउंघरका डण् प्रतिशत भन्दा वढी घर परीवारले लोकल कुखुरा पाल्दै आएको देखिन्छ । नेपालमा भएका सबै कुखुराहरु मध्ये लोकल कुखुराको संख्या करीव ५५ प्रतिशत छ । लोकल कुखुरा विशेष गरी मासु, अण्डाको लागि प्रख्यात छ । नेपालमा ब्यवसायिक कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउंछन । त्यसैले लोकल कुखुराको मासु वजारमा दोब्वर पैसा तिरेर पनि किनवेच भएको पाईन्छ । साथै स्वास्थ्यको हिसावले पनि लोकल कुखुराको मासु र अण्डा ब्यवसायिक कुखुराको भन्दा राम्रो मानिन्छ । लोकल कुखुरा पालन आम्दानीको राम्रो श्रोत हो । ब्यवस्थित ढंगले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी भै राखेको प्रशस्त उदाहरणहरु छन् ।

पाठकहरुलाई अचम्म लाग्न सक्छ कि ब्यवस्थित ढंगले लोकल कुखुरा पाल्ने हो भने एउटा लोकल माउ कुखुराबाट वर्षमा करीव २५००० रुपैया सम्म आम्दानी लिन सकिन्छ । ब्यवस्थित ढंगले लोकल कुखुरा पालीएमा एउटा लोकल कुखुराले वर्षमा ४ छिमल सम्म अण्डा दिन्छ र प्रत्येक छिमलमा १८ देखि २० वटा सम्म अण्डा पार्छ । त्यस मध्ये १४ देखि १६ वटासम्म चल्ला कोरल्छ । कोरलेको ८० प्रतिशतको हिसावले ११ देखि १३ वटा सम्म चल्ला जिउंदो रही वेच्न योग्य हुन्छ । यस हिसावले एक लोकल माउ कुखुराबाट वर्षमा ४४ वोटा सम्म कुखुरा वेच्न पाईन्५ । तत्कालको वजार मुल्य हेर्ने हो भने औषतमा ४४ कुखुरा वेचेर रु. २५००० सम्म आम्दानी लिन सकिन्छ । यसको मतलब यदि हामीले ४ वोटा माउ लोकल कुखुरा ब्यवस्थित तवरले पाल्न सकियो भने १ वर्षमा एक लाख रुपैयासम्म कमाउन सकिन्छ । तर नेपालको ग्रामिण स्तरमा धेरैजसोले परम्परागत र अब्यवस्थित तरीकाले लोकल कुखुरा पाली रहेका छन् । जस्ले गर्दा याहां औल्याईएजस्तो आम्दानी भएको देखिदैन । यस्को मुख्य कारण कृषकहरुमा ब्यवस्थित तरीकाले कुखुरा पाल्ने जानकारी नहुनु हो । जस्ले गर्दा प्रत्येक वर्ष १ देखि २ पटक सम्म महामारी रोगहरु फैलिएर वढी भन्दा वढी कुखुराहरुको मृत्यु भई ग्रामिणस्तरमा कृषकहरुलाई ठूलो आर्थिक क्षति भैरहेको देखिन्छ । लोकल कुखुराहरुमा लाग्ने रोगहरु मध्ये सबै भन्दा महत्पूर्ण २ वटा रोगहरु छन्, ति हुन रानी खेत र विफर । रानीखेतलाई गाउंठाउं अनुसार रुडी र हैजा पनि भनिन्छ । रोग लागेमा कम समयमा नै धेरै कुुखुराहरु विरामी भई ति मध्ये अधिकांशको मृत्यु हुने गर्दछ । यो रोग विषाणुवाछ फैलिन्छ । रोग लागिसकेपछि कुखुराले दानापानी खान छाड्ने, सेतो हरियो पातलो दिसा गर्ने, घांटी वटार्ने र लक्षण देखिएको ४ देखि ५ दिनमै अधिकांश कुखुराको मृत्यु हुने गर्दछ । यो रोग छिटै एक गाउंबाट अर्को गाउंमा फैलिन्छ ।

कुखुरामा लाग्ने अर्को महत्वपूर्ण रोग हो विफर । यसलाई ठाउं अनुसार टिमुरे र फाउल पक्स भनिन्छ । विफर भएपाछि कुखुराको मुखको भित्री र वाहिरी भागहरुमा घाउ विमिरा आउंछ । जस्ले गर्दा दाना खान सक्दैन । यसको अलावा आंखा, कसैको टाउको, लोती, सिउर सुनिने र तिनीहरुमा विमिरा आउने गर्छ । माउ तथा वयस्क कुखुराको त्यती मृत्यु नभए पनि ससाना चल्लाहरु यसबाट अत्यधिक मात्रामा मर्छन् । रानीखेत र विफर दुबै रोग विषाणुबाट हुन्छन् । यी दुवै रोग लागीसकेपछि यसको उपचार संभव हुंदैन । तर रोग लाग्नु पूर्व नै यी रोग विरुद्धको खोप लगाएर यी रोगहरुबाट वचाउन सकिन्छ ।

रानीखेत रोगको विरुद्ध वजारमा लासोटा खोप वा तापक्रले असर नगर्ने आई.टु. खोप उपलब्ध छ । उपलब्ध यि खोपहरु मध्ये कुनै १ खोप चल्ला कोरलेको ७ दिनमा र त्यसपछि हरेक ३, ३ महिनाको फरकमा एउटा आंखामा १ थोपा हालिदियो भने रानीखेत रोगबाट लोकल कुखुरालाई वचाउन सकिन्छ । यसै गरी लोकल कुखुरालाई विफर रोगबाट वचाउन पनि खोप लगाउन सकिन्छ । यो खोप पखेटा मुनिको नशावाट डेढ महिना उमेर पुगेका कुखुरालाई वर्षमा २ पटक लगाई यो रोगबाट कुखुरालाई वचाउन सकिन्छ । रानीखेत र विफर दुवै खोप लगाउनु १ महिना अघि जुका विरुद्धको औषधि ख्वाउनु आवश्यक हुन्छ । जुका विरुद्धका औषधिहरु जस्तै पिप्राजीन, एल्वेन्डाजोल, लेभामिसोल जुन वजारमा पाईन्छ, ति मध्ये कुनै १ प्राविधिकको सल्लाह वमोजिम प्रयोग गर्न सकिन्छ । जुकाका कारण कुखुरा राम्रो संग हुर्कन पाउंदैन र उत्पादन घट्छ । विशेष गरी साना कुखुरा जुकाका कारण धेरै संख्यामा मर्छन । कहिलेकांही ठूला कुखुरा पनि मर्छन । त्यसैले प्रत्येक ४, ४ महिना गरी वर्षको २ पटक जुका विरुद्ध औषधि ख्वाउनु जरुरी छ । जुका शरीर भित्र हुंदा लगाएको खोपले कुखुरालाई रोगवाट वचाउन सक्दैन । खोप तथा जुकाको औषधि स्थानिय स्तरमा पशु प्राविधिक तथा पशु औषधि पसलबाट उपलब्ध हुन्छ ।

लोकल कुखुरालाई रोगहरुबाट वचाउन या फैलिन नदिन निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन्छ ।
१. नयां कुखुरा पाल्नका लागि अन्यत्रबाट किनेर ल्याईसकेपछि सबै भन्दा पहिले रानीखेर्त िवरुद्ध खोप लगाउनु पर्दछ ।
२. हप्ता दश दिन सम्म किनेको कुखुरालाई छुट्टै खोरमा राखेपछि मात्रै आफ्नो घरको कुखुरासंग मिसाउनु पर्दछ ।
३ विरामी र स्वस्थ्य कुखुरा अलग अलग राख्नुपर्छ ।
४. रोग फैलिएको समयमा आफ्नो स्वस्थ्य कुखुरा वाहिर छाड्नु हुंदैन ।
५. कुखुरालाई सफा पिउने पानीको ब्यवस्था गर्नु पर्छ । सकिन्छ भने पानीमा पोटास अथवा वेसार मिसाउनु पर्छ ।
६. प्रत्येक दिन कुखुरालाई सन्तुलित आहारा उपलब्ध गराउनु पर्दछ ।
७. कुखुराको खोर भित्र र वाहिर समय समयमा चुना छर्किनु पर्दछ र तुलसी, निम र सुर्तीको पातको धुंवा समय समयमा खोरमा देखाउंदा वाह्य परजिवीहरुबाट कुखुरालाई वचाउन सकिन्छ ।
ड. मरेका कुखुरालाई वाहिर फाल्नुको साटो गहिरो खाल्डो खनी चुना हालेर पुर्नु पर्छ ।

अन्य ध्यान दिनु पर्ने वुंदाहरु
कुखुराको लागि छुट्टै खोरको आवश्यकता पर्दछ । खासगरी कुखुरालाई वस्ने र अण्डा पार्ने सुरक्षित ठाउं चाहिन्छ । हाम्रा गाउंहरुमा पाईने स्थानीय वांस, माटो, काठ, दाउरा, खरबाट कुखुरालाई कम खर्चमा राम्रो खोर वनाउन सकिन्छ । खोर वनाउंदा खोर भित्र स्वच्छ हावा वारपार गर्ने, पानीवाट वचाउने, सिकारी जिवजन्तुबाट वचाउने र घाम लाग्ने कसरी वनाउन सकिन्छ भनेर ध्यान दिनु पर्छ । अण्डा विग्रनवाट वचाउनका लागि प्रत्येक अण्डालाई चिन्ह लगाउनु सबैभन्दा उपयुक्त हुन्छ । अण्डा पार्न थालेपछि पहिलो दिनको १, दोश्रो दिनको २ गरी चिन्ह लगाउनु पर्छ । यसरी पहिलो ५ दिनको अण्डालाई खाने वा वेच्ने गर्नु पर्छ । अन्य वांकी अण्डालाई चिसो सुरक्षित ठाउंमा राखेर पोथीलाई ओथारो वस्न दिनु पर्छ । यसो गर्नाले सबै अण्डावाट चल्ला कोरल्ने सम्भावना धेरै हुन्छ । सामान्यतया लोकल कुखुरालाई वाहिर घुम्न छोडिदिन्छौ र आफ्नो आहारा आफै खोज्छन् । तर यसले मात्र कुखुरालाई चाहिने सबै पोषण प्रयाप्त मात्रामा कुखुरालाई पुग्दैन । त्यसैले हाम्रो गाउंघरमा उत्पादन भएको मकै, चामल, गहुंको चोकर, कोदो ईत्यादि मिसाएर खान दिनु पर्दछ । यसको साथसाथै हरियो सागपात जस्तै मुला, वन्दा, काउली, रायोको पात पनि खान दिन सकिन्छ । साथै धमिरा र अन्य मरेका ससाना किराहरु, हड्डी र शंखे किराका टुक्राहरु लोकल कुखुरालाई ख्वाउन सकिन्छ । यस्तो किसिमको सन्तुलित आहारा ख्वाउन सकिएमा कुखुराको रोग संग लड्न सक्ने क्षमता पनि वढ्छ, विरामी पनि हुंदैन, चांडै वढ्छ र अण्डा ठूलो र धेरै हुन्छन् । साथै कोरलिएको चल्ला पनि स्वस्थ्य हुन्छ ।

अन्य जान्नु पर्ने कुराहरुः
१. कुखुराको खोरको वनावटमा सुधार गरौ । सुली दिन दिनै सफा गरी सफा र ओभानो राखौं । कुखुरालाई लामखुट्टे झिंगा र भुसुनाबाट वचाउनका लागि खाली खोरमा निम, तुलसी र सुर्तीको पातको धुंवा दिऊं ।
२. कुखुरालाई २४ सै घण्टा सफा भांडामा सफा पिउने पानीको ब्यवस्था गरौं । रोगको रोगथामको लागि पिउने पानीमा थोरै वेसार अथवा पोटास मिलाउं ।
३. जाडो र वर्षादको समयमा कुखुराको खानामा लसुन मिसाउंm । गर्मीको समयमा खानामा मसिनो गरी प्याज काटेर मिसाऊं ।
४. लोकल कुखुरालाई निम्न किसिमको खानाको उपलब्धता गराऔं ।
 टुक्राईएको मकै, चामलको कनिका, गहुंको चोकर, कोदो ईत्यादि (शक्तिको लागि) ।
 किरा, फट्याéग्रा, लार्भा (बृद्धिको लागि) ।
 हरियो घांसपाल जस्तै वदामे घांस, सागपात, मसिना ढुंéा तथा हड्डीका टुक्राहरु, शंखे किराका खपडाहरु (पाचन प्रणालीमा सुधार तथा रोग संग लड्न सक्ने क्षमता विकासका लागि)
५. प्रत्येक ४, ४ महिनामा कुखुरालाई आन्तरिक परजिवी (जुका) विरुद्ध औषधि खुवाऔं ।
६. जुकाको औषधि खुवाएको १ हप्ता पछि मात्र कुखुराको रानीखेत र विफर रोग विरुद्ध खोप लगाऊं । रानीखेत रोगबाट कुखुरा तथा अन्य घरपालुवा पंक्षीहरुलाई वचाउनका लागि प्रत्येक तिन तिन महिनामा एक हप्ता भन्दा माथि उमेर पुगेका सबै कुखुरालाई एक थोपा माथि उल्ल्लेख गरीए अनुसारको कुने १ खोप आंखामा रांखौं । (लेखक पशु सेवा कार्यालय, बागलुङका बरिष्ठ पशु विकास अधिकृत हुनुहुन्छ )

nawasandesh.com

Stock market ideas in Nepali language