आज लक्ष्मी पुजाको दिन अर्थात कात्तिक कृष्ण पक्ष औँशी । तिहारको तेस्रो दिन । धन र सम्पन्नताकी देवी मानिएको लक्ष्मीको पूजा गरी आराधना गरेर लक्ष्मी पुजा मनाइँदैछ ।
लक्ष्मी पुजाको लागि विहानैदेखि सबै जना सरसफाईमा जुटेका छन् । सफासुग्घर, लिपपोत नगरिएको र बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक विश्वास रहेको छ ।
घरको सबैतिर सफासुग्घर गरी दैलो, मझेरी, ढोका, झ्याल सबै खुल्ला र उज्यालो पारेर लक्ष्मी पुजा गर्ने प्रचलन छ । यी सबै ठाउँमा झिलिमिली बत्ति बालेर लक्ष्मीको स्वागत गर्ने गरिन्छ ।
अझ लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनेर पनि शास्त्रमा व्याख्या गरिएको छ । हिन्दू धर्ममा मूख्य चार रात्रीहरु मध्ये सुखरात्री एक हो । अरु, कृष्णअष्टमी अर्थात मोहरात्री, दशैंको महाअष्टमी अर्थात कालरात्री र शिवको रात अथवा शिवरात्री विशेष रुपमा मनाइने गरिन्छ ।
सुख र सम्पन्नताको प्रतिकको रुपमा लक्ष्मीपुजा अर्थात सुखरात्रीलाई लिने गरिन्छ । लक्ष्मी पुजा गर्दा मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्नुपर्छ ।
महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गरिन्छ ।
यस वर्ष लक्ष्मीपूजाको शुभ साइत सिंह लग्नमा राति १० बजेर १८ मिनेटदेखि १२ बजेर ३५ मिनेटसम्म रहेको छ । लक्ष्मी पूजा गर्दा आफू पश्चिम दिशामा फर्केर लक्ष्मी र गणेशको मूर्ति पूर्वतिर फर्काउनुपर्छ । पश्चिम दिशामा फर्किएर पूजा गर्दा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
nepalipatra
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks