garlic

लसुन प्रयोग गर्ने सहि तरिका

प्राचिन समयमा धेरै संस्कृतिहरुले लसुनलाई औषधिको रुपमा प्रयोग गर्थे । भारत र चीनमा लसुनलाई खान पचाउनको निमित्त अन्य विभिन्न परिकारमा मिसाएर प्रयोग गर्ने गरिन्छ । यसका साथै स्वासप्रस्वास तथा अन्य परजीबी संक्रमण हरुसंग जुध्न पनि लसुन प्रयोग गरिन्थ्यो ।

Nepali typing

सामान्यरुपमा हेर्ने हो भने लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ । पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ । गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ । लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ । लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ । क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ ।

लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । तरकारी वा अन्य परिकारमा लसुन हालेर खाने त हामी सबैले गरेकै हुन्छौँ तर खाली पेटमा लसुन खाने बानी भने हुँदैन । तर बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक हुन्छ । बिहान खाली पेटमा लसुन खानु किन बढि प्रभावकारी हुन्छ ? किनकी बिहानको समयमा ब्याक्टेरिया बढि मात्रामा बाहिर आएका हुन्छन्, जसलाई लसुनमा हुने तत्वले नष्ट गर्न सक्छ ।

खाली पेट लसुन खानुका फाइदा यस्ता छन्-

  • उच्च रक्तचाप नियन्त्रण- बिहान खाली पेटमा लसुनको केही केश्रा नियमित रुपमा खानाले रक्तप्रवाह सन्तुलित गराउने तथा मुटुसँग सम्बन्धित विभिन्न खाले समस्याका साथै कलेजो तथा मुत्रथैलीको संक्रमणको जोखिम समेत कम गर्छ ।
  • झाडापखाला नियन्त्रण- सामान्य खाले झाडापखालको उपचारका लागि लसुनको सेवन हितकर हुन्छ । बिहान खाली पेटमा लसुन चपाउनुहोस्, त्यसले झाडाबान्तामा फाइदा पुग्छ ।
  • भोक लाग्दैन ? लसुन खानुस्- लसुनले पाचन क्रियालाई नियमित गर्दछ र भोक बढाउन मद्दत गर्दछ । यसले तनाव कम गर्नुका साथै पेटमा हुने अम्लपना समेत नियन्त्रण गर्न सहयोग पूराउँछ ।
  • दम, निमोनिया, ब्रोंकाइटिस, चिसो लाग्ने समस्या तथा खोकी लगायतका स्वासप्रस्वास जन्य समस्याको घरेलु उपचारमा लसुन निकै उपयोगी सिद्ध हुन्छ ।
  • लसुनको नियमित सेवनले कब्जियतको समस्या समेत कम गर्दछ ।

भुटेको लसुनको फाइदा

लसुनलाई भुटेर सेवन गरेमा विशेषगरी पुरुषका लागि निकै फलदायी साबित हुन्छ । लसुनलाई काँचै वा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ । लसुनमा सल्फरको मात्रा केही बढी हुन्छ भने ‘ऐलिसिन’ नामक तत्व पनि हुन्छ, जसले एन्टी–ब्याक्टेरियल, एन्टी–फंगल र एन्टी ओक्सिडेन्टजस्ता गुण उत्पादन गर्छ ।

एक अध्ययनले लसुनमा पाइने ‘फाइटोकेमिकल्स’ तत्वले पुरुषको स्वास्थ्यलाई विशेष फाइदा गर्ने पत्ता लागेको छ । यस्तै, आयुर्वेदका चिकित्सकले पुरुषलाई रातिमा भुटेको लसुनको एक पोटी खाने सल्लाह दिन्छन्, जान्नुहोस् यसले के–कस्ता फाइदा गर्छ ।

१) पेटको समस्या कम: हरेक दिन भुटेको लसुन खानाले हाम्रो पेटमा ग्यास भरिदैन । यसले गर्दा हामीलाई ग्यास्ट्रिक जस्तो समस्याले सताउदैन । यसले खाना पचाउन मद्धत गर्ने भएकाले कब्जियतको समस्या देखी मुक्त हुन सकिन्छ ।

२) रोग प्रतिरोधात्मक क्षमता बढ्छ: हरेक दिन भुटेको लसुन खानाले हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा पाइने एन्टी ब्याक्टेरियल तत्वले विभिन्न प्रकारका ब्याक्टेरियासँग लड्न मद्धत पुर्याउँछ ।

३) चिसोबाट बचाउँछ: तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।

४) दाँतको दुखाइ कम: यदी तपाई दाँत दुखेर हैरान हुनुहुन्छ भने दाँत दुखेको ठाउँमा भुटेको लसुन पिसेर लगाउनुहोस् । तपाईलाई यसले निकै आराम दिन्छ ।

५) रक्त चाँप नियन्त्रण: विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ । त्यसका साथै यसले रगतलाई सफा राख्ने काम पनि गर्छ ।

६) हर्मोन ब्यालेन्स: भुटेको लसुन पुरुषको लागी निकै लाभदायक छ । यसमा पाइने एलिसिनले पुरुषको सेक्स हर्मोन सन्तुलित रुपमा राख्न मद्धत गर्छ ।

लसुनको पातले स्वास्थ्यमा पार्ने प्रभाव

लसुनको हरियो पात पनि त्यत्तिकै गुनिलो हुन्छ । लसुनको पातलाई अचार बनाउने वा तरकारीमा हालेर मज्जाले खाने पनि गरिन्छ । स्वाद मीठो मात्र होइन लसुनका हरियो पातका निकै धेरै गुणहरु छन् :

१. लसुनका पात खानाले सरीरको रोग प्रतिरोधी क्षमता बढ्छ । यसमा एलिसिन भन्ने तत्व हुन्छ जसले रोग प्रतिरोधी क्षमता वृद्धि गराउँछ ।

२. लसुनको पातले एक प्रकारको एन्टी बायोटिक्सकै काम गर्छ । यसमा ब्याक्टेरिया प्रतिरोधी क्षमता हुनुका साथै दुखाइ कम गर्ने तत्व पनि हुन्छ । यसले संक्रमणको खतरा पनि कम गर्छ ।

३. लसुनको पातमा प्रसस्त्रै आइरन तत्व पाइनछ । त्यसकारण रक्तअल्पता भएकाहरुले लसुनको पातको नियमित सेवन गर्न लाभदायी हुन्छ ।

४. लसुनका पातको सेवन मुटुका लागि समेत लाभदायी हुन्छ । यसमा पाइने पोलीसल्फाइड तत्वले मुुटुका विभिन्न रोगबाट बचाउँछ ।
५. लसुनका पातमा म्यांगानिज तत्व हुन्छ । यसले सरीरमा कोलेस्टेरोलको मात्रा नियनत्रण गर्छ र मुटु तथा रगत सम्बन्धी समस्या कम गर्छ ।

६. लसुनको पातको नियमित सेवनले पेट तथा पाचन प्रणाली सम्बन्धि संक्रमण पनि कम गर्छ । साथै चिसो तथा रुघाखोकीको उपचारमा पनि लसुनको पातको सेवन कामयावी हुन्छ ।

त्यसैले लसुनको केश्रा मात्र होइन हरियो पात समेत तरकारी बजारबाट किनेर नियमित तरकारी वा अचारमा मिलाएर खाने गर्नु अति उत्तम काम हो ।

यसैले लसुन पोटीको रुपमा होस् या पातको रुपमा स्वास्थ्यका लागि निकै फाइदाकारी छ ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks