girl

रोचक तथ्य मानव शरीर

आँखा सम्बन्धी ११ रोचक तथ्य !

Nepali typing
  • मानिसको आँखा २० लाख हाराहारी भाग मिलेर बनेको हुन्छ ।
  • कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जहाँ,आँखाको कोर्नियामा रगत प्रवाह हुँदैन ।
  • एउटा स्वस्थ मानिसले प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ भने १ दिनमा करिब १६ हजार पटक र १ बर्षमा
  • लाख पटक आँखा झिम्काउँछ ।
  • बयस्क मानिसको एउटा आँखाको तौल करिव २८ ग्राम हुन्छ ।
  • कुनैपनि मानिसको जन्मदेखि मृत्युसम्म नै आँखाको आकार परिवर्तन हुँदैन ।
  • हाछिउ गर्ने बेलामा सधैँ आँखा बन्द हुन्छ ।
  • भर्खर जन्मेको बच्चा रुन्छ तर उसको आँखामा आँसु भने आउदैन ।
  • कुनैपनि मानिसको आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।
  • पृथ्वीको भूभाग समतल भएको स्थानमा एउटा स्वस्थ आँखाले ५० किलोमिटर पर सम्म बलिरहेको बत्ति देख्न सक्छ ।
  • कुनैपनि मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउने क्षमता राख्दछ ।
  • हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा झिम झिम गर्दा प्रतिदिन करिव ३० मिनेट बन्द हुने गर्दछ ।

मानव शरीरबारे केही रोचक प्रसंग

  • हाम्रो मस्तिष्क दिउँसो भन्दा रातको समयमा बढि सक्रिय हुन्छ । यसबारे वैज्ञानिकहरुले हाल सम्म पनि पत्ता लगाउन सकेका छैनन् ।
  • मानव शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त छ ।
  • तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ ।
  • आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।
  • अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।
  • धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
  • धेरै खानाले श्रवण शक्ति कम हुदै जान्छ । साथै धेरै खाना खाँदा स्वाद कम र जिव्रो सुख्खा हुदै जान्छ ।
  • सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।
  • महिलाको मुटुको धड्कन पुरुषको भन्दा छिटो हुन्छ ।
  • दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।
  • मानिस मुस्कुराउँदा १७ मांसपेशीको प्रयोग हुन्छ भने दुखी हुँदा ४३ मांशपेशीको प्रयोग हुन्छ ।
  • पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।
  • औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
  • शरीरका अन्य भागको रौ भन्दा अनुहारको रौं चाडो बढ्छ ।
  • पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।
@aamboweblinks Learn English with shopping sentences May I pay with credit card ? #english #shopping #shoppingenglish #normalenglishshopping ♬ original sound - aamboweblinks