sex

लकडाउनमा श्रीमानले जतिबेला पनि यौनका लागि दबाब दिएको भन्दै महिलाले प्रहरी गुहारिन्

लकडाउनमा काम बन्द भएपछि घरमै रहेका श्रमिानले आफूलाई लगातार यौन सम्बन्धका लागि दबाब दिइरहेको भन्दै एक महिलाले प्रहरी गुहारेकी छिन् । भारतको बैंगलोरकी ती महिलाका अनुसार मार्च २४ मा लकडाउन सुरु भएपछि नै उनका श्रीमानले नुहाउन छोडे । उनले नुहाउन मान्दैनन् तर जतिबेला पनि यौनका लागि मात्र दबाब दिइरहन्छन् । महिलाले बैंगलोरको महिला हेल्पलाइन ‘परिहार’मा फोन गरेर उजुरी दिएको टाइम्स अफ इण्डियाले लेखेको छ ।

Nepali typing

पुलिस अफिसरहरुका अनुसार उनीहरुकहाँ आउने विभिन्न किसिमका उजुरीहरुमध्ये यस प्रकारका उजुरीहरु पनि आइरहन्छन् । लामो समयसम्म घरमै बस्नुपर्दा यस प्रकारका घटनाहरुले महिलाहरु मानसिक र शारीरिक शोषणमा पर्ने गरेको अधिकारीहरुले बताएका छन् । यस्तो समस्या भारतको नर्नाटक राज्यको बैंगलोरमा मात्र भएको होइन । अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतका देशमा पनि यसरी घरेलु मामिलामा पुलिस हस्तक्षेपको आग्रसहितका गुनासाहरु आउने गरेका छन् ।

पछिल्लो घटनामा बैंगलोरकी ३१ वर्षकी ती महिलाका श्रीमान किराना पसले हुन् र उनले लकडाउनपछि आर्थिक अभाव भएको भन्दै पसल खोल्न अस्वीकार गरेर घरमै बसिरहेका छन् । लकडाउन सुरु भएपछि उनले व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन छाडेका छन् । यहाँसम्म कि लकडाउन सुरु भएपछि उनले नुहाएकै छैनन् । महिलाले भाइरल संक्रमणका बेला सरसफाइ महत्वपूर्ण हुने भन्दै श्रीमानलाई धेरै सम्झाइन् तर उनले श्रीमतीको कुरै सुन्दैनन् ।

बाब दिइरहन्छन् । उनको ननुहाउने बानीलाई देखेर ९ वर्षकी छोरीले समेत नुहाउन छाडेकी छिन् । अहिले पिताको दैनिकी पच्छ्याउँदै छोरीले पनि नुहाउन अस्वीकार गर्न थालेकी छिन् । सिनियर काउन्सिलर बीएस सरस्वतीले टाइम्स अफ इण्डियासँग कुरा गर्दै ती श्रीमानलाई सरसफाइको महत्वबारे बुझाउने प्रयास गरेको उल्लेख गरिन् ।

source: सुनाखरी न्युज

@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks