money

लगानीको हिसाबले सेयर बजार कत्तिको सुरक्षित छ? सेयर बजारका नयाँ लगानीकर्ताहरुलाई सुझाव

सेयर बजारमा बुझेर गरिएको लगानी मात्रै सुरक्षित हुन्छ। सेयर भनेको जुवा होईन यदी बुझेर लगानी गर्ने हो भने नत्र हावा तालमा लगानी गर्ने हो भने जुवा भन्दा कम पनि छैन। सेयर बजारमा विभिन्न कारणहरुले उतार–चढाव आइरहन्छन्। यो बजारको विशेस्ता नै यही हो। कोही लगानिकर्ताले बजार घटेको बेला किन्छन र बडेको बेला बेच्छन भने कसैले नबेची बोनस खाई राख्छन। आफ्नो रुची अनुसार लगानी गर्न सक्नु हुन्छ ।

Nepali typing

लगानी गरिएको कम्पनीले दिने प्रतिफल, कम्पनीको व्यवस्थापन, ४-५ बर्षको लाभांश वितरण इतिहास, आफूसँग भएको पैसा बैंकमा राखेर ब्याज खाँदा फाइदा हुन्छ कि कम्पनीमा लगानी गर्दा फाइदा हुन्छ आदी बिषयहरुमा अध्ययन गरेर सेयरमा लगानी गर्दा कम हुन्छ। ब्यापर र लगानी गर्दा अलि अलि जोखिम त हुन्छ नै। जोखिम १००% कम गर्न सकिदैन तर बुझेर गर्दा धेरै हद सम्म जोखिम कम गर्न सकिन्छ। हल्लाको पछाडी नलागि राम्रोसँग अध्ययन गरेर लगानी गर्‍यो भने सेयर बजारमा गरिएको लगानी जोखिमपूर्ण हुँदैन। कसै कसैको बानी अध्ययन गर्न अल्छि गर्ने अनि सल्ला माग्दै हिंड्ने अनि आफुले पाएको सल्ला सुझाब अरुलाई पनि भन्ने, पछी काम कुरा बिग्रेपछी सल्ला सुझाब दिनेलाई गाली गर्दै हिंड्ने पनि हुन्छ। बजारमा कोही मानिहरु यस्ता हुन्छन कि आफु सँग भएको सेयर राम्रो र आफु सँग नभएको सेयर नराम्रो भन्दै हिंड्ने खाल्को पनि हुन्छ। तेसैले बजारको हल्लाको पछी आँखा चिम्लेर लाग्नु हुँदैन। यसो भन्दैमा फेरी सबै हल्ला हावा हुन्छ भन्ने पनि हैन।

यो क्षेत्रमा धैर्यताको धेरै जरुरी हुन्छ। यो कुरा संसारका ठुला ठुला लगानीकर्ताहरुको जिवनी पद्नु भयो भने थाहा हुन्छ अथवा आफैले पनि लगानी गर्दै जादा महसुस हुन्छ। हामीले सधै एउटा कुरा याद राख्नु पर्छ, भनिन्छ “लोभले लाभ, लाभले बिलाप” भन्नुको अर्थ हामीले धेरै जोखिम मोलेर धेरै नाफा कमाउछु भनि लगानी गर्दा बजारले सोचेको गतिमा भन्दा फरक गति लिदा नसोचेको घाटा पनि हुन सक्छ। यो कुराको बिचार हामी सबैले राख्नु पर्छ।

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks